अमेरिकामा नेपाली म्यूजियम खोल्न दौडिएर फन्ड रेज
०२ असार २०८१
•
४ मिनेट पाठ
अमेरिकामा नेपाली म्यूजियम खोल्न दौडिएर फन्ड रेज
अमेरिकामा नेपाली संस्कृति जगेर्नाका लागि ‘नेपाल हेरिटेज म्युजियम’ स्थापना गर्ने हुटहुटी बोकेर हिँडेका नेपाली मूलका बाल जोशीले त्यसकै लागि स्रोत जुटाउन एभरेस्ट म्याराथन दौड पूरा गरेका छन्। संसारकै अग्लो स्थानमा आयोजना हुने र संसारकै जोखिमपूर्णमध्ये मानिने तेन्जिङ हिलारी एभरेस्ट म्याराथन पूरा गरेसँगै उनको आँट थप मजबुत बनेको छ।




गत जेठ १६ गते आयोजित ‘तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०२४’ उनले सफलतापूर्वक पूरा गरे । ८ घण्टा ५६ मिनेटमा संसारकै अग्लो स्थानमा हुने एभरेस्ट म्याराथन पूरा गरेपछि उनले सुनाए, ‘मैले यो दौड पूरा गरेँ, अब नेपाल हेरिटेज म्युजियम बनाउने खास दौड सुरु भएको छ।’

अमेरिकालाई अहिले पनि धेरैले सपनाको देश ठान्छन्। त्यहाँ पुगेर स्थायी आवासीय अनुमति पाएका नेपालीको संख्या अब हजार होइन, लाखमा पुगेको छ। जसरी अमेरिकामा नेपालीको बसोबास बढिरहेछ, अवसरको खोजीमा नेपाल छाडेर त्यहाँ ‘सेटल’ हुन पुगेकामा आफ्ना सन्तान नेपाल र नेपाली संस्कृतिबाट अपरिचित होलान् कि भन्ने चिन्ता पनि देखिँदै छ।

त्यही चिन्ताले जन्माएको हो, अमेरिकामा ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना। अनि त्यही योजनाबाट जन्मियो म्युजियमका लागि स्रोत जुटाउने हुटहुटी। त्यही हुटहुटी बोकेर डलास, टेक्ससका बाल जोशी संसारकै अग्लो स्थानमा आयोजना हुने र सबभन्दा जोखिमपूर्ण मानिने ‘तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०२४’ दौडिन आइपुगे।

सपनाले पछ्याएको दौड

अमेरिकामा ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना करिब दुई दशकअघि अमेरिका पुगेका बालकै परिकल्पनाले जन्मिएको हो। अहिले उनी त्यही परिकल्पनालाई आकार दिन दौडिरहेका छन्। परिणाम अब यो एउटा अभियान बनेको छ जसको अग्रभागमा उनै जोशी खटेका छन्।

‘आर्थिक सहयोग त अमेरिकामै रहेका धनाढ्यबाट पनि उठाउन सकिन्थ्यो होला । तर संसारभर छरिएका नेपाली समुदायको अपनत्व यसमा जोड्ने हाम्रो उद्देश्य हो,’ उनले भने।

यो परिकल्पना करिब तीन वर्षअघिको हो। जोशी जति बेला नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष थिए । खासमा त्यस बेला चेम्बरकै परिकल्पनाका रूपमा उनले नेपाल हेरिटेज म्युजियमलाई अघि बढाउने योजना अगाडि सारेका थिए। त्यसमा नेप्लिज अमेरिकन चेम्बरको भरथेग उनले पाएका छन्।

अबको आधा शताव्दीपछि अमेरिकामा रहेका नेपाली समुदायको तस्बिर कस्तो देखिएला? एक दिन यही प्रश्नले चिमोटेपछि जोशीले ५० वर्षपछिको अमेरिकी नेपाली समुदाय परिकल्पना गर्न थाले।

सम्भवतः नेपाली मूलको चौथो पुस्तासमेत स्थापित भइसकेको हुने त्यो बेला नेपालसँगको सम्पर्क, सम्बन्धलाई अहिलेबाटै जोड्ने प्रयास नहुने हो भने चटक्कै टुट्न पनि सक्ने अवस्था उनको आँखाअगाडि झलझली आयो।

अमेरिकामा अहिले थोरै संख्यामा मात्र नेपाली मूलका दोस्रो पुस्ता (नेपाली मूलका बाबुआमाबाट अमेरिकामा जन्मिएका) छन्, प्रायः पहिलो पुस्ता (नेपालमा जन्मिएर अमेरिका पुगेका) कै नेपालीको बाहुल्य छ।

त्यतिन्जेल यो पहिलो पुस्ताको के कुरा, लगभग दोस्रो पुस्ता नै सकिइसक्ने भएकाले अधिकांशको परिवार अमेरिकाको मिश्रित संस्कारमै घुलन भइसक्ने अवस्था उनले देखे।

‘नयाँ पिँढीलाई नेपाल र नेपाली संस्कृतिसँग जोडिराख्न, सम्पर्कको तार टुट्न नदिन केही त गर्नै पर्छ भन्ने लाग्यो । त्यही क्रममा नेपाल हेरिटेज म्युजियमको परिकल्पना गरिएको हो । यसको सार भनेकै अमेरिकामा नेपाल चिनाउने, नेपाल देखाउने र बुझाउने म्युजियम हो,’ उनले भने।

टेक्ससको युलेसमा जहाँ नेपाली मन्दिर बनेको छ, त्यसकै परिसरमा अलग्गै संरचनासहित नेपाल हेरिटेज म्युजियम बनाउने योजना छ। यसलाई मिनी–नेपाल अवधारणाका रूपमा अघि सार्न खोजिएको छ।

यो अवधारणाअन्तर्गत नेप्लिज अमेरिकन चेम्बरका तर्फबाट नेपालको पुरातत्व विभाग, पुरातत्त्वका क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थासँग विभिन्न चरणमा छलफल पनि गरिसकिएको छ।

यो आजको भोलि भइहाल्ने भन्दा पनि अमेरिकामा रहेका नेपाली मूलका सबैले गर्व गर्न सक्ने गरी पुर्खाको पहिचान र नेपाली संस्कृति जगेर्ना गर्ने अवधारणा हो,’ जोशी भन्छन्, ‘हामीले आउँदो पुस्तालाई नेपालबारे जानकारी दिन खोजेका हौँ, यसपमार्फत नाति पुस्तासम्म नेपालसँगको सम्बन्ध र सम्पर्क टुट्न नदिने प्रयत्न हो । सुखद कुरा, अब हाम्रो कुरा बुझेर धेरैले यसमा चासो दिन थाल्नुभएको छ। कसरी सहयोग गर्न सकिन्छ भनेर कुराकानी गर्न थाल्नुभएको छ।’

यही सपनाले डो¥याएपछि जोशी पछिल्ला तीन–चार वर्षदेखि म्याराथन र अल्ट्रा म्याराथन दौडिइरहेका छन्। २०२३ मा मात्र पाँचवटा म्याराथन र दुइटा अल्ट्रा म्याराथन दौडिएका उनले अबका दुई अढाई दशक नेपाल हेरिटेज म्युजियमका लागि दिने निधो गरेको सुनाए।

७० वर्षअघि अर्थात् सन् १९५४ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम पाइला राखेको दिनको सम्झनामा मनाइने ‘एभरेस्ट डे’ र त्यही अवसर पारेर विगत २० वर्षदेखि हुँदै आएको तेन्जिङ हिलारी एभरेस्ट म्याराथन (फुल म्याराथन) दौडिन आएका उनी दौडिएरै नेपाल हेरिटेज म्युजियमका लागि ‘फन्ड रेज’ मात्र गर्न चाहँदैनन्।

विदेशमा रहेका भावी पुस्तालाई एक म्युजियम चाहिन्छ भन्ने भावनाको विकास गर्नु आवश्यक रहेको सन्देश पनि दिन चाहन्छन्। त्यसका लागि उनी दौडिएरै ‘फन्ड रेज’ गरिरहेका छन्।
अर्को समाचार
ट्रम्पद्वारा गल्फ राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने तयारी
२२ वैशाख २०८२
•
१ मिनेट पाठ
ट्रम्पद्वारा गल्फ राष्ट्रका नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने तयारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस महिनाको अन्त्यतिर साउदी अरबको रियादमा गल्फ सहयोग परिषद् (जीसीसी) का सदस्य राष्ट्रका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको साउदी सरकारसँग निकट स्रोतले जानकारी दिएको छ।




मे १३ देखि १६ सम्म हुने यो भ्रमणमा राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्ने छन्। यो उनको दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण हुने छ।

'राष्ट्रपति ट्रम्पले रियादमा जीसीसीका नेताहरूलाई भेट्नुहुनेछ,' स्रोतले बताए। जीसीसीमा साउदी अरब, युएई, बहराइन, कतार, कुवेत र ओमान समावेश छन्। बैठकको उद्देश्य राजनीतिक तथा आर्थिक सहकार्यलाई सुदृढ बनाउनु रहेको जनाइएको छ।

यात्राको पूर्वसन्ध्यामा, अमेरिकी सरकारले साउदी अरबसँग ३.५ अर्ब अमेरिकी डलर बराबरको मिसाइल बिक्री सम्झौता स्वीकृत गरेको छ।

राष्ट्रपति ट्रम्पले साउदी अरबसँग भएका ठूला व्यापारिक सम्झौताहरूको चर्चा गर्दै आएका छन्। साउदी अरबले हालैका वर्षहरूमा रसिया–युक्रेन विषयमा अमेरिकी कूटनीतिमा सकारात्मक भूमिका खेलेको छ।

यो भ्रमणको समय अमेरिकाले इरानसँग वार्ता सुरु गरेको समयमा परेको छ, जसको केन्द्रबिन्दु तेहरानको आणविक कार्यक्रम हो।

राष्ट्रपति ट्रम्पले इरानमाथि प्रतिबन्ध कडाइका साथ कार्यान्वयन गर्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय समुदायलाई इरानी तेल बहिष्कार गर्न आग्रह गरे।

सन् २०१८ मा पहिलाको आणविक सम्झौता तोडेका ट्रम्पले अब नयाँ सहमति कायम गर्ने आशा व्यक्त गरे, जसले क्षेत्रीय तनाव घटाउने र सम्भावित सैन्य कारबाही रोक्ने अपेक्षा गरिएको छ।

यसबाहेक, साउदी अरब र इजरायलबीच सम्भावित सम्बन्ध सुधारसम्बन्धी पहल पनि यो भ्रमणमा समावेश हुन सक्ने अनुमान गरिएको छ। यद्यपि साउदी अधिकारीहरूले गाजाको द्वन्द्व अन्त्य नभएसम्म कुनै औपचारिक सहमति सम्भव नहुने स्पष्ट पारेका छन्। एजेन्सी
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस