मुलपानीमा वर्षा हुँदा नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित भएको छ। शनिबार बिहान साढे ९ बजेबाट खेल हुने समय रहे पनि वर्षाले मैदान ओसिलो हुँदा खेल अझै सुरु हुन सकेको छैन।
आइसिसी यु १९ पुरुष एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाउन नेपाललाई आजको खेल जिते मात्रै पुग्छ। प्रतिष्पर्धी अफगानिस्तानलाई पनि नेपाललाई पराजित गरे पुग्छ। समान तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्ता नेपालभन्दा नेट रन रेटका आधारमा माथि छ।
आजको खेल जित्ने टोलीले सन् २०२५ म हुने आइसिसी यु १९ विश्वकपमा स्थान पक्का गर्ने छ। जारी छनोट प्रतियोगितामा आयोजक नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई), ओमान र हङकङ छन्।