नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किंग्सले मंगलबार आफ्नो जर्सी र गीत सार्वजनिक गरेको छ।
टोलीले ‘कोशीको सान, हाम्रो पहिचान’ भन्ने नारासहित कोशी प्रदेशको प्रतिनिधित्व गर्ने घोषणा गरेको हो। विराटनगर किंग्सको जर्सी पहेँलो र निलो रंगमा छ। गीत र्याप शैलीमा तयार गरिएको छ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, टिमका खेलाडी सन्दीप लामिछानेलगायतको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री कार्कीले नेपाली क्रिकेटको प्रगति र विश्वव्यापी पहिचानको प्रशंसा गर्दै खेलकुदमा थप संरचनागत सुधार गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
विराटनगर किंग्सको टोलीमा सन्दीप लामिछाने, लोकेश बम, मार्टिन गप्टिल, क्रिस सोल, तथा अन्य खेलाडीहरू समावेश छन्।