टी–२० महिला अन्तर्राष्ट्रिय त्रिकोणीय सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न नेदरल्यान्ड्ससँगको खेलमा नेपाली महिला टोली फेरि १५ रनले पराजित भएको हो।
यो खेलमा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गरेर ९ विकेटको क्षतिमा १४० रन जोडेको थियो। जसमा कप्तान बबेटी डे लिडेले ४१, हिदर सिगरले २६, फेबे मोल्केनबोर र रोबिन रिज्केले २१÷२१ रन जोडेका थिए।
नेपालका तर्फबाट सिता रानामगरले पाँच विकेट लिँदा मनिषा उपाध्यायले २, कबिता जोशी र इन्दु बर्माले एकएक विकेट लिएका थिए।
१४१ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा ८विकेटको गुमाएर १२५ रन मात्रै जोड्न सक्यो।
यो सँगै नेपालको उपाधि जित्ने चाहनामा पूर्णविराम लागेको छ। यसअघि नेपालले एक खेलमा नेदरल्यान्ड्ससँगै र अर्को खेल थाइल्यान्डसँग हारेको थियो। अब नेपालले थाइल्यान्डसँग एक खेल खेल्न बाँकी छ।
यो हारसँगै नेपालको उपाधि जित्ने चाहना कठिन मोडमा पुगेको छ। यसअघि नेपालले एक खेलमा नेदरल्यान्ड्ससँगै र अर्को खेल थाइल्यान्डसँग हारेको थियो। उता थाइल्यान्ड र नेदरल्यान्ड्सले दुई दुई खेल जितिसकेका छन्।
नेपालले अझ दुई खेल थाइल्यान्ड र एक खेल नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ। उपाधि जित्न नेपालले बाँकी तीनवटै खेल जित्नुपर्नेछ। सँगै नेदरल्यान्ड्स र थाइल्यान्डबीच पनि अझै दुई खेल हुन बाँकी छ। त्यसपछि पनि नेपालका लागि गणितीय सम्भावना मात्रै बाँकी रहने छ।
सिरिजमा फाइनल खेल भने निर्धारण गरिएको छैन। यसैले अंक तालिकामा शीर्ष स्थानमा रहने टोलीलाई उपाधि दिइने भनिएको छ।