अमेरिकामा सर्वाधिक पुरस्कार राशिका नेपाली फुटबल र भलिबल खेल हुने
२९ साउन २०८१
•
३ मिनेट पाठ
अमेरिकामा सर्वाधिक पुरस्कार राशिका नेपाली फुटबल र भलिबल खेल हुने
अमेरिकास्थित नेपाली मूलका सबै नेपालीहरुका लागि सर्वाधिक पुरस्कार राशीका फुटबल र भलिबल खेलहरु आयोजनाको घोषणा गरिएको छ। पुरुष फुटबल युथतर्फ विजेताले १५ हजार अमेरिकी डलर, रनिंग गोल्ड कप (१० तोला सुनको) र उपविजेताले १० हजार अमेरिकी डलरले पुरस्कृत गर्ने गरी खेल आयोजना हुन लागेको हो।




इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले हरेक बर्ष नेपाली मूलका उत्तर अमेरिका (क्यानडा र अमेरिका) मा बसोवास गर्ने युवायुवती एवं खेलप्रेमीहरुका लागि आयोजना गर्ने गरेको इन्ट्रा कप फुटबल (सकर) तथा भलिबल प्रतियोगिता यसपटक अगष्टको अन्तिम सातादेखि सेप्टेम्बरको दोस्रो सप्ताह अन्त्यसम्म अमेरिकाका दुई राज्यहरुमा हुने भएका हुन्। नेपालीहरुका लागि खेल महोत्सव नै हुने यी दुई खेलको घोषणा गर्दै फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले यी प्रतियोगितामा भाग लिनका लागि खेलाडी र खेल समूह नेपाली मूलको एवं नेपाली भाषी समुदायको हुनै पर्ने अनिवार्य व्यवस्था गरिएको बताए। यसमा अमेरिका र क्यानडा निवासी नेपालीभाषी खेलाडीहरु समावेश हुनेछन्।

अमेरिकी समयअनुसार, साउन २९ गते सोमबार कोलम्बसमा आयोजित एक पत्रकार सम्मेलनमा इन्ट्र कप फुटबल प्रतियोगिता सन् २०२४ को अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा र इन्ट्र कप भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा गर्ने जानकारी दिइयो। दुबै खेलहरुमा पुरुष र महिलातर्फका छुट्टाछुट्टै प्रतिष्पर्धा हुने छ।

पुरुष फुटबल युथतर्फ विजेताले १५ हजार अमेरिकी डलर, रनिंग गोल्ड कप (१० तोला सुनको) र उपविजेताले १० हजार अमेरिकी डलरले पुरस्कृत गरिने जानकारी दिंदै अध्यक्ष अधिकारीले मातृ-पितृभूमिभन्दा टाढा रहे पनि आफ्नो समुदायका बीच आपसी सद्भाव अभिबृद्धि गर्ने, नेपाली जातिका युवाहरुमा खेलको भावना विकास गर्ने, आपसमा स्वच्छ प्रतिष्पर्धाका माध्यमबाट उत्कृष्टता हासिल गर्ने, सामाजिक अनुशासन एवं खेल अनुशासनको माध्यमबाट आपसी भाइचाराको विकास गरी समुन्नत एवं स्वस्थ नेपाली समुदायको निमार्ण गर्ने तथा भावी पुस्तालाई समेत खेलका माध्यमबाट समुदायको सेवामा अभिप्रेरित गर्ने अभिप्रायले यी खेलहरु आयोजना गरिएको बताए।

फाउण्डेसनका अनुसार, पुरुष फुटबल (सकर) सिनियर युथतर्फ (३० बर्षदेखि माथि)- विजेताले १० हजार अमेरिकी डलर, रनिंग गोल्ड कप र उपविजेताले ६ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । त्यसैगरी पुरुष फुटबल(सकर) भेट्रान्सतर्फ (४० बर्षदेखि माथि) विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ६ हजार अमेरिकी डलर प्राप्त गर्ने छन्। महिलातर्फ विजेताले ८ हजार अमेरिकी डलर, रनिंग गोल्ड कप र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। यी तीनवटै क्याटगोरीका प्रतियोगिताका बिजेताले १० तोला सुनसहितको रनिंग गोल्ड कप पनि जित्नेछन्।

रनिंग गोल्ड कपको पूर्ण स्वामित्वका लागि तीनपटक लगातार खेल जित्नुपर्ने छ। फाउण्डेशनको सहकार्यमा पीस जोन क्लबले १६ बर्षमुनिका किशोर किशोरी खेलाडीको लागि पनि फुटबल आयोजना पनि सोही स्थान र मितिमा हुने भएको छ। कार्यक्रममा बोल्दै नेपालका बरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले नेपाली गीत संगीत र खेलकुदका माध्यमबाट नेपाली जातिलाई जोड्ने फाउण्डेसनको प्रयासको प्रसंसा गरे । फाउण्डेसनका सचिव गोपाल धितालले खेल आयोजना गर्नुको उदेश्य बताएका थिए भने प्रबक्ता केशव आचार्यले पत्रकार तथा खेलाडीहरुलाई स्वागत गरेका थिए।

समाजमा स्वच्छ प्रतिष्पर्धाको भावना विकास भए जीवनका हरेक मोडहरुमा आत्मविश्वासका साथ अगाडि बढ्न सक्ने क्षमतावान व्यक्तित्व निर्माण गर्न सकिने विश्वासका साथ यी प्रतिष्पर्धात्मक खेलहरु आयोजना गरिएको फाउण्डेसनले जनाएको छ।

फुटबल खेलहरु अमेरिकाको ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्पेक्समा अगष्ट ३० तारिकदेखि हुने छन्। यो खेलको समापन सेप्टेम्बर २ तारिक सोही स्थानमा हुने छ।

भलिबलतर्फको पुरुष तथा महिलातर्फका दुबै खेल पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गस्थित स्पोकी नूक स्पोर्ट्स कम्पेक्समा सेप्टेम्बर १३ देखि १५ तारिकसम्म हुने छ। फाउण्डेसनका अनुसार, भलिबलका पुरुष विजेता टिमले १२ हजार अमेरिकी डलर र उपविजेताले ८ हजार डलर एवं महिलातर्फ विजेता टिमले ८ हजार र उपविजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्। फाउण्डेसनले विगत ४ बर्षदेखि यी खेलहरु हरेक बर्ष गर्दै आएको छ।
अर्को समाचार
सभापति कप फुटबल आजदेखि
१० माघ २०८१
•
१ मिनेट पाठ
सभापति कप फुटबल आजदेखि
सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ। नेपाली कांग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो।




प्रतियोगितामा सहभागी आठमध्ये ६ टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्। खेलअघि पत्रकार सम्मेलनमा उनीहरूले सो दाबेदारी प्रस्तुत गरेका हुन्। आज उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्दै छन्।

संकटाका टिम अफिसियल राजुमान तुलाधारले युवा खेलाडीसहित टोलीले राम्रो तयारी गरेको र टिम च्याम्पियन हुने लक्ष्य रहेको बताए। चर्च ब्वाइजका टिम अफिसियल लबिस राईले यस सिजन चर्च ब्वाइजले मोफसलमा राम्रो गरिरहेको उल्लेख गर्दै टिम राम्रो नै  रहेको बताए।

मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले करिब एक महिनादेखि मोफसलका प्रतियोगिताहरू खेलिरहेको उल्लेख गर्दै सभापति कप जित्ने लक्ष्यसहित उत्रने बताए।

एनआरटीका अफिसियल सुरेन्द्रकुमार श्रेष्ठले पनि तयारी राम्रो भइरहेकाले उपाधि जित्ने बताए। आयोजक टोलीका रूपमा बागमती क्लबले खेल्दै छ। प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस