सिटीको ट्रफी जित्ने सम्भावना कायमै
१८ चैत्र २०८१
•
२ मिनेट पाठ
सिटीको ट्रफी जित्ने सम्भावना कायमै
बल अगाडि बढाउँदै इर्लिङ हालान्ड। तस्बिर: एएफपी
इर्लिङ हालान्डको प्रेरणामा म्यानचेस्टर सिटीले आइतबार एफए कपको क्वार्टरफाइनलमा बर्नमाउथलाई हराउँदै खराब बनेको यस सिजनमा ट्रफी जित्ने सम्भावना कायमै राखेको छ ।




सिटीले बर्नमाउथबाट २–१ को पुनरागमन जित निकाल्दै एफए कपको सेमिफाइनलमा स्थान बनाउँदै खराब बनेको यस सिजनमा ट्रफी जित्ने सम्भावना कायम राखेको हो। हालान्डको प्रेरणामा सिटीले पुनरागमन गरे पनि उनी चोटका कारण बाहिरिनुपर्‍यो। खेलको पहिलो हाफमा हालान्डको पेनाल्टी सफल भएन। तर, उनले ४९औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

खेल सकिन १२ मिनेट बाँकी छँदा उनले लेफ्ट एंकलमा चोट लागेपछि बाहिरिनुपरेको थियो। उनले चोटपछि पनि खेल्ने प्रयास गरेका थिए। तर, सफल भएनन्। हालान्डको स्थानमा ओमार मार्मौस मैदान प्रवेश गरे। त्यसको दुई मिनेटमा नै उनले गोल गरे र त्यो गोलले नै सिटीको जित सुरक्षित गरायो।

यससँगै सिटीले लगातार सातौं सिजन एफए कपको क्वार्टरफाइनलमा जित निकाल्दै रेकर्ड बनाउन सफल भयो। यस सिजन सिटी च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ भने इङ्लिस प्रिमियर लिगको अंकतालिकामा पनि शीर्ष स्थानको लिभरपुलभन्दा २२ अंकले पछाडि छ।

सिटीले प्रिमियर लिगको उपाधि रक्षामा निकै खराब प्रदर्शन गरेको छ। तर, आठौं पटक एफए कप जित्दै सिटीले यस सिजनको खराब प्रदर्शनलाई केही हदसम्म सुखद बनाउन सक्छ। पेप ग्वार्डिओलाका लागि भने यो तेस्रोपल्ट हुनेछ। सिटीले अब सेमिफाइनलमा नटिंघम फरेस्टको सामना गर्नेछ, जुन खेल आगामी महिना वेम्बले स्टेडियममा तय गरिएको छ।

त्यही दिन नै एस्टन भिल्लाले क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ। भिल्लाले पनि आइतबार तेस्रो डिभिजनको प्रिस्टनलाई ३–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। यसपल्ट चार सेमिफाइनलिस्टमध्ये सिटीले मात्र यो शताब्दीको उपाधि जितेको छ। भिटालिटी स्टेडियममा हालान्ड नै आकर्षणको केन्द्र थिए।

खेलको १४औं मिनेटमा पनि पेनाल्टीमार्फत गोल गर्दै हालान्डलाई सिटीको अग्रता दिलाउने अवसर थियो। तर, बर्नमाउथका गोलकिपर केपा एरिजाबालागाले उनको पेनाल्टी प्रहार रोकिदिए। त्यसको दुई मिनेटपछि उनको प्रहार बारमाथिबाट बाहिरिन पुग्यो। तर, नर्वेका स्ट्राइकर हालान्ड बराबरी गोल भने गर्न सफल भए ।

निको ओ रेइलीको क्रस सदुपयोग गर्दै उनले गोल गरेका हुन्। ५७औं मिनेटमा बर्नमाउथका राइट ब्याक लेविस कुकले फउल गरेपछि उनले चोट सामना गरे। त्यसपछि प्राथमिक उपचार लिए पनि उनले सहज महसुस गरेनन्। हालान्ड मैदान फर्किए पनि खेल्न सकेनन् र बाहिरिन बाध्य भए।

ग्वार्डिओलाले हालान्डको चोटबारे अहिले नै यसै भन्न नसक्ने प्रतिक्रिया दिए। ‘उनको अवस्था कस्तो छ भन्ने अहिले भन्न सक्दिनँ। सबै कुरा आएपछि मात्र भन्न सक्छु,’ उनले भने।

तर, हालान्डको स्थानमा मैदानमा प्रवेश गरेका मार्माैसले पनि खेलमा प्रभाव जमाए। ओ रेइलीले नै अवसर सिर्जना गरेपछि मार्मौसले गोल गरेका हुन्। बर्नमाउथका एन्टोइन सेमेन्योले बल फुत्काएपछि रेइलीले त्यसको सदुपयोग गरे।  
अर्को समाचार
एरिका र अञ्जना सम्मानित
०७ साउन २०८२
•
१ मिनेट पाठ
एरिका र अञ्जना सम्मानित
नेपाली खेलकुदमा एकपछि अर्को ऐतिहासिक नतिजा दिलाउँदै आएकी कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर सम्मानित भएका छन्।




भक्तपुरको मध्यपुरमा मंगलबार आयोजित एक कार्यक्रमबीच मध्यपुरको इनर ह्विल क्लबले १९औं एसियाली खेलकुदकी रजत विजेता एरिका र गोलकिपर अञ्जनालाई नगदसहित सम्मान गरेको हो। एरिकाले कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण र एसियन च्याम्पियनसिपमा रजत जितेकी थिइन्।

प्रिमियर लिगमा कांस्यका साथै एसियन च्याम्पियनसिप र एसियन गेम्समा रजत पदक जित्ने उनी नेपाली कराते खेलाडी हुन्। उनै एरिका र अञ्जनालाई इनर ह्विल क्लबले २५ हजार रूपैयाँ नगदसहित सम्मान गरेको हो। नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेबापत उनीहरूलाई डा. सृष्टि उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले खेलाडीलाई सम्मान गरेकी थिइन्। सो अवसरमा उनले खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन्।

उनले आगामी वर्षहरूमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन्। सम्मानित हुने दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरूलाई देशका लागि अझ समर्पित भएर खेल्न ऊर्जा मिल्ने उल्लेख गर्दै आयोजकलाई धन्यवाद दिए।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस