युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आज कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भैरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन।
उद्घाटन र समापन हुने प्रमुख रङ्गशाला, पौडी पोखरी, नव निर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै प्रगति विवरणको बारेमा जानकारी लिए।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सञ्जायलले पुर्वाधारको अवस्थाको बारेमा विस्तृत रूपमा जानकारी गराए। रङ्गशालाको ८० प्रतिशत काम सम्पन्न भैसकेको र असारभित्र सेन्थेटिक ट्रयाक बाहेक सबै काम सम्पन्न हुने जानकारी गराए।
बनिरहेका अन्य संरचनाहरू पनि समयमा नै बनिसक्ने सञ्जालले बताए। रङ्गशाला लगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल कोर्ट, रग्बी मैदान, फुटबल मैदान, ह्यान्डबल, स्कावास कोर्ट, पौडी पोखरी जस्ता करिब एक दर्जन नयँ खेलकुद संरचना अहिले निर्माण भैरहेको छ।
निरीक्षण पश्चात युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले तोकिएकै समयमा दशौं आयोजना हुने बताए। यसको लागि सबैलाई जुटेर यो अवसरलाई पर्वको रूपमा मनाउन सबैलाई आग्रह गरे। विशेषगरी आवास नै प्रमुख चुनौती हुन सक्ने भन्दै यसमा योजना बनाएर नै काम गर्नुपर्नेमा जोड दिए।
भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियता प्रति धन्यवाद दिदै मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि बढाइसकेको पनि जिकिर गरे।
सोही अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषदले संभावित खेल हुने स्थानको बारेमा पनी जानकारी गराएको छ। विभिन्न नौ जिल्लामा ३० खेल खेलाउन तयार रहेको र ६ खेल खेलाउन नसक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषदले जानकारी गराएको छ।
नवौंमा समावेश ३६ खेल मध्ये लन टेनिस, सुटिङ, जिम्नास्टीक, सफ्ट टेनिस, ट्रायथलन र गल्फको कुनै पनि पुर्वाधारबकर्णालीमा नभएकोले यी खेल कर्णालीमा हुन नसक्ने परिषदले जानकारी गराएको छ।
निरीक्षण पश्चात मन्त्री श्रेष्ठले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल, सामाजिक विकास मन्त्री वीर बहादुर शाही, नगर प्रमुख मोहन माया ढकालसँग छलछलफल गरेका छन। यसैगरी आजै सुर्खेत उद्योग वाणिज्य संघसँग पनि छलफल गरिएको छ।
नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२ गते बस्दैछ ।
समूहका संयोजक प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले उक्त बैठक सिंहदरबारस्थित अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको हलमा बस्न लागेको जानकारी दिए ।
नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबीच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको उनले बताए ।
यस समूहमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्बाङ, माधव सापकोटा, पशुपतिशमशेर जबरा र डा.चन्द्रकान्त राउत सदस्य छन् ।
नेपालको संसद्ले विभिन्न देशका संसदसँग सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...