पेरिस ओलम्पिक २०२४ मा नेपालबाट सहभागिता जनाएका सातमध्ये ६ खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिसकेका छन् ।
तर, एक खेलाडीको प्रतिस्पर्धा भने बाँकी छ । ती हुन् एथलेटिक्सकी सन्तोषी श्रेष्ठ । दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा नेपाललाई एथलेटिक्सतर्फ स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन् । घरेलु भूमिमा सम्पन्न १३औं सागमा उनले १० हजार मिटर दौड ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दै नेपाललाई स्वर्ण दिलाएकी थिइन् । गत १९औं एसियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन् ।
३० वर्षीय सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेको थियो । यो पहिलो ओलम्पिक भएको कारण आफू उत्साहित रहेको उनले बताइन् । तर, ओलम्पिक भिलेज पहिलोपल्ट देखेको कारण आफू थोरै नर्भस रहेको पनि उनले सुनाइन् । ‘बाल्यकालदेखि नै यो स्थानमा पुग्ने सपना थियो । तर, म केही नर्भस भए पनि मेरो सपनाको सुरुआत गर्दै छु । त्यसैले उत्साहित पनि छु,’उनले भनिन् ।
आफ्नो लक्ष्य राष्ट्रिय कीर्तिमान तोड्ने र समय सुधार गर्नु रहेको उनले बताइन् । बङ्गलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन् । निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेन्डमा पार गरेकी थिइन् । यो नै उनले दौडिएको पहिलो र एक मात्रै म्याराथन हो । त्यस क्रममा उनले नेपालकै पुष्पा भण्डारीको नाममा रहेको दुई घण्टा ४८ मिनेट २ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन् ।
उनै सन्तोषीले आइतबार पेरिस ओलम्पिकमा नेपालको अन्तिम चुनौतीका रूपमा प्रतिस्पर्धा गदैछिन् । यसअघि सुटिङकी सुस्मिता नेपाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले चुनौती प्रस्तुत गरेका थिए । यद्यपि, यी ६ खेलाडीको प्रदर्शन सुखद बन्न सकेन ।
करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन्। उनी पेरिस ओलम्पिकमा ९२ धाविकामध्ये ७९औं भएकी हुन्, जहाँ ११ धाविकाले म्याराथन नै पूरा गर्न सकेनन्।
म्याराथन पूरा गरेपछि पत्रकारसँगको कुराकानीमा सन्तोषीले पेरिस ओलम्पिकमा रुट केही कठिन रहेकाले सोचेअनुरूप प्रदर्शन गर्न कठिन भएको बताएकी छन्। ‘नेपालबाट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएर आएको थिएँ।
यहाँ आएपछि रुट कठिन भएको जानकारी पाएँ। मेरो म्यानेजमेन्ट टिमले रुट चुनौतीपूर्ण रहेको र बिनाघडी म्याराथन पूरा गर्ने तरिकाले दौडन सुझाव दिनुभयो,’ उनले भनिन्। आफ्नो करियरकै चुनौतीपूर्ण कोर्सका रूपमा उनले यो म्याराथनलाई लिइन्।
त्यसैले १५ किलोमिटरसम्म समय सुधार गर्न भन्दा पनि दूरी पार गर्ने तवरबाट दौडिएको उनको भनाइ छ। ‘सुरुको १५ किलोमिटर आफ्नै लयमा खेलें । त्यसपछि मात्र समयमा ध्यान दिएर दौडिएको हुँ,’ उनले भनेकी छन्।
यो म्याराथनमा नेदरल्यान्डकी सिफन हसनले स्वर्ण जितिन्। उनले दुई घण्टा २२ मिनेट ५५ सेकेन्डका साथ ओलम्पिक रेकर्ड राखिन्। इथोपियाकी टिगस्ट एसिफाले रजत र हेलेन ओबिरीले कांस्य पदक जिते। एसिफाले दुई घण्टा २२ मिनेट ५८ सेकेन्ड समय लगाइन्। हेलेनले भने दुई घण्टा २३ मिनेट १० सेकेन्डमा पार गरिन्। सन्तोषीले दुई घण्टा ५५ मिनेट ६ सेकेन्ड समय लगाइन्।
सन्तोषीपछि दौड पूरा गर्नेमा भुटानकी किन्जाङ ल्हामु रहिन्। किन्जाङलाई दौड पूरा गर्न तीन घण्टा ५२ मिनेट ५९ सेकेन्ड समय लाग्यो। म्याराथन पेरिसको होटल डे भिलेबाट सुरु भएर विभिन्न भागको परिक्रमा गरी पेरिसकै इन्भेलिडेमा आएर टुंगिएको थियो।
सन्तोषीले दौड पूरा गर्न लाग्दा सिफान आफ्नो राष्ट्रिय झन्डासहित समर्थकसँग खुसी साट्दै थिइन्। म्याराथन पूरा गरेपछि सन्तोषीले स्वर्ण विजेता सिफानलाई अंकमाल गर्दै बधाई पनि दिइन्। ओलम्पिकको महिला म्याराथनमा नेपालले २८ वर्षपछि प्रतिस्पर्धा गरेको हो र सन्तोषी चौथो महिला नेपाली खेलाडी हुन्।
पछिल्लोपटक विमला रानामगरले सन् १९९६ को एटलान्टा ओलम्पिकको महिला म्याराथनमा भाग लिएकी थिइन्। त्यसअघि सन् १९८८ को सिओल ओलम्पिकमा दुई धाविका राजकुमारी पाण्डे र मेनुका राउतले नेपालको प्रतिनिधित्व गरेका थिए। यस पेरिस ओलम्पिकमा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गरे। ती कुनै पनि खेलाडीको प्रदर्शन सुखद रहन सकेन। अधिकांश खेलाडीको चुनौती प्रारम्भिक चरणमा नै सीमित हुँदा प्रदर्शन पनि राम्रो बन्न सकेन। सन्तोषीको चुनौती नै पेरिस ओलम्पिकमा नेपालको अन्तिम प्रतिस्पर्धा हो।
यसअघि सुटिङकी सुस्मिता नेपाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले चुनौती प्रस्तुत गरेका थिए। सन्तोषीको करियरको यो दोस्रो अन्तर्राष्ट्रिय म्याराथन हो।
बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन्। निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेन्डमा पार गरेकी थिइन्। यो नै उनले दौडिएको पहिलो र एक मात्रै म्याराथन हो । त्यो समय उनले पेरिसमा सुधार गर्न सकिनन्। गत १९औं एसियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन्।
सन्तोषीको मुख्य प्रतिस्पर्धा १० हजार मिटर दौड हो । यसै विधामा उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक पनि जितेकी छन्। नेपाललाई एथलेटिक्सतर्फ सागमा स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन्।
३० वर्षीया सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्। नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेको थियो।
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि पहिलोपटक सहभागिता जनाउन थालेको थियो। हालसम्म नेपालका लागि ओलम्पिक यात्रा सहभागितामा मात्रै सीमित भएको छ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...