कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल
१५ असोज २०८१
•
२ मिनेट पाठ
कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल
हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली कर्णाली याक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।




सोमवार क्लबको स्वामित्व लिएको हिमालयन बिल्डर्सले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टोली का प्रशिक्षकसमेत रहेका मल्ललाई टिममा भित्र्याएको हो।

यसअघि नै हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मार्की खेलाडीमा सोमपाल कामी पाएको छ भने हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले १ करोड ११ लाखमा कर्णालीयाक्सको खरिद गरिसकेको छ।

डेढ दशक नेपाली क्रिकेट टिमको प्रतिनिधित्व गरेको ज्ञानेन्द्र मल्लले सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नेपालबाट ट्वान्टी २० अन्तर्राष्टियमा ४५ खेल खेल्दै ८ सय ८३ रन बनाएका थिए। उनले सन् २०१९ मा भुटानविरुद्ध शतक बनाएका थिए।\

कर्णालीका मालिक जनक दत्त खनालले पूर्व कप्तान मल्ललाई अनुबन्ध गरेसँगै टिममा नयाँ अध्याय सुरु भएको बताए। ‘नेपाली टिमको पूर्व कप्तानलाई टिममा भित्र्याउन पाउँदा सिंगो कर्णाली टिम खुसी छ,’ उनले भने, ‘मल्लको आगमनसँगै टिम नयाँ उचाइमा पुग्ने विश्वास लिएका छौं।’

प्रशिक्षक मल्लले कर्णाली टिमसँग आवद्ध हुँन पाउँदा उत्साहित भएको र आफ्नो अनुभव टिमसँग साट्न पाउनुलाई अवसरको रुपमा लिएको बताए। ‘एनपिएलमा कर्णाली याक्सबाट आफ्नो सहभागिता जनाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु। कर्णाली याक्सको योजनाले मलाई प्रभावित पार्यो। कर्णाली याक्सले मलाई टिम दिएर जुन विश्वास गरेको छ। आफ्नो अनुभव टिममा प्रयोग गर्नेछु।’

यस्तै, कार्यक्रममा क्लबको निर्देशकमा गृहेन्द्र घिमिरेलाई नियुक्त गरिएको छ। उनले नेपाली क्रिकेट र कर्णाली याक्सलाई नयाँ उचाइमा पुर्याउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने बताए।

कार्यक्रममा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, बिनिता कठायत, मनिष झा, सोभिता गौतम तथा क्यानका सचिव पारस खड्का लगायतको सहभागिता रहेको थियो।
अर्को समाचार
‘जितिसकेको’ खेल हार्‍यो कर्णाली याक्स !
०४ पौष २०८१
•
३ मिनेट पाठ
‘जितिसकेको’ खेल हार्‍यो कर्णाली याक्स !
क्रिकेटका पण्डितहरूमाझ ‘क्याच विन म्याच’ भन्ने उखान प्रचलित छ। क्याच समात्न नसके खेल हार्ने सम्भावना प्रबल हुन्छ ।




बिहीबार नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सले त्यही परिणति ब्यहोर्‍यो । लगभग आफ्नो पक्षमा आइसकेको खेल हारेर प्रतियोगिताबाट बाहिरिन कर्णालीका लागि एक साधारण ‘क्याच’ छाड्नु मुख्य कारण बन्यो । कर्णाली हार्दा जनकपुर बोल्ट्सले फाइनलको यात्रा सुनिश्चित गर्‍यो । 

उसो त कर्णालीको हारमा त्यो क्याचमात्रै कारण होइन । टस हारेर पहिले ब्याटिङको निम्ता पाएको कर्णालीले निर्धारित २० ओभरमा ११८ रनको निम्न स्कोरमा रोकिनु उसका लागि पहिलो झट्का थियो । 

ब्याटर ‘फ्लप’ हुँदा लगभग पहिलो इनिङमै गुमाएको खेलमा कर्णालीका बलरले भने सुरुदेखि नै ऊर्जा भरेर नै आशा जगाइदिए ।

जनकपुरको इनिङमा दोस्रो ओभरमा शुभ कंशाकार, तेस्रो ओभरमा आसिफ शेख, पाँचौँ ओभरमा लहिरु मिलान्था, १० औँ ओभरमा आकाश त्रिपाठी, १२ औँ ओभरमा हर्ष ठाकरको विकेट लिएर कर्णाली लगभग खेलमा हाबी भएको थियो । 

यो अवस्थामा जनकपुर बोल्ट्स १२ ओभरमा ५ विकेट गुमाएर जम्मा ५८ रनको नाजुक स्थितिमा थियो । जनकपुरलाई खेल जित्न अझै ८ ओभरमा ६१ बल बनाउनु थियो । लगातार विकेट गइरहेका थिए, जम्मा पाँच विकेट मात्र बाँकी थिए ।  

कर्णालीका खेलाडी र समर्थकमा विजयी भाव छचल्किसकेको थियो ।

कर्णालीको त्यो यात्रामा एकाएक न्युजिल्यान्डका स्टार अलराउन्डर जिम्मी निसम खलल पुर्‍याउन थाले । निसमले एकपछि अर्को ठुला प्रहार गर्दै १७ बलमै आक्रामक ४५ रन जोडेर जनकपुरलाई खेलमा फर्काए । जसक्रममा उनले पाँच ठुला छक्का र दुई चौका प्रहार गरे । 

एकाएक खेलमा अर्को ट्विस्ट देखियो । स्पिनर विपिन शर्माको बलमा निसम ‘कट एन्ड बोल्ड’ भए । निसम आउट हुँदा जनकपुर हाबी थियो । १५.३ ओभरमा जनकपुरको ९४ रन थियो । हातमा चार विकेट बाँकी थिए । तर निसम आउट भएकै ओभरमा विपिनले मोहम्मद मोहसिनलाई पनि एलबिडब्लुको धरापमा पारे । 

एकै ओभरमा लगातार दुई विकेट लिएपछि फेरी एकाएक खेलमा कर्णालीमा हाबी भयो । 

त्यसपछि १७ औँ ओभरमा कर्णालीबाट सबैभन्दा ठुलो त्रुटि भयो । नन्दन यादवले फालेको १७ औँ ओभरको पहिलो बल मयन यादवले सामना गर्दै थिए । जसमा बलले मयनको ब्याटको एज लिएर सहज क्याचको अवसर हुँदै विकेट किपर चाडविक वाल्टनको हातसम्म पुग्यो । तर, ग्लब्ससँग छट्किएर अलग्गै गयो, क्याच छुट्यो । 

लगातार विकेटको सिलसिलामा आएको यही क्याच कर्णालीका लागि निकै महँगो भयो । 

त्यसपछि पनि सोही ओभरमा मयनको ब्याटबाट ‘फाइन लेग’तर्फ उठेको सम्भावित क्याच त्यहाँ फिल्डिङ गरिरहेका फिल्डर भेउ नै पाएनन् । उल्टो ‘मिस फिल्ड’ हुँदा दुई रन गुम्यो ।

खेलको १९ औँ ओभरमा पुग्दा जनकपुरले ८ विकेट गुमाइसकेको थियो । जित्न १४ रन चाहिन्थ्यो । त्यहाँ कर्णालीका कप्तान सोमपाल कामीको कमजोर कप्तानी देखियो । 

१९ औँ ओभरमा अनुभवी बलरबाट बलिङ गराउनुपर्थ्यो । उनी आफै जान पनि सक्थे । उनी आफैले ‘डेथ’ ओभरमा फाल्न एक ओभर बाँकी राखेका थिए । सम्भवतः अन्तिम ओभरका लागि बाँकी राखे । 

१९ औँ ओभर नन्दन यादवलाई थमाए । जुन निर्णय निकै महँगो साबित भयो । नन्दनले एकै ओभरमा पूरै १४ रन खर्च गरिदिए । त्यसमा केही ‘मिस फिल्ड’ पनि देखियो । 

‘हाई भोल्टेज’ खेलमा १९ औँ ओभर अनुभवी बलर वा सोमपाल आफैले गरेको भए केही बल ‘डट’ हुँदा वा विकेट नै गुम्दा जनकपुर दबाबमा आउन सक्थ्यो । जसले अन्तिम ओभरमा कर्णाली जित निकाल्न सक्थ्यो । 

तर, न्यून स्कोर बचाउन सुरुमा बलरले गरेको उत्कृष्ट प्रदर्शन अन्तिमसम्ममा जोगाउन नसक्दा कर्णालीले हारेर प्रतियोगिताबाट बाहिरिएको छ । सम्भवतः कर्णालीले यो हार लामो समयसम्म चुभिरहने छ ।   
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस