नेपाल प्रिमियर लिग(एनपिएल)का खेलहरू भारतीय चर्चित स्पोर्टस च्यानल स्टार स्पोर्ट्सबाट प्रशारण हुने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत एनपिएलको ब्रोडकास्टिङ पार्टनर स्टार स्पोर्ट्स रहेको घोषणा गरेको हो ।
स्टार स्पोर्टसमा एनपिएल प्रत्यक्ष प्रशारण गरेर नेपाली क्रिकेटलाई गुणस्तरीय प्रबिधिबाट दर्शकसामू पस्किने र अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्याउने लक्ष्य क्यानले लिएको छ ।
स्टार स्पोर्टसले भारतीय चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) लगायतका ठुला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितको पनि प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किंग्सले दोस्रो संस्करणका लागि रिटेन्सन(निरन्तरता) खेलाडीको सूची जारी गरेको छ। शनिवार विराटनगरले आगामी संस्करणमा पनि आफ्ना लागि खेल्ने ६ खेलाडीको नाम सार्वजनिक गरेको हो।
रिटेन गरिएका खेलाडीमा पहिलो सिजनका ‘मार्की’ सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी छन्।
विराटनगरले पहिलो सिजनमा राम्रो प्रदर्शन भने गर्न सकेको थिएन। उसले ७ खेलमा २ जित मात्र निकालेर ८ टिममध्ये सातौँ स्थानमा चित्त बुझाएको थियो।
अब उसले आगामी सिजनका लागि बाँकी खेलाडी अगस्टमा हुने मिनी अक्सनबाट लिने छ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...