तेस्रो प्रयासमा सफल जनकपुर बोल्ट्स
०७ पौष २०८१
•
६ मिनेट पाठ
तेस्रो प्रयासमा सफल जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोयल्ससँग तेस्रोपल्ट भेटमा जनकपुर बोल्ट्सले बदला लिँदै नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि शनिबार उचालेको छ। यसअघि दुई भेटमा एकपक्षीय रूपमा हाबी भएको सुदूरपश्चिमलाई फाइनलमा जनकपुरले चुनौती मात्र दिएन उपाधिबाट नै विमुख गरायो। उपाधि भिडन्तमा सुदूरपश्चिम पाँच विकेटको हार सामना गर्न बाध्य भयो। 




यी दुई भिड्दा त्रिवि क्रिकेट मैदानमा सदाझैँ फाइनलमा पनि भरिभराउ समर्थक थिए। तर, यसपल्ट भने समर्थकले यस अघिका प्रतिस्पर्धाजस्तो एकपक्षीय देख्नु परेन र खेल रोमाञ्चक बन्यो। पछिल्ला दुई भेटमा सुदूरपश्चिम हाबी हुँदा जनकपुरको ब्याटिङले निकै संघर्ष गर्नुपरेको थियो। तर, फाइनलमा दुवै तर्फबाट रनको वर्षा भयो र कुल ३६९ रन बन्यो। टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १८५ रनको लक्ष्य दियो।

जबाफमा जनकपुरले पनि निडरतापूर्वक ब्याटिङ गर्‍यो र उक्त लक्ष्य १९.२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो। पछिल्ला चार खेलमा ओपनरले राम्रो सुरुआत दिन नसक्दा जनकपुरको ब्याटिङले संघर्ष गर्दै आएको थियो। फाइनलमा भने ओपनरद्वय लाहिरू मिलन्था र आसिफ शेख चम्किँए। आसिफ र मिलन्थाले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै जितको बलियो आधार तय गरे। एकपछि अर्को बाउन्ड्री प्रहार गर्दै यी दुईले सुदूरपश्चिमका बलरमाथि दबाब सिर्जना गरे। यस क्रममा पहिलो विकेटका लागि आसिफ र मिलन्थाबीच ७३ रनको साझेदारी भयो। पावरप्लेमा जनकपुरले ७१ रन जोडेपछि सुदूरपश्चिम यहीबाट पछि परेको थियो। जुन जितको आधार पनि बन्यो। 

सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले पनि पावरप्लेमा जनकपुरका ब्याटरले आक्रामक सुरुआत दिएपछि पछि परेको उल्लेख गरे। ‘ब्याटिङमा राम्रै भयो। हाम्रा ओपरनर विनोद भण्डारी र सैब जैबले राम्रो सुरुआत दिलाएका थिए। तर, अन्तिम ओभरमा अझ केही रन बन्नु पर्दथ्यो। त्यसमा भने चुक्यौं। समग्रमा भने राम्रै क्रिकेट खेल्यौं,’प्रशिक्षक टमटाले भने,‘पावर प्लेमा जसरी आसिफ र मिलन्थाले ब्याटिङ गरे, त्यहाँबाट नै हामी पछि पर्‍यौं। जनकपुरका प्रशिक्षक पुबुदु दसानायकले पनि पावर प्लेमा राम्रो सुरुआत पाउँदा सहज भएको स्वीकार गरे। 

च्याम्पियन जनकपुरले ट्रफीसँगै एक करोड १० लाख र उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो। सुदूरपश्चिमले ६.६ ओभरमा जनकपुरको साझेदारी तोडे पनि सदुपयोग गर्न सकेन। स्पिनर सैबले आसिफलाई ३३ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका हुन्। आसिफले १९ बलमा चार चौका र दुई छक्का हिर्काए। तर, सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले आफ्नै बलिङमा ओपनर मिलन्थाको क्याच छोड्नु नै महँगो साबित भयो। मिलन्थाले नै आक्रामक ब्याटिङ गर्दै जितनजिक पुर्‍याए। मिलन्थाले तेस्रो विकेटका लागि पनि हर्ष ठाकरसँग ६१ रनको साझेदारी गरे।  

१५.३ ओभरमा स्कट कुग्गेलिनले मिलन्थालाई ८७ रनमा कट एन्ड बोल्ड गरे। तर, तेस्रो विकेटका रूपमा मिलन्था आउट भए पनि जनकपुर जितनजिक थियो। किनकी जनकपुरलाई २७ बलमा १९ रन आवश्यक हुँदा सात विकेट हातमा थियो। मिलन्थाले ४९ बलमा ९ चौका र चार छक्का हिर्काए। सुदूरपश्चिमले थप दुई विकेट लिँदै कसिलो बलिङ पनि गर्‍यो। तर, पनि जनकपुरले चार बलअगाबै जित सुरक्षित गर्‍यो। ठाकर ३० र मायन यादव २ रनमा अविजित रहे। ठाकरले २४ बलमा दुई छक्का हिर्काए। सुदूरपश्चिमले अतिरिक्त १८ रन पनि दियो। सैब, ईशान, स्कट र दीपेन्द्रले समान एक विकेट लिए।

पावरप्लेमा जनकपुरले ७१ रन जोडेपछि सुदूरपश्चिम यहीँबाट पछि परेको थियो। जुन जितको आधार पनि बन्यो। सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले पनि पावरप्लेमा जनकपुरका ब्याटरले आक्रामक सुरुआत दिएपछि पछि परेको उल्लेख गरे।
सैफले तीन ओभरमा १४ रन मात्र दिँदा अन्य बलर भने महँगा साबित भए। यसपल्ट पनि सुदूरपश्चिमले राम्रो ब्याटिङलाई निरन्तरता दियो र तर, बलिङमा साथ नपाउँदा उपाधिबाट बन्चित भयो। त्यसअघि टस जितेर ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय राम्रो थियो। यस क्रममा सुदूरपश्चिमले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै १८४ रनको राम्रै योगफल पनि बनायो। सुदूरपश्चिमका ओपनरद्वय विनोद र सैब पनि चम्किँए। यी दुई चम्किँदा सुदूरपश्चिम विशाल योगफलतर्फ पनि अग्रसर थियो। तर, त्यस पछिका ब्याटरले सदुपयोग गर्न सकेनन्। पहिलो विकेटका लागि विनोद र सैबबीच ११७ रनको विशाल साझेदारी भएको थियो।

यी दुई क्रिजमा रहँदा सुदूरपश्चिम दुई सय रनको आँकडातर्फ अग्रसर पनि थियो। त्यसअघि सुदूरपश्चिमले पावर प्लेमा पनि ४८ रन जोड्यो। यसपछि पनि ओपनरद्वयले आक्रामक ब्याटिङ जारी राख्दा सुदूरपश्चिमले १०.१ ओभरमा १०० रन पार गर्‍यो। १२औं ओभरमा किशोर महतोले साझेदारी तोड्दै ठूलो सफलता दिलाए। यसपछि भने सुदूरपश्चिमको रन गति कम भएको हो। किशोरले सैबलाई ६९ रनमा ललित राजवंशीद्वारा क्याच गराए। सुदूरपश्चिम ११.६ ओभरमा ११७/१ को अवस्थामा थियो। तर, थप रन नजोड्दै अर्का ओपनर विनोद ४१ रनमा बोल्ड भए।

सैबले ४३ बलमा ८ चौका र दुई छक्का हिर्काए। विनोदले ३१ बल खेल्दै एक चौका र तीन छक्का प्रहार गरे। सुदूरपश्चिमले बाँकी ७.४ ओभरमा सात विकेट गुमाउँदा ६७ रन जोड्यो। हरमित सिंह र ब्रेन्डन म्याकमुलन समान १४ तथा स्कट १३ रनमै आउट भए। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। जनकपुरको बलिङमा किशोर र मोहसिनले समान तीन तथा निसम र ललितको नाममा समान एक विकेट रह्यो। ललित मात्र किफायती बने। उनले चार ओभरमा एक मेडनसहित १५ रन मात्र दिए। ललितसँगै ठाकरले पावर प्लेमा समान एक मेडन राखेका हुन्। 

दीपेन्द्रलाई कार, उदीयमान विपिन 
एनपिएलको पहिलो संस्करणमा १६ वर्षे स्पिनर विपिन शर्मा उदीयमान खेलाडी हुँदा दीपेन्द्रसिंह ऐरीले कार पाउन सफल भएका छन्। ट्यालेन्ट हन्टबाट कर्णाली याक्समा आबद्ध विपिन उदीयमान खेलाडी भएका हुन्। सर्वोत्कृष्ट नेपाली खेलाडी भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र भए। यसबापत उनले ६२ लाख मूल्यको ओमोडा कार पाए। विपिनले भने ५० हजार नगद पुरस्कारका साथै १० लाख बराबरको छात्रवृत्ति पनि पाए। विपिनले १३ विकेट लिए। दीपेन्द्रले भने प्रतियोगिताभर नौ विकेट र २२७ रन बटुलेका थिए। जनकपुरका जिमी निसम प्लेयर अफ द टुर्नामेन्ट भए। 

उनले यसबापत दुई लाख रुपैयाँ पाए। जनकपुरका स्पिनर ललित राजवंशी उत्कृष्ट बलर घोषित भए। यसबापत ललितले एउटा मोटरसाइकल पाए। उनी र सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलिन समान १७ विकेटसहित शीर्ष विकेटकर्ता हुन्। जनकपुरका मिलन्थाले म्याक्सिमम फोर (३५ चौका) अफ द टुर्नामेन्टको पुरस्कार पाए। यसबापतले उनले दुई लाख नगद पुरस्कार प्राप्त गरे। लुम्बिनी लायन्सले फेयर प्लेको अवार्ड प्राप्त गर्‍यो।

‘ललित उत्कृष्ट खेलाडी हुन्’
जनकपुरका प्रशिक्षक पुबुदु दसानायकेले आफ्ना लागि स्पिनर ललित राजवंशी नै एनपिएलको उत्कृष्ट खेलाडी रहेको प्रतिक्रिया दिएका छन्। फाइनल खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक पुबुदुले आफ्नो टोलीका स्पिनर ललित प्रतियोगिताको उत्कृष्ट खेलाडीको हकदार रहेको दाबी गरेका हुन्। ललितले राम्रो बलिङ गरेको र उनी नै आफ्ना लागि उत्कृष्ट खेलाडी रहेको पुबुदुको भनाइ छ। कहिलेकाहीँ रनमा मात्र ध्यान हुने भए पनि प्रतियोगितामा ललितको भूमिका मुख्य रहेको उनको बुझाइ थियो। 

उनले ब्याटिङ पिचमा पनि ललितले राम्रो बलिङ गरेको उल्लेख गरेका थिए। जनकपुरको प्रशिक्षक भएर मात्र ललितको समर्थन नगरेको उनी बताउँछन्। दीपेन्द्रसिंह ऐरीले पनि राम्रो खेलेको उनले उल्लेख गरे। यस एनपिएलमा नेपालका सिनियर र युवा खेलाडीले राम्रो प्रदर्शन गर्नु नै नेपाली क्रिकेटका लागि सुखद पक्ष रहेको उनी बताउँछन्। स्टार खेलाडीसँग एउटै ड्रेसिङ रुम सेयर गर्न पाउँदा नेपाली खेलाडीमा थप आत्मविश्वास बढ्ने उनको विश्वास छ। 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस