करिब पन्ध्र सय किलोग्राम वजन भएको ५४ फिट अग्लो सिलाम साक्माको पृष्ठभूमिको अघि हजारभन्दा बढी विद्यार्थीको सहभागितामा ‘सिलाम साक्मा’को आकृति तयार गर्दै ताप्लेजुङको मैवाखोलामा राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ। ६६ स्वर्ण, ६६ रजत र ७० कास्य पदकका लागि ताप्लेजुङका ९ वटै स्थानीय तहका करिव ७ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मैवाखोलास्थित नारायणी माविमा सुरु भएको हो।
आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार (गणेश) मावो लिम्बूले जिल्ला स्तरीय प्रतियोगिता प्रत्येक स्थानीय तहका मैदानमा पुग्ने गरी सदरमुकामबाट ग्रामीण भेग केन्द्रित गरिएको जानकारी दिए। अघिल्लो वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आठराई त्रिवेणी गाउँपालिकामा भएको थियो। सो भन्दा अघि सिरिजङ्गा गाउँपालिकामा सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
प्रतियोगिताको संयोजक मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले खेलप्रतिभाको पहिचान र खेलाडीहरूको व्यावसायिकताका लागि यस्ता प्रतियोगिताहरू उपलब्धिमूलक बन्ने विश्वास लिएका छन्। कार्यक्रम स्थल नारायणी माविको खेलमैदान सिलाम साक्माले रंगिएको छ। त्यहाँ ठूलो आकृतिको सिलाम साक्मा बनाइएको भने कार्यक्रम स्थलमा विद्यार्थीहरूले सिलाम साक्माको आकृति बनाएर मैदान रंगाएका थिए।
बाँस, कपडा र धागोद्वारा निर्मित सिलाम साक्मा बनाएर स्थानीयले रातको २ बजे कार्यक्रम स्थलमा ठड्याएका थिए। सातै प्रदेशको साँस्कृतिक झल्को दिने नृत्यले नेपाल जाति, भाषा, धर्म, संस्कार र साँस्कृतिक विविधता भएको झल्को दिन्थ्यो। विविधतायुक्त नृत्यका कोरियोग्राफर छेन्डुप लामा विद्यार्थी उमेरबाट नै सभ्यता र संस्कृतिको सन्देश दिन प्रयत्न गरेको बताउँछन्।
लिम्बू जातिको सघन बसोबास भएको क्षेत्रमा हुने सार्वजनिक समारोहमा अतिथिलाई आजकाल ब्याचको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाइदिएर स्वागत र सम्मान गरिन्छ। बाँसको दुई कप्टेरोमा विभिन्न रङका धागो हातले जडेर बनाइएको चारकुने सिलाम साक्माको छेउमा फुर्को राखिएको हुन्छ। सामाजिक वा सार्वजनिक समारोहमा सहभागी हुन महिला–पुरुष छातीमा सिलाम साक्मा सजाएर पुग्ने गर्छन्।
सिलाम साक्मा मुन्धुम र लिम्बू परम्पराको महत्वपूर्ण तङसिङ संस्कारमा प्रयोग हुने गर्छ। लिम्बू भाषामा ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने गर्छ। सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ। यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ। प्रसिद्ध तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा जोडिन्छ।