आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र किङ्डम हिमालयनले आइतबार प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
बालुवाखानीस्थित आयोजकको कोर्टमा सम्पन्न प्रतियोगितामा किङ्डम जुनियर बोइजमा र फेरिल्यान्ड जुनियर गल्र्समा च्याम्पियन भएका हुन्। जुनियर बोइज फाइनलमा किङ्डमले न्युटनलाई ३५–२५ ले हरायो। किङ्डमका प्रवेश लामाले १६ अंक जोडे। यो कुनै पनि विधामा किङ्डमले प्राप्त गरेको हालसम्मकै पहिलो उपाधि हो। ग्रिनल्यान्ड तेस्रो भयो।
जुनियर गल्र्सको उपाधि भिडन्तमा फेरिल्यान्डले बौद्ध चिल्ड्रेन हेभेनलाई २७–१० ले सहजै पराजित गर्दै उपाधि उचाल्यो। फेरिल्यान्डकी करुणा बोगटीले १२ अंक जोडिन्। फेरिल्यान्डले नौ दिनको अन्तरालमा दोस्रो उपाधि जितेको हो।
फेरिल्यान्डले माघ १८ मा प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जुनियर गल्र्सकै उपाधि जितेको थियो। न्युटन तेस्रो भयो। जुनियर बोइजमा किङ्डमका अच्युत तामाङ तथा जुनियर गल्र्समा फेरिल्यान्डकी रेणुका तामाङ मोस्ट भेलुएबल प्लेयर घोषित भए।
जुनियर बोइजमा न्युटनका आशिष राई तथा जुनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभेनकी जस्मिन गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता भए। जुनियर बोइजमा ग्रिनल्यान्डका विश्वास केसी तथा जुनियर गल्र्समा न्युटनकी आइरिन राना उत्कृष्ट थ्री प्वाइन्टर चुनिए।
जुनियर बोइजमा गुरुकुल पब्लिक र जुनियर गल्र्समा मन्जरी इमर्जिङ टिम ठहरिए। विजेतालाई बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, बुढानीलकण्ठ शिक्षा महाशाखाका प्रमुख ललितविक्रम सिंह, काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारी, फेरिल्यान्डका संस्थापक निर्देशकत्रय रामप्रसाद गौतम, विनोद अधिकारी र राजेन्द्र देवकोटाले पुरस्कृत गरेका थिए। साताव्यापी प्रतियोगिताको जुनियर बोइज र जुनियर गल्र्समा समान १२ गरी २४ टोलीले प्रतिस्पर्धा गरेका थिए।