श्रीलङ्कालाई सेमिफाइनलमा हराउँदै भारत नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भारतले श्रीलङ्कामाथि सोझो सेटमा जित निकालेको हो । भारतले पहिलो दुई सेट २५-१५ र २५-१६ ले सहजै आफ्नो बनायो।तेस्रो सेटमा श्रीलङ्काले चुनौती दिँदै १२-९ ले अग्रता बनाएको थियो । तर, अग्रता जोगाउन नसक्दा श्रीलङ्का २५-२३ ले गुमाउन पुग्यो ।
अब श्रीलङ्काले तेस्रो स्थानका लागि बुधवार खेल्नेछ । आजै दोस्रो सेमिफाइनलमा नेपालले इरानविरूद्व साँझ ५ः१५ बजे खेल्दैछ । लिगमा भने नेपाल इरानसँग ३-२ ले पराजित भएको थियो । सेमिफाइलमा नेपालले इरानसँग हारको बदला लिने लक्ष्य लिएको छ। पराजित हुने टोली तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । फाइनल पनि बुधवार नै हुनेछ।
नेपालले फाइनलमा भारतसंग हार बेहोर्दै घरेलु मैदानमा सम्पन्न काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने अवसर गुमाएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल भारतसंग ३-२ को सेटमा पराजित भएको हो । यससंगै नेपालले सन् २०१९ मा घरेलु मैदानमा नै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदको फाइनलमा बेहोरेको हारको बदला लिने अवसर पनि गुमायो । नेपाल भारतसंग २५-२३, १४-२५, २५-२२, २१-२५ र १५-५ ले पराजित भएको हो । दुई पटक सेटको अग्रता जोगाउन नसक्दा दबाबमा परेको नेपालले खेल नै गुमायो।
यद्यपि, पहिलो सेट नेपालले नाटकीय ढंगले आफ्नो पारेको हो । यो सेटमा २३-२० ले पछि परेको थियो । तर, लगातार अंक बटुल्दै नेपालले यो सेट आफ्नो बनाउन सफल भयो । दोस्रो सेटमा नेपालले बिर्सन लायक प्रदर्शन गर्यो । खराब रिसिभ, डिफेन्स र असफल स्पाइकसंगै यो सेटमा भारत एकपक्षीय रूपमा हाबी भयो । यो सेट भारतले सहजै फराकिलो अन्तरले आफ्नो पक्षमा पार्दै १-१ को बराबरीमा ल्यायो । तेस्रो सेटमा नेपालले दबदबा बनाइरहेको थियो ।
नेपालको १८-१४ को अग्रता लिँदै दबाब बनायो । सेटमा पछि परेपछि भारतले चुनौती लियो । बिरामी रहेकी नियमित कप्तान तथा सेटर जिनी केएसलाई फर्कायो । तर, उनले स्पाइकरलाई राम्रो बल सेट गरेपछि नेपाल दबाबमा पर्यो । निकै प्रतिस्पर्धा बाबजुद नेपालले यो सेट २५-२२ ले जित्यो ।
चौथो सेटमा भने सुरुदेखि नै भारतले आफ्नो दबदबा बनायो । नेपालले पटक पटक सेटमा फर्कन सङ्घर्ष गर्यो । घरेलु टोली लगातार ३/४ अङ्कले पछि पर्यो । तर, भारत अन्ततः २५-२१ ले यो सेट आफ्नो बनाउँदै खेलमा फर्कन सफल भयो । खेल पाँचौँ तथा निर्णायक सेटतर्फ धकेलियो । तर, निर्णायक सेटमा नेपालले खराब प्रदर्शन गर्यो र भारतले १५-५ ले सहजै आफ्नो बनायो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...