नेपाल सुपर लिगः धनगढीको सुखद सुरुआत
१९ चैत्र २०८१
•
४ मिनेट पाठ
नेपाल सुपर लिगः धनगढीको सुखद सुरुआत
बुटवलविरुद्ध गोल गरेपछि धनगढीका अहमद हिजाजी (बीच )।
दुईपल्टको उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणअन्तर्गत आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गरेको छ।




धनगढीले मंगलबार बुटवल लुम्बिनी एफसीमाथि ४–१ को जित निकाल्दा लेबनानी स्ट्राइकर अहमद हिजाजीले उत्कृष्ट प्रदर्शन गरे। दोस्रो संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको प्रदर्शन उत्कृष्ट थियो। यसपल्ट पनि उनले लय जारी राखे र पहिलो खेलमा नै दुई गोल पनि गर्न सफल भए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीको जितमा हिजाजीसँगै कृतीशरत्न छुन्जु र सर्जियो बारबोजुले समान एक गोल गरे। बुटवलका लागि भने केन्टा हाराले गोल गरेका हुन्। धनगढीले पहिलो खेलबाट तीन अंक जोड्दा बुटवलको भने दुई खेलबाट एक अंक छ। पहिलो खेलमा भने बुटवलले झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो। तर, दोस्रो खेलमा पनि बुटवलले बराबरीको अवस्थामा ल्याए पनि जोगाउन सकेन।

खेलमा अग्रता लिएको धनगढीले चुनौती सामना गरे पनि जित निकाल्न सफल भयो। धनगढीले खेलको छैटौं मिनेटमा नै हिजाजीको गोलबाट अग्रता लियो। मोहम्मत अल जेले मध्यभागबाट दिएको बललाई बुटवलका डिफेन्डरले क्लियर गर्न सकेनन्। त्यो बललाई हिजाजीले नियन्त्रणमा लिँदै गोल गरेका हुन्।

नवौं मिनेटमा बुटवलले फ्रिकिकबाट अवसर बुने पनि सदुपयोग हुन सकेन। ३३ यार्डबाट केन्टाको फ्रिकिक पोस्टभन्दा केही माथिबाट बाहिरिन पुग्यो। दशौं मिनेटमा धनगढीका कृतीशरत्न छुन्जुको कडा प्रहार पध ोस्टनजिकैबाट बाहिरियो। २७औं मिनेटमा धनगढीले पनि राम्रो अवसर गुमायो।

जर्जप्रिन्स कार्कीको पासमा हिजाजीको सट पोलमा लागेर फर्कियो। रिबाउन्डमा कृतीशको प्रहार विमल पाण्डेले ब्लक गरिदिए। तर, बुटवलले ३१औं मिनेटमा बराबरीमा गोल फर्काउने अवसरलाई धनगढीका गोलकिपर वाइड बिरोले असफल बनाए। पेनाल्टी बक्सबाहिरबाट बुटवलका सरोज तामाङले गरेको क्रस रोक्ने धनगढीका काइसेडोको हेडर क्लियरेन्स आफ्नै पोस्टतर्फ अग्रसर थियो। तर, धनगढीका गोलकिपर वाइडले पन्च गर्दै संकट टारिदिए। लगत्तै ३२औं मिनेटमा कर्नर प्रहारमा भने बुटवल गोल गर्न सफल भयो र बराबरीमा फर्कियो। मनीष डाँगीको कर्नर प्रहारमा केन्टाले ब्याक हिलबाट बललाई जाली चुमाएका हुन्। बुटवलका सरोज तामाङले ३८औं मिनेटमा गरेको सशक्त प्रहार धनगढीका गोलकिपर वाइडले उत्कृष्ट बचाउ गरे।

उनले पेनाल्टी बक्सबाहिरबाट पहिलो बार च्याप्दै गरेको प्रहार वाइडले पन्च गर्दै असफल बनाए। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र १–१ को भयो। तर, दोस्रो हाफको अन्तिम समयमा धनगढीले दुई गोल गर्‍यो। ५७औं मिनेटमा बुटवलले राम्रो क्षेत्रबाट फ्रिकिक प्रहार गर्ने अवसर पायो। यद्यपि, सरोजले त्यो अवसर सदुपयोग गर्न सकेनन्।

