मच्छिन्द्रलाई बागमती गोल्डकपको उपाधि
१० फागुन २०८०
•
२ मिनेट पाठ
मच्छिन्द्रलाई बागमती गोल्डकपको उपाधि
उपाधिका साथ मच्छिन्द्रका खेलाडीहरु।
छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ। विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ४–० गोलले हराउँदै मच्छिन्द्रले उपाधि सहित १० लाख रुपैयाँ प्राप्त गरेको हो।




बिहीबार बागमती गाउँपालिका-८ स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा मच्छिन्द्रले सहज जित निकाल्यो। मच्छिन्द्रलाई जित दिलाउने क्रममा विदेशी खेलाडीले गोल गरे। 

विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो। खेलको १४ औं मिनेटमै करिमको गोलमार्फत मच्छिन्द्रलले अग्रता लिएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको मच्छिन्द्रले दोस्रो हाफमा ३ गोल थप्यो। 

५७ औं मिनेटमा चिजोवाले अग्रता दोब्बर पारे। ६२ औं मिनेटमा मच्छिन्द्रले एक गोल उपहार पायो।विदेशी खेलाडी स्टेफन समिरको प्रहार रोक्ने क्रममा एपिएफका डिफेण्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे। त्यसको एक मिनेट नबित्दै चिजोवाले गोल गरे।

एकपक्षीय जस्तै देखिएको फाइनल खेलमा एपीएफले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न नसक्दा उप-विजेतामै चित्त बुझाउन बाध्य भएको छ। विजेता मच्छिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता भएको एपीएफले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ।

मच्छिन्द्रले न्यूरोड टिम एनआरटीलाई र एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका उत्सव राई घोषित भए। उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे। 

उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर मच्छिन्द्रकै विशाल तामाङ, फरवार्ड मच्छिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मच्छिन्द्रकै सन्तोष न्यौपाने घोषित भए। उनीहरुले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। 

प्रतियोगिताको समापनमा पत्रकार रविन्द्र वाईवा उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। उनलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो। 

विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई आयोजक बागमती गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठ, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, नेपाल खेलकुद महासंघका सचिव किरण राई, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतले पुरस्कार प्रदान गरेका हुन्।

फागुन १ गतेबाट सञ्चालन भएको बागमती गोल्डकपको छैठौं संस्करणमा १० टिमको सहभागिता रहेको थियो। बागमती गाउँपालिकाको मुख्य सहयोग एवम् बागमती गाउँपालिका खेलकुद विकास समितिले गोल्डकपको आयोजना गर्दै आएको हो।
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
२२ मिनेट अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस