राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका ५ खेलाडीले १ स्वर्ण, १ रजत र ४ कांस्य पदक जितेका थिए।
आइतबार भएको सम्मान कार्यक्रममा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य सुवर्ण श्रेष्ठ, जनकसिंह धामी र हिमालकुमार श्रेष्ठलगायतले खेलाडीलाई सम्मान गरेको राखेपले जानकारी दिएको छ।
काभा महिला भलिबल क्लब च्याम्पियनसिप विजेता नेपाल पुलिस क्लबका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको छ।
नक्सालमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै शिखर इन्स्योरेन्स कम्पनीले च्याम्पियन पुलिसका प्रत्येक सदस्यलाई नगद सहित सम्मान गरेको थियो । प्रत्येक खेलाडी, प्रशिक्षक र म्यानेजरलाई समान ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो ।
विधातर्फ उत्कृष्ट खेलाडीलाई थप ५० हजार रुपैयाँबाट पनि पुरस्कृत गरिएको थियो । च्याम्पियनसिपमा नेपाल पुलिस क्लबकी उषा भण्डारी वेस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउट साइट हिटर घोषित भएकी थिइन् । त्यसबापत उनलाई दुई विधामा उत्कृष्ट पुरस्कार थप गर्दै कुल एक लाख ५० हजार दुई रुपैयाँ पुरस्कृत गरिएको थियो ।
त्यस्तै सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भएकी थिइन् । दुवैलाई पुरस्कार रकमबाट ५० हजार हजार थप गर्दै एक लाख दुई रुपैयाँसहित सम्मान गरिएको थियो ।
रूपेश विष्ट मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकमा सुशीला थापा थिए । प्रशिक्षकद्वयसँगै अफिसियललाई पनि समान ५० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । पूर्व मन्त्री तथा नकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्री र शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल र सिइओ दीपप्रकाश पाण्डेले विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् ।
नेपाल पुलिस क्लबले फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिस अपराजित रहँदै यो उचाल्न सफल भयो । मालदिभ्समा शनिवार सम्पन्न च्याम्पियनसिपमा नेपाल पुलिस क्लबसहित उज्बेकिस्तान, श्रीलङ्का, मालदिभ्स र ताजकिस्तानका ६ क्लबले प्रतिस्पर्धा गरेका थिए ।
लिग चरणमा नेपाल पुलिसले हुमोसँगै श्रीलङ्काको श्रीलङ्का एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले हराएको थियो ।
नेपाल पुलिसले मालदिभ्सका टोली वाम्को क्लबलाई ३–२ र मालदिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । पुलिसले आठौँ एनभिए महिला भलिबल लिग च्याम्पियनको हैसियतमा काभा महिला क्लब च्याम्पियनसिपमा चुनौती प्रस्तुत गरेको हो ।
यस च्याम्पियनसिपमा सहभागी हुन पुलिसले एपिएफ क्लबकी स्पाइकर सरस्वती चौधरी र निरुता ठगुन्नाका साथै न्यु डायमण्ड स्पोर्टस क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...