धनगढीका जर्जप्रिन्सले ६७औं मिनेटमा करिब २६ यार्डबाट गरेको प्रहार दोस्रो बारनजिकबाट बाहिरिन पुग्यो। बुटवलका मनीष सेढाईले ७३औं मिनेटबाट गरेको सट माथिल्लो बारमा लागेर फर्कियो। तर, ७५औं मिनेटमा कृतीशरत्नको एकल प्रयासमा भएको उत्कृष्ट गोलबाट धनगढीले अग्रता लियो।

करिब ३५ यार्डबाट ड्रिब्लिङ गर्दै अगाडि बढेका कृतीशले बुटवलका तीन डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट गोल गरे। धनगढीले ८६औं मिनेटमा अग्रता बढाउने राम्रो अवसर पाएको थियो। सर्जिओको कट ब्याकलाई राम वाजीको करिब १८ यार्डबाट गरेको सट पोस्टको दिशामा रहन सकेन। ९०औं मिनेटमा धनगढीको काउन्टर प्रयासमा जर्जप्रिन्सको नजिकै दूरीबाट सशक्त सट बुटवलका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे।

इन्जुरी समयको छैटौं मिनेटमा हिजाजीले उत्कृष्ट गोल गर्दै धनगढीलाई जितनजिक पुर्‍याए। करिब मध्य भागबाट मोहम्मतले दिएको पास नियन्त्रणमा लिँदै हिजाजीले बुटवलका गोलकिपर दीप अगाडि बढेको अवस्थामा लेफ्ट कर्नर साइडबाट उत्कृष्ट गोल गरे।

लगत्तै धनगढीले चौथो गोल गर्दै बुटवलमाथि ४–१ को फराकिलो जित सुरक्षित ग¥यो। काउन्टर अट्याकमा भएको दोस्रो प्रयासबाट धनगढीले गोल गरेको हो। सर्जियोसँगको वान टु पासबाट जर्जप्रिन्सको पहिलो प्रहार बुटवलका गोलकिपर दीपले रोके। तर, रिबाउन्ड बललाई सर्जियोले वान टचबाट जाली चुमाए। यससँगै धनगढीले बुटवलमाथि रबाफिलो जित निकाल्यो।

हारपछि बुटवल लुम्बिनीका प्रशिक्षक पुष्पलाल शर्माले लिगमा ६ खेलमध्ये भएकाले दुई खेलबाट समान एक बराबरी र हारका कारण शीर्ष चारमा पुग्न केही दबाबमा महसुस गरेको बताए। ‘लिगमा ६ खेल मात्र छ। त्यसमा पनि हामीले एक बराबरी र हारको नतिजा बेहोरेका छौं। त्यसैले दबाब महसुस गरेका छौं। शीर्ष चारमा पुग्न बाँकी चार खेल नै जित्नुपर्नेछ। अबको खेलमा राम्रो गर्ने गरी खेल्नेछौं,’ उनले भने, ‘हामी अट्याकिङ फुटबल खेल्न चाहन्थ्यौं। तर, रणनीतिअनुरूप हुन सकेन। अबको खेलमा धेरै पक्षमा सुधार गर्नुपर्ने देखिएको छ।’

उनले बराबरीको अवस्थामा आफ्नो रणनीतिमा पनि सही नभएको उल्लेख गरे। ‘बराबरीको अवस्थामा सब्स्टिच्युट गरेर अट्याकिङ फुटबल खेल्ने रणनीति पनि सही हुन सकेन। थोरै समयको आरामपछि नै दोस्रो खेल खेल्नुपर्दा आजको खेलमा असर परेको हो। यसमा केही चोट पनि सामना गरेका छौं। त्यसैले पनि राम्रो प्रदर्शन गर्न सकेन,’ उनले भने।

