नेपाल टि–२० सिरिज: नेदरल्यान्ड्सद्वारा नामिबियासामू २४८ को विशाल लक्ष्य प्रस्तुत
१७ फागुन २०८०
•
१ मिनेट पाठ
नेपाल टि–२० सिरिज: नेदरल्यान्ड्सद्वारा नामिबियासामू २४८ को विशाल लक्ष्य प्रस्तुत
नेपाल टि–२० त्रिकोणीय क्रिकेट सिरिजको तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको भिमकाय लक्ष्य दिएको छ।




त्रिवि क्रिकेट मैदानमा आज बिहान नेदरल्यान्ड्सक कप्तान स्कट एडवार्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका थिए।

कप्तानको निर्णयमा नेदरल्यान्ड्सका ब्याटर खरो उत्रिए। पहिलो विकेटका रुपमा ओपनर म्याक्स ओडाउट तेस्रो ओभरको पाँचौ बलमा सस्तैमा आउट भएपनि त्यसपछि दोस्रो विकेटका लागि अर्का ओपनर माइकल लेभितले शतक र तेस्रो नम्बरमा क्रिजमा आएका सिब्रन्ड एन्गेल्ब्रेच्टबीच आक्रामक १९३ रनको साझेदारी भयो।

जसमा लेभितले शतक र एन्गेल्ब्रेच्टले अर्धशतक प्रहार गरे। ४९ बलमा शतक पूरा गरेका लेभित ६२ बलमा १३५ रनमा पेभेलियन फर्किए भने  एन्गेल्ब्रेच्टले ४० बलमा ७५ रनको योगदान दिए। यस्तै डेथ ओभरमा आएका तेजा निदामानुरुले तीन बलमा १८ रन जोडेर रनआउट भए।

यो सँगै निर्धारित २० ओभरमा नेदरल्यान्ड्सले पाँच विकेटको क्षतिमा २४७ रन जोड्न सफल भयो। जुन त्रिवि क्रिकेट मैदानमा खेलिएका हालसम्मका टि–२० अन्तर्राष्ट्रिय खेलमध्येको सर्वोच्च स्कोर हो।

नामिबियाका तर्फबाट बलिङमा रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चिएर दुई विकेट लिँदा बेन सिकोंगो र जान फ्राइलिकले एक/एक विकेट लिए।

यसअघि सिरिजमा भएका दुई खेलमा नेदरल्यान्ड्स र नामिबियाले नेपालसँग जित निकालेका छन्।
अर्को समाचार
नेपालको सनसनीपूर्ण जित
१८ फागुन २०८०
•
१ मिनेट पाठ
नेपालको सनसनीपूर्ण जित
रोमाञ्चक खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको छ।




नेपाल टि–२० सिरिज अन्तर्गतको चौथो खेलमा १८० रन जोगाउँदै नेपालले नामिबियालाई निर्धारित २० ओभरमा १७७ रनमा रोकेको हो ।

नामिबियालाई उक्त स्कोरमा रोक्ने क्रममा नेपाली बलरले नामिबियाका ७ विकेट लिएका छन्। जसमा करन केसी, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २÷२ विकेट लिदा एक विकेट अविनाश बोहराले लिए  

नामिबियाका तर्फबाट जेजे स्थितले २६ बलमा ५० रन, जान फ्राइलिकले २९ बलमा ३७ रन, जेपी कोट्जीले २५ रन, जेन ग्रिनले २३ रनको योगदान दिएपनि जीतका लागि पर्याप्त हुन सकेन। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको अर्धशतकको मद्दतमा आठ विकेट गुमाएर १८० रन जोडेको थियो । जसमा मल्लले ३७ बलमा ५५, आरिफ शेखले २४ बलमा ३१ रन, गुल्शन झाले १६ बलमा २६, ओपनर अनिल साहले १७ बलमा २३, दीपेन्द्रसिँह ऐरीले ८ बलमा १६ रनको योगदान दिएका थिएl  

नामिबियाका तर्फबाट बलिङमा बेन शिकोंगोले चार ओभरमा २८ रन खर्चिएर ३ विकेट, ज्याक ब्रसेलले ४ ओभरमा ४५ रन खर्चिएर २ विकेट, लफ्टी एटन, जान फ्राइलिक र रुबल ट्रम्पलम्यानले एक/एक विकेट लिए। नेदरल्यान्ड् र नमिबियासहित भइरहेको त्रिकोणीय सिरिजमा नेपाललाई आजको खेलमा जित्नैपर्ने दबाब थियो। यो जितसँगै नेपालले सिरिजको अंक तालिकामा २ अंक जोडेको छ। यसअघि नेपाल नामिबिया र नेदरल्यान्ड्ससँग एक/एक खेलमा पराजित थियो। नेपाल र नामिबियालाई हराएर नेदरल्यान्ड्स चार अंकसहित अंकतालिकाको शिर्ष स्थानमा छ। 

नेपालसँग पहिलो खेल जितेको नामिबियाको दुई अंक छ । तर नेट रनरेटमा नेपाल दोस्रो स्थानमा पुगेको छ । अब नेपाल र नामिबियाले नेदरल्यान्ड्ससँग एक÷एक खेल थप खेल्नेछन् । अंक तालिकामा शीर्ष दुईमा पर्ने टिमबीच सिरिजको फाइनल खेल हुनेछ ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस