नेपालकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ को पहिलो चरणमा नै बलियो प्रतिद्वन्द्वी सर्बियाली खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छन्।
महिला ५७ केजीमुनि तौलसमूहमा मनिताले २४ वर्षीया मारिचा पेरिसिचसँग प्रतिस्पर्धा गर्ने भएकी हुन्। मनिताको खेल सोमबार च्याम्प डे मार्स एरिनामा हुनेछ। यो खेलको विजेताले अन्तिम १६ मा स्थान पक्का गर्नेछ। पराजित भएमा मनिताको ओलम्पिकको यात्रा सकिनेछ। पेरिसिचले अष्ट्रिया, क्रोएसिया र उब्जेकिस्तानमा भएको वल्र्ड टुर च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्। उनले युरोपियन च्याम्पियनसिपमा पनि यसै तौलसमूहमा रजक पदक जितेकी छन्। त्यसैले मनिताका लागि उनी कठिन प्रतिद्वन्द्वी बन्न सक्छिन्।
२४ वर्षीया मनिताले कन्टिनेन्टल कोटा (विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेका प्रदर्शनका आधारमा) मा पेरिस ओलम्पिकमा स्थान बनाएकी हुन्। सन् २००९ को जुलाईबाट जुडो खेल्न सुरु गरेकी मनिताले त्यसको दुई वर्षपछि नै (सन् २०११) त्रियोग स्कुलद्वारा आयोजित अन्तरस्कुल जुडो च्याम्पियनसिपमा स्वर्ण ल्याएकी थिइन्। त्यसयता नियमित राट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले सहभागिता जनाउँदै आएकी छन्।
सन् २०१२ मा बंगलादेशको ढाकामा आयोजित दोस्रो साउथ एसियन क्याडेट जुडो च्याम्पियनसिप, भारतको सिलोङमा सन् २०१६ मा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग), किर्गिस्तानमा भएको जुनियर एसियाली जुडो, थाइल्यान्डमा भएको विश्वविद्यालय जुडो, दक्षिण एसियाली जुडो च्याम्पियनसिप, एसियाली खेलकुदको १८ औं, १९ औं संस्करणलगायत प्रतियोगिता खेलेको अनुभव उनीसँग छ।
पेरिस ओलम्पिककै लागि मनिताले जापान, चाइनिज ताइपेई, हङकङ र किर्गिस्तानमा छनोट प्रतियोगिता खेलेकी थिइन्। तर, उनी सफल भएकी थिइनन्। २४ वर्षीया मारिचासँग विश्व तथा युरोपियनन च्याम्पियनसिप, ग्रान्ड स्लाम कजान तथा ताशकन्द, युरोपियन तथा विश्व क्याडेट, युरोपियन युथ ओलम्पिकलगायतका सिनियर जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ।