अन्तर्राष्ट्रिय यु- १९ भलिबल प्रतियोगिता : नेपाल र बङ्गलादेश फाइनल भिड्दै आज
१७ वैशाख २०८१
•
१ मिनेट पाठ
अन्तर्राष्ट्रिय यु- १९ भलिबल प्रतियोगिता : नेपाल र बङ्गलादेश फाइनल भिड्दै आज
नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु- १९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ। नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ। आयोजक बङ्गलादेश निलोलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो। 




ढाकामा नपाली भलिबल टोलीका साथमा रहेका भक्तपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं टोली व्यवस्थापक दीपक थापाका अनुसार आइतबार भएको सेमिफाइनलमा नेपाली टोलीले बङ्गलादेश निलोलाई २५-१६, २५-२१ र २५-२१ अङ्कले पराजित गरेको हो।

यसअघि नेपालले शनिबार भएको खेलमा माल्दिभ्सलाई २३-२५, २५-१९, २५-१३ र २५-२१ अङ्कले हराउँदै सेमफाइनल प्रवेश गरेको हो।

भलिबल प्रतियोगितामा भाग लिन भक्तपुरको टोली बङ्गलादेश गएको हो। टोलीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशी पुलामी मगर र भुवन तामाङ रहेका छन्।

टोलीको प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहेका छन्। टोली पठाउन ‘सहायता फाउन्डेसन’का अध्यक्ष राजु ढुङ्गेल, विकास बस्नेत, व्यवसायी लक्ष्मण अवाल र व्यवस्थापक थापाले रकम जुटाएका थिए।-रासस
अर्को समाचार
श्रीनिवास फिल्डिङ प्रशिक्षक
१८ माघ २०७८
•
२ मिनेट पाठ
श्रीनिवास फिल्डिङ प्रशिक्षक
क्याप्शन
ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोटमा नेपाली टोलीको प्रदर्शन सुधार गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान) ले फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ।




क्यानले भारतीय प्रशिक्षक रघुराम श्रीनिवासलाई नेपालको फिल्डिङ कन्सल्टेन्टको रूपमा जिम्मेवारी दिएको आइतबार जनाएको हो। क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स तेस्रो लेभल कोर्स पूरा गरेका श्रीनिवास आइतबार नै नेपाल आइपुगेका छन्।

नेपाली टोलीका वर्तमान प्रशिक्षक पुबुदु दासानायकेले अमेरिका क्रिकेटको प्रशिक्षण समाल्दा श्रीनिवास पनि फिल्डिङ प्रशिक्षक थिए। उनीसँग पुनः काम गर्न पाउँदा दासानायकेले खुसी व्यक्त गरेका छन्। ‘प्रशिक्षक रघुसँग अमेरिकामा सँगै काम गरेको थिएँ।

उनी निकै ऊर्जावान् फिल्डिङ प्रशिक्षक हुन्,’ दासानायकेले भने, ‘नेपालको केही कमजोर पक्षमा उनले काम गर्नेछन्। छोटो निम्तोमा पनि आफ्नो महत्वपूर्ण समय दिन नेपाल आइपुगेकोमा उनीप्रति आभारी छु।’

ट्वान्टी–२० विश्वकप छनोटको तयारी गरिरहेको नेपाली टोलीको प्रशिक्षणमा हाल जगत टमाटाले पनि सघाइरहेका छन्। अब श्रीनिवास पनि विश्वकप छनोटसम्म नेपाली टिमसँगै रहनेछन्। नेपालले फेब्रुअरी १७ तारिखदेखि ओमानमा ट्वान्टी–२० विश्वकप छनोट खेल्दै छ।

त्यसअघि नेपालले चार देश सम्मेलित ट्वान्टी–२० क्रिकेट शृंखला खेल्नेछ। जसमा नेपालसहित आयरल्यान्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन्। नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ११ तारिखमा आयोजक ओमानसँग खेल्नेछ।

दोस्रो खेल फेब्रुअरी १२ मा युएईसँग तथा तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ। त्यसपछि नेपालले फेब्रुअरी १७ देखि २४ मा ग्लोबल क्वालिफायर खेल्नेछ। समूह ‘ए’ नेपालसहित आयोजक ओमान, आयरल्यान्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराइन र क्यानडाले प्रतिस्पर्धा गर्दै छन्।

नेपालले ओमानसँग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्दै छनोटको यात्रा थाल्नेछ। दोस्रो खेल फेब्रुअरी १९ मा फिलिपिन्ससँग र तेस्रो खेल क्यानडासँग फेब्रुअरी २१ तारिखमा खेल्नेछन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस