काठमाडौंका सुमन घले र सम्पदा शिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन्।
बुढानीलकण्ठ नगरपालिका र नेपाल तेक्वान्दो बागमती प्रदेशद्वारा संयुक्त आयोजित प्रतियोगितामा सुमन पुरुष तथा सम्पदा महिलामा उत्कृष्ट बने। पुरुष ४६–५० केजीमा करण ढोली, ५०–५४ केजीमा सुमन घले, ५४–५८ केजीमा अर्पण लामा, ५८–६३ केजीमा सुझपकुमार यादव र ६३–६८ केजीमा आशिष भुजेलले स्वर्ण जिते।
गोल्फुटारमा भएको प्रतियोगिताको महिला ४०–४३ केजीमा सम्पदा सिवाकोटी, ४३–४६ केजीमा सुप्रिमा बजगाईं, ४६–४९ केजीमा रोजिना लामा, ४९–५३ केजीमा प्रतिमा भुजेल र ५३–५८ केजीमा मनीषा तामाङ पहिलो भए। विजेतालाई बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारी र बुढानीलकण्ठ नगरपालिकाकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङलगायतले पुरस्कृत गरे।