रोल्पामा गत शनिबारबाट सुरु भएको सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको नेपाल पुलिस क्लबले जितेको छ । बुधबार रोल्पाको लिबाङमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब विजयी भएको हो ।
फाइनल खेलमा २५–१८, २०–२५, २५–१४ र २५–२३ को अंक अनुपातमा नेपाल पुलिस क्लबले जित निकालेको हो । यो सँगै नेपाल पुलिस क्लबले पाँचलाख राशीको पुरस्कार सँगै सनस्टार कप हात पारेको छ । नेपाल पुलिस क्लबसँग पराजित त्रिभुवन आर्मी क्लबले दुईलाख पचास हजार रुपैयाँ जितेको छ ।
बुधबार बिहान भएको कोशी र लुम्बिनी प्रदेश बीच भएको खेलमा कोशीले लुम्बिनी माथि चौंथो खेलको अनुपातमा तीन अंक आफ्नो पक्षमा पार्दै जित निकालेको थियो । कोशी र लुम्बिनीबीच २६–२४, १६–२५, २५–१६ र २८–२६ को अंक रहेको छ । यो सँगै कोशी प्रदेश तेस्रो र लुम्बिनी प्रदेश चौंथो भएका छन् । तेस्रो हुनेले एकलाख र चौंथो हुनेले पचास हजार रुपैयाँ जितेका हुन ।
सनस्टार युवाक्लब रोल्पाको १३ औं वार्षिकोत्सवको अवसर पारेर ‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने नारा सहित आयोजना गरिएको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दुई विभागिय टिम र आयोजक टिम सहित चार प्रदेश सहभागी भएका थिए ।
क्लबका अध्यक्ष पुर्ण केसीले खेल भब्य रुपमा सम्पन्न भएको बताउदै राष्ट्रिय भलिबल प्रतियोगिताले एक पटक फेरि रोल्पालाई नियाल्ने अबसर भएको बताए ।