धनगढीका प्रशिक्षक जुवान म्यानुएलले सुरुमा रणनीतिअनुरूप हुन नसके पनि अन्तिम समयसम्म धैर्यता राख्दा राम्रो नतिजा प्राप्त भएको बताए। ‘आजको खेल राम्रो थियो। तर, सुरुमा चाहिँ रणनीतिअनुरूप हुन सकेको थिएन। तर, अन्तिम समयसम्म धैर्य गर्दा जित सम्भव भयो,’ उनले भने।  
अर्को समाचार
नेपाल सुपर लिग: स्टारले भरिएको धनगढीको सुखद सुरुआत
११ मंसिर २०८०
•
४ मिनेट पाठ
नेपाल सुपर लिग: स्टारले भरिएको धनगढीको सुखद सुरुआत
वीरगञ्ज युनाइटेडविरुद्ध गोल गरेपछि धनगढी एफसीका अहमद हिजाजी। तस्बिर: एनएसएल
युरोपेली फुटबलका अनुभवी डिफेन्डर फलु डियाग्नेको साथ पाएको गत संस्करणको उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण जितबाट सुरु गरेको छ।




डियाग्नेसहित घरेलु लिगमा गत संस्करणको सहिद स्मारक ‘ए’ डिभिजनका चर्चित खेलाडीलाई भित्र्याएको धनगढीले आइतबार नवप्रवेशी वीरगन्ज युनाइटेडमाथि २–१ को जित निकाल्दै सुखद सुरुआत गरेको हो।

‘ए’ डिभिजन लिगका अनुभवी र सफल स्ट्राइकर ओलावाले आफिज, अहमद हिजाजी र फोडे फोफनाका साथै लेबनानका गोलकिपर मोहमद टाहालाई भित्र्याउँदै धनगढीले यस पटक पनि दाबेदारी प्रस्तुत गर्ने लक्ष्य राखेको छ। नेपाली राष्ट्रिय टोलीका सदस्य आशिष चौधरीका साथै रक्षापंक्तिमा अनुभवी डिफेन्डर देवेन्द्र तामाङको साथ पाएको धनगढीले जित सुरक्षित गर्न भने खेलको अन्तिम समय कुर्नुपर्‍यो।

डियाग्ने नेपालको घरेलु फुटबलमा खेल्न आउने अहिलेसम्मकै ठूला स्टार हुन्। जसले आफ्नो पहिलो खेलमा आइतबार ६२ मिनेट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिताए।
 यद्यपि, उनको खेल प्रभावशाली भने भएन। धनगढी एफसीका प्रशिक्षक युगलकिशोर राईले पनि दोस्रो हाफमा डियाग्नेले आशातीत खेल्न नसकेपछि परिर्वतन गरिएको उल्लेख गरेका थिए।

‘उनी जस्तो राम्रो खेलाडीसँग अहिलेसम्म काम गर्ने अवसर पाएका थिइनँ। तर, राम्रा खेलाडी पनि हुन्। तर, दोस्रो हाफमा राम्रो प्रदर्शन हुन नसकेपछि परिवर्तन गरेको हुँ,’ प्रशिक्षक राईले भने, ‘उनी मैदानमा नखेल्दा पनि टोली उत्प्रेरित गर्छन्। मैदानबाहिर होस् या भित्र उनको महत्त्व विशेष छ।’

युरोपेली फुटबल (फ्रेन्च लिग वानमा ७८ खेल, जर्मन बुन्डेसलिगामा ५७ खेल, युरोपा लिग) मा खेलेका डियाग्नेले सेनेगलको राष्ट्रिय टोलीबाट भने तीन खेल मात्र खेलेका छन्। तर, नेपाली फुटबलमा उनको पदार्पण भने यादगार बन्न सकेन। उनकै कारण धनगढीले गोल पनि बेहोर्न पुग्यो। उनले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि वीरगन्जले खेलमा फर्किने अवसर पाएको हो। तथापि, धनगढीले खेलको अन्तिम समयमा गोल फर्काउँदै आइतबार गोलकिपर दीप कार्कीको कप्तानीमा रहेको वीरगन्जमाथि जित निकाल्यो। धनगढीको जितमा दुवै गोल विदेशी खेलाडीले गरे।

फोफना र हिजाजीले गोल गर्दै धनगढीलाई जित दिलाएका हुन्। वीरगन्जका लागि हान्स कोफिईले गोल गरे। गत संस्करण ‘ए’ डिभिजन लिगमा रेलिगेसन संघर्षमा रहेको नेपाल पुलिस क्लबले हिजाजीकै प्रेरणामा तेस्रो स्थान प्राप्त गरेको थियो। दोस्रो रोजाइका खेलाडीका रूपमा मैदान प्रवेश गर्दै हिजाजीले एनएसएलमा पनि राम्रो प्रदर्शन गरे।
 धनगढीले अग्रता लिए पनि पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमार्फत वीरगन्ज गोल फर्कियो। तर, हिजाजीले गोल गर्दै धनगढीलाई महत्त्वपूर्ण जित दिलाए। त्यसअघि खेलको दोस्रो मिनेटमा नै धनगढीले फोफनाको गोलबाट अग्रता लियो।

आफिज ओलावालेको लेफ्ट फुटेट पास सदुपयोग गर्दै उनले वान टचमार्फत गोल गरेका हुन्। वीरगन्जले १३औं मिनेटमा पहिलो आक्रमण बुन्यो। डी एरियाभित्रबाट हान्स कोफीको पास नियन्त्रणमा लिँदै बिसोन गुरुङको प्रहार माथिल्लो बारबाट बाहिरिन पुग्यो।

२६औं मिनेटमा वीरगन्ज युनाइटेडका विलियम ओपोकुले फ्री हेडरलाई पोस्टको दिशा दिन सकेनन्। ३१औं मिनेटमा ओलावालेले धनगढीको अग्रता दोब्बर बनाउने अवसर गुमाए। वीरगन्जका गोलकिपर दीप कार्की अगाडि बढेको अवस्थामा डी एरियाबाहिरबाट ओलावालेको फितलो प्रहार गोलकिपर दीपले सहजै रोके।

पहिलो हाफको थप समयमा वीरगन्ज पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कियो। कर्नर प्रहार बल धनगढीका डिफेन्डर डियाग्नेले हातले रोकेपछि वीरगन्जले पेनाल्टी पायो। उक्त पेनाल्टीमा हान्स कोफिईले गोल गर्दै खेल बराबरीमा फर्काए। त्यससँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो। दोस्रो हाफमा दुवै टोलीले लामो समयसम्म राम्रो आक्रमण बुन्न सकेनन्।

७१औं वीरगन्जका सीमान्त थापाले लामो दूरीबाट गरेको प्रहार धनगढीका गोलकिपर टाहाले सहजै नियन्त्रणमा लिए। ७५औं मिनेटमा वीरगन्जले अग्रता दोब्बर बनाउने अवसर पाएको थियो।
तर, वीरगन्जका डिफेन्डर समला गुस्ताभाले सेन्टरबाट गरेको प्रहार धनगढीका गोलकिपर टाहाले मुस्किलले बचाए। ८३औं मिनेटमा वीरगन्जका तेज तामाङले डी एरियाभित्रबाट गरेको प्रहार धनगढीको गोलकिपर टाहाले सहजै नियन्त्रणमा लिए।

८७औं मिनेटमा आशिष चौधरीले धनगढीलाई अग्रता दिलाउने अवसर गुमाए। करिब ८ यार्ड टाढाबाट उनको लेफ्ट फुटेट सटले पोस्टको दिशा लिन सकेन। ९०औं मिनेटमा लेबनानका स्टार हिजाजले गोल गर्दै धनगढीलाई अग्रता दिलाए। कृतीशरत्न छुन्जुको उत्कृष्ट पासलाई सदुपयोग गर्दै हिजाजले डी एरियाभित्रबाट बललाई जाली चुमाए। त्यो गोल नै धनगढीको जितमा निर्णायक बन्यो।  
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस