साफ महिला च्याम्पियनसिप: नतिजाबाट उत्साहित छैन नेपाल
०६ कार्तिक २०८१
•
४ मिनेट पाठ
साफ महिला च्याम्पियनसिप: नतिजाबाट उत्साहित छैन नेपाल
लिगविहीन, महिला फुटबलको शून्यजस्तै गतिविधि र बिनातयारी साफ महिला च्याम्पियनसिपमा सहभागिता। यस्तै अवस्थाबाट माल्दिभ्स नेपालमा भएको साफ च्याम्पियनसिप खेल्न आएको राष्ट्र हो।




पछिल्ला दुई संस्करण नै माल्दिभ्सका लागि सुखद बन्न सकेको थिएन। सन् २०१९ को पाँचौं र सन् २०२२ को छैटौं संस्करणमा माल्दिभ्स गोलविहीन रहँदै घर फर्किनुपरेको थियो। पछिल्लो दुई संस्करणमा गरेर २७ गोल खाँदा माल्दिभ्सले एक गोल पनि गर्न सकेको थिएन। त्यसैले सम्भवतः माल्दिभ्सलाई यस सातौं संस्करणकै सबैभन्दा कमजोर टोली भन्दा फरक पर्ने छैन। त्यसमाथि पनि प्रतियोगिताअगाडि नै माल्दिभ्सका प्रशिक्षक अहमद नासिदले महिला फुटबलको सीमित गतिविधि र स्रोतसाधानलगायत समस्याबारे उल्लेख गरेका थिए। उनी भन्थे, ‘माल्दिभ्समा महिला फुटबलको राम्रो गतिविधि नै छैन। प्राप्त सीमित अवसरबाट उत्कृष्ट प्रदर्शन गर्नेछौं।’

तर, अहमदले भनेजस्तो तयारीबाट माल्दिभ्सको प्रदर्शन सुखद बन्न सकेन। साफमा माल्दिभ्सले गोल गर्न नसकेको खेलसंख्या सातौं पुगेको छ। यसै संस्करणको पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा नेपालसँग पनि माल्दिभ्स गोलविहीन बन्यो। श्रीलंकासँग गोलसंख्याको हिसाबमा माल्दिभ्सको प्रदर्शन सन्तोषजनक नै मान्न सकिन्छ। त्यो खेलमा माल्दिभ्सले श्रीलंकालाई १–० मा रोकेको थियो। हुन त श्रीलंका पनि प्रतियोगिताकै दोस्रो कमजोर राष्ट्रको रूपमा लिने गरिन्छ। श्रीलंकन टोलीले पनि तयारी राम्रो गरेको छैन । लामो समयदेखि महिला फुटबलको गतिविधि राम्रोसँग हुन नसकेको श्रीलंकाका प्रशिक्षक एमएच रुमीले नै प्रतियोगिताको पत्रकार सम्मेलनमा भनेका थिए।

त्यसैले समानस्तरको टोलीसँग माल्दिभ्सले रक्षात्मक रणनीति अपनाउँदा एक गोल मात्र बेहोर्‍यो। तर, समूह ‘बी’ को दोस्रो खेलमा नेपालविरुद्ध भने माल्दिभ्सको रणनीति उपयोगी साबित भएन। घरेलु टोलीसँग ११–० को फराकिलो हार सामना गर्नुपर्‍यो। तथापि, यो हारले माल्दिभ्सका प्रशिक्षक अहमदलाई पनि खासै दुखी बनाएको छैन। ‘महिला फुटबलमा गरेको लगानीअनुरूपको नतिजा हो यो। हारपछि बहाना गरेको होइन। नेपाल बलियो टोली हो। यस किसिमको टोलीविरुद्ध मेरा खेलाडीले सक्दो मिहिनेत गरे। तर, सकेनौं। नतिजाले धेरै दुखी भएको छैन,’ नेपालसँगको खेलपछि अहमदले भने।

यता, नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङ पनि यस किसिमको नतिजाबाट धेरै उत्साहित हुनु नपर्ने बताउँछन्। माल्दिभ्समा महिला फुटबलको गतिविधि धेरै नहुने र उसले राम्रो तयारी पनि गर्न नपाएकाले धेरै गोल गर्दा उत्साहित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। ‘माल्दिभ्सको तयारी राम्रो थिएन। उनीहरूको लिग पनि हुँदैन। त्यसैले माल्दिभ्समाथि ११ गोल हुँदा उत्साहित छैनौं। हामीले अझ धेरै तयारी गर्नुपर्छ,’ उनले भने,‘गोल स्कोरभन्दा पनि आफ्नै शैली फुटबल खेल्ने लक्ष्य थियो। त्यसमा केही सफल पनि भयौं।’ उनले बलिया टोलीका गर्नुपर्ने तयारी पर्याप्त नभएको नेपाली प्रशिक्षक राजेन्द्रको भनाइ छ।

नेपालले पहिलो खेलमा भुटानसँग गोल गर्न सकेको थिएन। यो नतिजापछि नेपाली महिला टोलीले पहिलोपल्ट भुटानसँग अंक बाँड्नुपरेको थियो। त्यो नतिजा दोहोरिन नदिन तयारीलाई परिस्कृत गर्दै लैजानुपर्ने नेपाली टोलीका प्रशिक्षक राजेन्द्रले औंल्याएका हुन्। तथापि, माल्दिभ्ससँगको नतिजाले नेपाली खेलाडीको मनोबल बढ्नेमा भने दुईमत छैन। माल्दिभ्सका प्रशिक्षक अहमेदले नै यस किसिमको नतिजाले नेपाली खेलाडीको मनोबल बढ्ने उल्लेख गरे। उनले भनेजस्तै सोमबार नेपाली खेलाडी उत्साहित पनि देखिन्थे। माल्दिभ्सविरुद्ध पाँच गोल गरेकी रेखा पौडेलले यो नतिजाले सबैमा उत्साह थपेको बताइन्। तथापि, उनले पनि यो प्रदर्शनबाट सन्तुष्ट हुन नहुने उल्ल्लेख गरिन्।

नेपाली खेलाडीले भुटानसँगको खेलभन्दा केही सुधारिएको प्रदर्शन गरेका थिए। उनीहरूमा टिम वर्क देखिन्थ्यो। त्यसैले यस किसिमको नतिजा आएको प्रशिक्षक बताउँछन्। व्यक्तिगत प्रदर्शन गरेको भए भुटानसँगकै नतिजा दोहोरिने उनको जिकिर थियो। नेपालका लागि रेखाको पाँच गोलसँगै प्रीति राईले पनि ह्याट्रिक पूरा गरिन्। सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक गोल थपे। यो जितसँगै समूहविजेता बन्ने नेपालको लक्ष्य कायमै छ। उपाधि लक्ष्यसहित प्रतियोगितामा उत्रिएको नेपालको सुरूआत राम्रो हुन सकेको थिएन।

पहिलो खेलमा भुटानसँग गोल गर्न असफल हुँदा माल्दिभ्समाथि भने पूर्ण हाबी भयो। चार राष्ट्र रहेको समूह ‘बी’ मा समान दुई खेलबाट नेपाल र भुटानको समान चार अंक छ। यी दुई नै समूहविजेताको दाबेदार हुन्। दुवै विजेता बन्दै सेमिफाइनलमा पुग्न चाहन्छन्। भुटानले नेपालसँग जस्तै प्रदर्शन सोमबार पनि दोहोर्‍याउँदै यसपल्ट आफू बलियो टोली रहेको प्रमाणित गरेको छ। सोमबार नै भुटानले श्रीलंकालाई ४–१ ले हराएको थियो। यो हारपछि दुई खेलबाट श्रीलंकाको तीन अंक छ। लगातार दोस्रो हारसँगै माल्दिभ्सको यात्रा समूहचरणमै टुंगिने भएको छ। 
अर्को समाचार
भुटानबाट पाठ सिक्नुपर्ने विडम्बना
०८ पौष २०८१
•
४ मिनेट पाठ
भुटानबाट पाठ सिक्नुपर्ने विडम्बना
अन्तर्राष्ट्रिय फुटबलमा कुनै बेला नेपालले गोलको भारी बोकाउने टोली भुटान हुन्थ्यो। उमेरसमूह होस् या सिनियरस्तरका प्रतिस्पर्धा, नेपालले खेल्यो कि गोल वर्षा नै गथ्र्यो। खेल नेपालको एकपक्षीय हुने भएको कारण कसैलाई हेर्न जानसमेत जाँगर चलिहाल्ने अवस्था हुँदैन थियो। तर, अचेल स्थिति फेरिएको छ। भुटानविरुद्ध गोल गर्न मात्रै होइन, बराबरीमा रोक्न पनि मुस्किल पर्न थालेको छ।




त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको नेपाल र भुटानबीचको महिला यु–१९ मैत्रीपूर्ण खेल पनि यस्तै रह्यो। ४८औं मिनेटमा सुशीला केसीको गोलमार्फत सुरुआती अग्रता लिए पनि जोगाउन त परकै कुरा १–१ गोलको बराबरीमा रोक्न पनि अन्तिम समयसम्म संघर्ष गर्नुपर्‍यो। धन्न अतिरिक्त समयमा कर्नरबाट आएको बलमा युगेन ल्हामोले सिक्स यार्डनजिकबाट गरेको हेडर फितलो रह्यो र तीन दिनपछि अर्को हार बेहोर्नबाट नेपाल जोगियो।

भुटान यस्तो बलियो प्रदर्शन गर्ने टोली कसरी बन्यो त? मुख्य प्रशिक्षक टंकमाया घलेसँग यसको प्रस्टै जवाफ छ। त्यो हो, संघले ग्रास रुट फुटबलमा लगानी गरिरहेको छ। क्षेत्रफलको आधारमा नेपालभन्दा भुटान लगभग ३.८ गुणा सानो छ। तर, फुटबलको मामिला भने नेपालको क्षेत्रफलभन्दा कयौँ गुणा लगानी भुटानले गरिरहेको छ।

महिला फुटबलको माथिल्लो उमेरसमूहमा नेपालविरुद्ध पहिलो गोल र बराबरीको नतिजा हात पारेपछि घलेले पनि मुखै फोरेर ‘फ्रि एड्भाइस’ दिइन्– उमेरसमूहको एकेडेमीमा राम्रो लगानी गर्नुस्, आनन्दले प्रतिफल पाइन्छ।

उनका अनुसार अहिले भुटानी फुटबल संघको आफ्नै यु–१४, १६ र १९ एकेडेमी छ। यसका लागि क्लबले कहिले लगानी गरिदेला र त्यसको प्रतिफल खाउँला भनेर पर्खिरहन पर्ने अवस्था छैन। आफूले बनाएको लक्ष्य पूरा गर्न संघ आफैँ सक्षम छ। भुटानी फुटबल संघले यस्तो गर्नुको उद्देश्य एसिया कप र विश्वकप जित्नु पनि होइन। यो त नेपालजस्तो कुनै बेला ‘डोमिनेट’ गरेर खेल्ने टोलीलाई हराउँदै साफ च्याम्पियनसिप जित्ने योजना हो।  

नेपालजस्तो बलियो टोलीविरुद्धको नतिजाले भुटान त्यो उपाधिबाट पनि धेरै टाढा नरहेको घले दाबी गर्छिन्। उनी भन्छिन्, ‘हामी सबै समूहको फुटबलका लागि तयारी गर्दैछौं। पछिल्ला नतिजा सबै कडा मिहिनेतको प्रतिफल हो। अहिलेको अवस्थालाई सकारात्मक मान्न सकिन्छ। यस्तै भइरहे हामी साफ जित्छौं।’

भुटानले नेपाललाई पछि पार्ने छनक अघिल्लो वर्षबाट मात्रै देखाउन थालेको हो। गत वर्ष घरेलु मैदानमै भएको त्रिदेशीय प्रधानमन्त्री कपमा अन्तिम समय दीपक सिंह ठकुरीले गोल गर्दै भुटानसँग ऐतिहासिक हार बेहोर्नबाट जोगाए।

तर, ३९ वर्षे फुटबलको इतिहासमा बराबरीमा रोकिएको खराब इतिहास भने जोगाउन सकेनन्। तीन महिनाअघि सातदोबाटोस्थित एन्फा कम्प्लेम्समै भएको साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पनि भुटानले नेपाललाई बराबरीमा रोक्न सफल भयो।

अझ त्यसकै एक महिनापछि दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा त भुटानले पहिलोपल्ट नेपाली टोलीलाई गोलरहित बराबरीमै रोक्यो। उमेरसमूहमा पुरुषको टोली पाँच वर्षअघि हलचोकमै भएको साफमा भुटानले हराएको भए पनि महिला फुटबलमा भने त्यो निराशाजनक हार स्विकार्न परेको थिएन।

तर, तीन दिनअगाडि मात्रै यु–१६ टोलीमाथि ५–१ को फराकिलो जित निकालेर त्यो पनि भुटानले स्विकार्न बाध्य बनायो। यस्तो खराब नतिजा बारम्बार दोहोरिनुको पछाडि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानबाट गतिलो पाठ सिक्दै राष्ट्रिय टोलीको मेरूदण्ड मानिने उमेरसमूहको फुटबलमा प्रस्ट खाका कोर्न नसक्नु नै हो। एन्फाले पुरुष खेलाडीका लागि हेटौंडा (पहिला मकवानपुरको सिस्नेरी), धरान र बुटवलमा एकेडेमी सञ्चालन गरिरहेको छ। तर, त्यो एकेडेमी हात्तीको देखाउने दाँतझैं भइरहेको छ।

देखाउने दाँत छ, भित्री अवस्था कस्तो छ भन्ने कसैले देखेका छैनन्। ती एकेडेमीमा एन्फाले कति लगानी गरिरहेको छ, कसरी चलाइरहेको छ, को खेलाडी उत्पादन भए र ती खेलाडी कहाँ पुगे ? एन्फासँग कुनै जवाफ छैन। पुरुषतर्फ गत वर्षदेखि यु–१६ लिग र यो वर्षदेखि लामो समयको अन्तरपछि यु–१८ लिग गरिरहेको छ। तर, सन् २०२७ र २०३१ को महिला टोलीलाई विश्वकपसम्म पुर्‍याउने ‘ड्रिम प्रोजेक्ट’ कागजमा मात्र सीमित छ।  

तर, बलियो राष्ट्रिय टोली बनाउनका लागि जग हाल्न एन्फा नेतृत्वले महिला उमेरसमूहतर्फ कुनै योजना बनाउनै सकेको छैन। भुटानजस्तो राष्ट्रले मैत्रीपूर्ण फुटबल खेल्ने प्रस्ताव गरिदिए पनि १०/१२ दिनको तयारीमै टोली निर्माण गर्नुपर्ने तितो यथार्थ रहेको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ स्विकार्न हिचकिचाउँदैनन्।

यस्तो तयारीले एन्फाको विश्वकप खेल्ने लक्ष्य पूरा होला त? उनी गिज्याउँदै यसको जवाफ दिन्छन्,‘ पूरा हुँदैन। न लगानी छ, न एकेडेमी। त्यसैले यो कुरा त आकाशको फल आँखा तरी मर भनेझैं उखानमै सीमित हुन्छ!’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस