उसुमा नेपाललाई १३ स्वर्ण र नौ रजत
१७ साउन २०८१
•
१ मिनेट पाठ
उसुमा नेपाललाई १३ स्वर्ण र नौ रजत
छैटौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिभल) मा १३ स्वर्ण र नौ रजत जित्दै नेपाल दोस्रो भएको छ। प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो। च्याम्पियनसिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरे।




विभिन्न विधामा खेलाडीहरू अलिस मारिकले तीन र हिमांशु खड्काले दुई स्वर्ण ल्याए। सफल पाठक, भावेश खड्का, समीर बस्नेत, रिदम गोलेले एक/एक स्वर्ण प्राप्त गरे। यस्तै, बबिता थापामगरले दुई, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक/एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक थापाले जानकारी दिए।

यस्तै सफल पाठक, समीर बस्नेत, रिदम गोलेले एक/एक रजत पनि प्राप्त गर्न सफल भए। महिलातर्फ सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले दुई÷दुई तथा यान्चेन्ला इलावा र गु्रप इभेन्टमा एक/एक रजत प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढुंगानाले जनाकारी दिए।

टोली स्वदेश फिर्ता भइसकेको छ। बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्यसचिव अञ्जन धमलाले खेलाडीहरूलाई बधाई दिँदै सम्मान गरे। उनले खेलाडीहरूको उच्च प्रदर्शनले नेपालीको सान बढेको बताए।
अर्को समाचार
चर्च ब्वाइजका लागि भुटानको पारो चुनौती
२८ साउन २०८१
•
५ मिनेट पाठ
चर्च ब्वाइजका लागि भुटानको पारो चुनौती
नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले मंगलवार एएफसी च्यालेन्ज लिग प्लेअफमा भुटानको पारो एफसीको चुनौती सामना गर्दैछ ।




यी दुईबिच मंगलवार साँझ ६ बजे दशरथ रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ। तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होण्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ। 

नेपाली घरेलु लिगमा नै सफल विलियम ओपोकीलगायत चर्चित खेलाडी पारोले यही प्रतियोगिताका लागि भित्राएको छ । यद्यपि, चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य छन् । त्यसैले मंगलवार चर्च ब्वाइजले भुटानी प्रतिद्वन्द्वी खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ ।  

करिब एक महिनादेखि चर्च ब्वाइजले यो प्रतियोगिताको तयारी गरेको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबिच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने विश्वास चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनलाई छ । तीन हप्ताभन्दा बढी समय भएकाले टिमको सन्तुलन मिलेको उनी बताउँछन् । खेलाडीले आफ्नो क्षमता र रणनीति अनुरूप खेल्न सके घरेलु समर्थकलाई सुखद नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

पारोले अहिले भुटानमा लिग खेलिरहेको छ । लिगमा पारो शीर्ष स्थानमा छ । उनीहरूबिच राम्रो तालमेल पनि मिलेको छ । साथै चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्राउँदै थप बलियो बनाएको छ । एएफसीले विदेशी खेलाडी अनुबन्धनमा सहज बनाएपछि पारोमा ११ विदेशी खेलाडी छन् । 

यसले लगानी धेरै गर्न नसक्ने क्लबका लागि केही गाह्रो हुने चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जन बताउँछन् । तथापि पारोमा विदेशी खेलाडीबिच त्यति राम्रो तालमेल मिल्न नसकेको उनको बुझाइ छ।

चर्च ब्वाइजले अफिसियल मैदानमा प्रशिक्षण गर्ने स्थान राम्रो पाउने सकेको छैन । पाहुना टोली पारोले प्रशिक्षण गर्दै आएको आर्मीको फुटबल मैदानमा खेल्न अयोग्य रहेको उल्लेख गरेपछि उसलाई दशरथ रङ्गशालामा प्रशिक्षण गर्ने अवसर दिइएको थियो । चर्च ब्वाइजले प्रशिक्षण गरिरहेको मैदान खेल्न योग्य नै नभएको प्रशिक्षक महर्जनको भनाइ छ । यद्यपि, मैदान अभाव हुँदा विकल्प नरहेको उल्लेख गरे । त्यसले गर्दा आफ्नो टोलीलाई पनि केही घाटा हुने उनको बुझाइ छ ।

