रामे मगरको अग्रता
२२ फागुन २०८०
•
१ मिनेट पाठ
रामे मगरको अग्रता
प्रोफेसनल गल्फर रामे मगरले सूर्य नेपाल च्यालेन्जको पहिलो दिन सोमबार शीर्ष स्थानमा अग्रता  बनाएका छन्।




यो सूर्य नेपाल गल्फ टुर २०२३/०२४ को पाँचौं प्रतियोगिता हो। प्रतियोगिताको पहिलो दिन नै भेट्रान प्रोफेसनल गल्फर रामेले युवा गल्फर सद्भाव आचार्यमाथि एक स्ट्रोकको अग्रता बनाएका हुन्। सद्भाव डिफेन्डिङ च्याम्पियनसमेत हुन्।

रामेले तीन अन्डर ६५ को प्रदर्शन गर्दा सद्भावले दुई अन्डर ६६ सहित पहिलो दिनको खेल पूरा गरे। भुवन नगरकोटी र धनबहादुर थापा संयुक्त रूपमा तेस्रो स्थानमा रहे। यी दुईले एक अन्डर ६७ को प्रदर्शन गरे। इभन पार ६८ मा खेलेका टंकबहादुर कार्की पाँचौं  स्थानमा छन्।

रवि खड्का छैटौं स्थानमा छन्। उनले पहिलो दिन एक ओभर ६९ को प्रदर्शन गरे। रमेश अधिकारी, सूर्यप्रसाद शर्मा र दिनेश प्रजापति संयुक्त रूपमा सातौं स्थानमा छन्। तीनैले दुई ओभर ७० को स्कोरमा पहिलो दिनको खेल सकाए।

पशुपति शर्मा, जयराम श्रेष्ठ, दीपक मगर, तोरणविक्रम शाही, एमेच्योर गल्फरद्वय राहुल विके र टासी छिरिङले तीन ओभर ७१ को नतिजामा संयुक्त रूपमा दशौं स्थान बाँडे। ३६ होलको समाप्तिमा कट लागू हुनेछ। उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनका लागि स्थान सुरक्षित गर्नेछन्।

एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ। विजेताले १ लाख, दोस्रो र तेस्रोले क्रमशः ६७ हजार र ४८ हजार हात पार्नेछन्। चौथोले ४० हजार र पाँचौंले ३६ हजार पाउनेछन्। कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।  
अर्को समाचार
सद्भावको शीर्ष स्थान कायमै
२४ फागुन २०८०
•
२ मिनेट पाठ
सद्भावको शीर्ष स्थान कायमै
एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल च्यालेन्जमा बुधबार तीन स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायमै राखेका छन्।




सूर्य नेपाल गल्फ टुर २०२३–२४ को पाँचौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन पनि युवा गल्फर सद्भावले अग्रता कायमै राखेका हुन्। रोयल नेपाल गल्फ क्लबमा डिफेन्डिङ च्याम्पियन सद्भावले चार अन्डर ६४ को उत्कृष्ट प्रदर्शनसहित तेस्रो दिनको खेल पूरा गरेपछि अग्रता जोगाएका हुन्।

उनी समग्रमा सात अन्डर १९७ को कार्डमा छन्। यो नतिजापछि उनले पूर्व नम्बर एक गल्फर रवि खड्कालाई तीन स्ट्रोकले पछि पारे। रविको तेस्रो दिन तीन अन्डर ६५ को प्रदर्शन रह्यो। उनी समग्रमा चार अन्डर २०० को कार्डमा छन्।

दिनकै उत्कृष्ट स्कोर कार्ड बनाएपछि भुवन नगरकोटी तेस्रो स्थानमा उक्लिएका छन्। भुवनले पाँच अन्डर ६३ स्कोर गरे। समग्रमा उनी तीन अन्डर २०१ को स्कोर कार्डमा छन्। धनबहादुर थापाले इभन पार ६८ रहेर तेस्रो दिनको खेल सकाए।

समग्रमा भने उनी दुई अन्डर २०२ सहित चौथो स्थानमा खुम्चिए। भेट्रान प्रोफेसनल दीपक मगरले तीन अन्डर ६५ मा तेस्रो दिनको खेल सकाए। उनी समग्रमा इभन पार २०४ को नतिजासँगै पाँचौं स्थानमा उक्लिए। समग्रमा दुई ओभर २०६ सहित सञ्जय लामा छैटौं स्थानमा छन।

सञ्जयले तेस्रो दिन एक अन्डर ६७ को प्रदर्शन गरे। विष्णुप्रसाद शर्मा सातौं स्थानमा उक्लिए। तेस्रो दिन चार अन्डर ६४ को उत्कृष्ट नतिजासहित विष्णु समग्रमा तीन ओभर २०७ को कार्डमा छन्।

एमेच्योर टासी छिरिङ र प्रोफेसनल रामे मगर आठौं स्थानमा छन्। दुवै समग्रमा चार ओभर २०८ को कार्डमा छन्। टासी एमेच्योरतर्फ‌ दोस्रो स्थानमा छन्। पहिलो दिनका लिडर रामेले पाँच ओभर ७३ को खराब प्रदर्शन गरे। समग्रमा पाँच ओभर २०९ सहित भुवनकुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतिले दशौं स्थान बाँडे।

चार दिनसम्म चल्ने प्रतियोगिता कुल ७२ होलमा प्रतिस्पर्धा भैइरहेको छ। प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले नगद १ लाख, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६७ हजार र ४८ हजार पाउनेछन्।

चौथो हुनेलाई ४० हजार र पाँचौं हुनेलाई ३६ हजार प्रदान गरिनेछ। कट बनाएका २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।  
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २७ सेकेन्ड अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस