आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल दोस्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा टिम च्याम्पियन भएको छ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल रोलबल संघको सहयोगमा सम्पन्न प्रतियोगितामा ज्ञान संस्कार सर्वाधिक ६१ अंक जोड्दै टिम च्याम्पियन भएको हो। सामाखुशीस्थित आयोजक ज्ञान संस्कारमा सम्पन्न प्रतियोगितामा श्री शिवा २७ अंकसहित दोस्रो भयो। अल्कापुरी सात अंक जोड्दै तेस्रो स्थानमा रह्यो।
प्रिस्कुलको गर्ल्समा त्रिशा बजगाईं, यु–६ गर्ल्समा स्वरा खनाल, ६–८ वर्ष गर्ल्समा आर्या कार्की, ८–१० वर्ष गर्ल्समा जियाना अर्याल र १२–१४ वर्ष गर्ल्समा सान्भी श्रेष्ठले ज्ञान संस्कारलाई स्वर्ण दिलाए।
श्री शिवाका चार खेलाडीले स्वर्ण पदक जिते। श्री शिवाका लागि यु–६ बोइजमा साश्वतराज विडारी, ६–८ वर्ष गल्र्समा केन्जो राई, ८–१० वर्ष बोइजमा रेमन गुरुङ र १०–१२ वर्ष गल्र्समा आशिया तामाङले स्वर्ण जिते। प्रि स्कुल बोइजमा अम्बेल किड्सका प्रियान्श श्रेष्ठ, १०–१२ वर्ष बोइजमा एसिया प्यासिफिकका प्रिन्स श्रेष्ठ र १२–१४ वर्ष ब्वाइजमा अल्कापुरीका अमन चौधरी पहिलो भए।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य अञ्जन धमला, ज्ञान संस्कार इन्टरनेसनल स्कुल व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बडु र ज्ञानसंस्कारकी प्रधानाध्यापक निलम बानियाँ बडुलगायतले पुरस्कृत गरे।
त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए। उनले स्केटिङ खेल अहिलेका बालबालिका माझ निकै लोकप्रिय बन्दै गएको उल्लेख गर्दै नेपाली खेलकुदको विकास र विस्तारमा विद्यालयहरूको पनि महवपूर्ण योगदान रहेको धारणा व्यक्त गरे। एकदिने प्रतियोगितामा दुई सय खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।