साविक विजेता न्युरोड टिम (एनआरटी) धरानमा जारी २५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाहुना टोली भारतको युनाइटेड खर्साङ क्लब (यूकेएफसी) लाई एकका विरुद्ध तीन गोलले पराजित गर्दै एनआरटी उपाधि नजिक पुगेको हो ।
उपाधिका लागि एनआरटीले पर्सि शनिबार चर्च ब्वाईज युनाइटेसँग खेल्नेछ । भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै चर्च ब्वाइज पहिलोपटक बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
बिहीबारको खेलमा एनआरटीलाई जित दिलाउन नवौं मिनेटमा शिशिर लेखी, ४५औं र ७६औं मिनेटमा प्रदीप बुढाथोकीले गोल गरे । पाहुना टोलीका लागि ३१औं मिनेटमा हेमराज भुजेलले सान्त्वना गोल गरेका थिए । लेखी म्यान अफ द म्याच भए ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।