आईपीएल २०२४ः राजस्थान र गुजरातको सुखद सुरुआत
१२ चैत्र २०८०
•
२ मिनेट पाठ
आईपीएल २०२४ः राजस्थान र गुजरातको सुखद सुरुआत
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा राजस्थान रोयल्स र गुजरात टाइटन्सले सुखद सुरुआत गरेको छ।




आइतवार भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई २० रनले हराउँदै राजस्थान रोयल्सले जारी लिगमा विजयी सुरुआत गरेको हो।

सन्जु सैमसनको कप्तानीमा रहेको राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९३ रन बनायो। १९४ रनको जबाफी लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो।

राजस्थानका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले छिट्टै दुई विकेट लिँदै चुनौती दिए। यद्यपि, पछिल्ला दुई संस्करणमा प्लेअफ यात्रा तय गरेको लखनउले समालिएर ब्याटिङ गर्दै चुनौती दियो। कप्तान केएल राहुल र निकोलसले अर्धशतकीय इनिङ खेल्दै अन्तिमसम्म जित जीवन्त राखे। 

कप्तान राहुलले ४४ बलमा ५८ रन जोड्दा निकोलस ६४ रनमा अविजित रहे। यी दुईले पाँचौं विकेटका लागि ८५ रनको साझेदारी गरे। यी दुईको साझेदारीका बावजुद विशाल लक्ष्य पछ्याएको लखनउको आवश्यक रनरेट चुनौतीपूर्ण बनेको थियो। सन्दीप शर्माले अर्धशतक पूरा गरेसँगै राहुललाई आउट गरे। पाँचौं विकेट पतनका बावजुद लखनउको जित सम्भव थियो।

तर, लगत्तै १८औं ओभरमा मार्कस स्टोइनिस पनि आउट भए। त्यो विकेटपछि लखनउको जित कठिन बनेको हो। यद्यपि, त्यसअघि राजस्थानका कप्तान सन्जुले आक्रामक ब्याटिङ गर्दै राम्रो योगफल तयार पारे र आफ्ना बलरका लागि सहज बनाए। उनले तेस्रो विकेटका लागि रियान परागसँग ९३ रनको साझेदारी गरे। रियानले ४३ रनको योगदान गरे। सन्जुले ६ छक्का प्रहार गरे। सन्जु लखनउका क्रुनाल पाण्ड्याबाहेक सबै बलरमाथि हाबी भए।

यस्तै, आइतवार नै भएको अर्को खेलमा साविक उपविजेता गुजरात टाइटन्सले ५ पटकको विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै जित हात पारेको छ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा गुजरातले मुम्बईमाथि ६ रनको रोमाञ्चक जित हात पार्यो। शुभमन गिलको कप्तानीमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको गुजरातले निर्धारित ओभर खेल्दै ६ विकेट गुमाएर १६८ रन बनायो। १६९ रनको जबाफी लक्ष्यसहित मैदान उत्रेको मुम्बईले भने निर्धारित ओभर खेल्दै ९ विकेट गुमाएर १६२ रन मात्रै बनाउन सक्यो।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ४५ रनको पारी खेले भने कप्तान गिलले ३१ रनको योगदान गरे। विजय शंकरले २२ रन जोड्दा वृद्धिमान साहले १९, आजमतुल्लाह ओमरजाइले १७ र डेभिड मिलरले १२ रन जोडे।

गुजरातका लागि मुम्बईका जशप्रित बुमराह एक्लैले सर्वाधिक ३ विकेट लिदा लमन धिरले १ विकेट लिए।
अर्को समाचार
सूर्यकुमार चम्किँदा हैदरावादमाथि मुम्बईको सानदार जित
२५ वैशाख २०८१
•
१ मिनेट पाठ
सूर्यकुमार चम्किँदा हैदरावादमाथि मुम्बईको सानदार जित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जित हात पारेको छ।




मुम्बईको वानखेडे स्टेडियममा गयराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै मुम्बईले सानदार जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको हैदरावादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो। १७४ रनको लक्ष्यसहित मैदान उत्रेको मुम्बईले १७.२ ओभर खेल्दै जम्मा ३ विकेटको क्षतिमा जित हासिल गर्‍यो।

मुम्बईको जितका लागि स्टार खेलाडी सूर्यकुमार यादवले नट आउट रहँदै सर्वाधिक १०२ रन बनाए भने तिलक वर्माले नट आउट रहँदै ३७ रनको पारी खेले।

सुरुमा कमजोर प्रर्दशन गरेको मुम्बईको पारीलाई सूर्य कुमारले सम्हाल्दै सानदान जित दिलाए।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
यो पनि पढौँ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस