नेपाली पुरुष राष्ट्रिय फुटबल समूहका कप्तान किरण चेम्जोङले खेलाडीको विषयमा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताएका छन्।
सन् २०२४–२५ का लागि युरोपियन राष्ट्र ग्रिसको महिला ए डिभिजन लिग क्लबमा छनोट हुनुभएकी नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ सार्वजनिक हुनुअघि कप्तान चेम्जोङले सो कुरा बताएका हुन्।
चलचित्र ‘अञ्जिला’ निर्माण समूहले आज यहाँ आयोजना गरको एक कार्यक्रममा कप्तान चेम्जोङले भने,'मैले अञ्जिला बहिनीको मेहनतलाई नजिकबाट नियालेको छु, उहाँको कथामा यसरी चलचित्र बन्दा निकै खुसी छु। हामी खेलाडीको कथामा आधारित भई नेपाली चलचित्र कमै बन्ने गरेको छ, आउँदा दिनमा यो बढ्ने छ भन्नेमा विश्वस्त छु। अञ्जिला बहिनीको कथाले हाम्रा धेरै चेलीलाई ‘इन्स्पाएर’ गरेर आफ्नो गन्तव्यमा अगाडि बढ्न मद्दत गर्छ भन्नेमा पनि विश्वत छु। नेपाली चलचित्रको बजार जसरी बढिरहेको छ, अब कथामा पनि विविधता आउनु जरुरी छ, निर्देशकलाई धन्यवाद भन्न चाहन्छु।'