यता, चर्च ब्वाइजका कप्तान अनन्त तामाङले आफूहरू दशरथ रङ्गशालामा लामो समयदेखि खेल्दै आएकाले त्यहाँ प्रशिक्षण गर्न नपाए पनि केही फरक नपर्ने उनको भनाइ छ । आफ्नो योजना र रणनीतिअनुरूप खेल्न सके जुनसुकै मैदानको तयारीले पनि नतिजामा कुनै असर नपर्नेले उनले बताए । साथै कप्तान अनन्तले विपक्षी टोलीमा जस्तोसुकै नाम भएको खेलाडी आए पनि आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको उल्लेख गरे । उनले आफ्नो टोलीमा रहेका खेलाडीमा पनि क्षमता रहेको बताएका छन् ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित आए पनि खराब मैदानका कारण चुनौती बन्न सक्ने बताए । उनले खराब मौसमका कारण प्रशिक्षण गर्ने मैदानको अवस्थामा नराम्रो रहेको उल्लेख गर्दै समयमा नै प्रशिक्षण गर्न नपाएको प्रति दुखेसो व्यक्त गरे । पछिल्लो सिजन मच्छिन्द्रसँग नतिजा सुखद नभए पनि यस पटक आफ्नो टोली बलियो रहेको र मंगलवार चर्च ब्वाइज विरुद्ध राम्रो चुनौती दिने उनको विश्वास छ।

उनले नेपाल भुटानको नजिककै छिमेकी रहेको र त्यसैले हरेक खेलाडीका बारे राम्रोसँग जानकार रहेको बताए । चर्च ब्वाइजको बारे पनि राम्रो जानकार रहेकाले खेल्न सहज हुने उनको विश्वास छ । नेपालमा पछिल्लो समय लिग हुन नसकेको र त्यसको फाइदा पारोले लिने पारोका प्रशिक्षक शर्मा बताउँछन् । चर्च ब्वाइजमा सबै राष्ट्रिय टोलीका खेलाडी रहेकाले टोली बलियो हुने र आफ्नो टोलीले कुनै गल्ती नगर्ने उल्लेख गरेका छन् । 

पारोको कप्तान किन्ले वाङचुकले पछिल्लो पटक नेपाल भ्रमण सुखद नरहे पनि यस पटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । त्यसका लागि आफ्नो टोलीले राम्रो तयारी पनि गरेको उल्लेख गरे । चर्च ब्वाइज बलियो रहेको र त्यहीअनुरूप उत्कृष्ट प्रदर्शन गर्ने कप्तान वाङचुकको विश्वास छ। 

पारो प्लेअफ खेल्न गत शनिवार नेपाल आइपुगेको हो । यसबिच पाहुना टोलीले नेपालको मौसम अनुरूप प्रशिक्षण गर्न पनि पाएको छ । पछिल्लो सिजनको तुलनामा यस पटक बलियो टोली रहेको पारो नेपालको नयाँ लिग च्याम्पियन चर्च ब्वाइजका लागि चुनौती बन्न सक्छ । अघिल्लो सिजन नेपालको क्लब मच्छिन्द्र क्लबले पारोलाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो । त्यो सफलता जारी राख्न चर्च ब्वाइजले बलियो टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।

च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दै छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजमा एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलान जस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडी खेल्दै छन् । त्यसैले पनि चर्च ब्वाइज नेपालको राष्ट्रिय टोली जस्तै रहेको पारोका प्रशिक्षक शर्माले पनि उल्लेख गरिसकेको छ । चर्च ब्वाइजमा तीन विदेशी ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया) र मोजेस ग्याबा त्वाम ९घाना० खेलाडी छन् ।

अन्य खेलाडीमा लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बोकुमार चौधरी, सञ्जीव विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की र विवेक पौडेल छन् । निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनीष कुमार जर्गा र आदित्य शाक्य छन् । पारोसँगको खेलका लागि जनरल पाराफिट तर्फ  दुई सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ टिकट मूल्य तय गरिएको छ । 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस