यस वर्षको १४ औं राष्ट्रपति रनिङ सिल्डको जिल्लास्तरीय प्रतियोगिता यही फागुन ११ देखि १४ सम्म हुने भएको छ।
सदरमुकामबाहिर आयोजना गरिने प्रतियोगिता यस पटक माङ्सेबुङ गाउँपालिका–२ स्थित डोलटार खेलमैदानमा आयोजना गरिने भएको हो।
प्रतियोगितामा छात्र र छात्राका बेग्लाबेग्लै प्रतिस्पर्धा हुनेछन्। प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी र मार्सल आर्टका ३० खेल हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए।
प्रतियोगितामा एथलेटिक्समा दौड (ट्र्याक) र उफ्रने–फ्याँक्ने (फिल्ड) प्रतियोगिता हुनेछ। मार्सल आर्टतर्फ तेक्वान्दो, उसु र कराते प्रतियोगिता हुनेछ।
माङ्सेबुङ गाउँपालिकाले व्यवस्थापन गर्ने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाको सहभागिता रहनेछ। यसअघि सबै पालिकाले आफूअन्तर्गत विद्यालयबीच प्रतिस्पर्धा गराइ पालिका स्तरका खेलाडी छनोट गरिसकेका छन्।
त्यसैअनुसार, जिल्लास्तरीय प्रतियोगितामा पनि पालिकालाई नै विजेता र उपविजेता घोषणा गरिने छ।
‘केही वर्ष अघिसम्म विद्यालय आफैं जिल्लास्तरको प्रतियोगितामा सहभागी हुन्थे भने विजेता पनि विद्यालयलाई नै घोषणा गरिन्थ्यो,’ अध्यक्ष बाँस्तोलाले भने, ‘पोहोरदेखि चाहिँ पालिकाका सबै विद्यार्थीको समग्र नतिजाका आधारमा पालिकालाई नै विजेता र उपविजेता घोषणा गर्ने गरिएको छ।’
विजयी पालिकालाई सिल्ड प्रदान गरिनेछ भने उपविजेतालाई ट्रफी दिइनेछ। मार्सल आर्ट र एथलेटिक्सका खेलाडीलाई ट्रफी प्रदान गरिने उनले बताए।
यो वर्षदेखि जिल्लाका सबैजसो पालिकाले प्रतियोगितालाई निकै महत्त्व दिएर तयारी गरिरहेको उनले बताए। ‘जिल्लाका सबै पालिका प्रतियोगिता जित्न तयारी गर्दै छन्,’ उनले भने, ‘कसैले विद्यार्थीलाई क्लोज क्याम्पमा राखेका छन्, कसैले पटक–पटक प्रतिस्पर्धा गराएर खेलाडी तयार गर्दै छन्।’
पोहोर सालदेखि जिल्लास्तरको यो प्रतियोगिता सदरमुकामबाहिर आयोजना गर्न थालिएको हो। पोहोर फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको प्रतियोगिता यो वर्ष माङ्सेबुङ सरेको हो।
‘संघीयताको मर्म अनुसार खेलकुदलाई पनि पालिका तहसम्म फैलाउन समितिले जिल्लास्तरको प्रतियोगिता नै गाउँ–गाउँ लैजाँदै छ,’ अध्यक्ष बाँस्तोलाले भने, ‘आउँदो वर्ष यो प्रतियोगिता आयोजना गर्ने पालिकाको पनि करिब टुंगो लागिसकेको छ।’
प्रतियोगिता सञ्चालन गर्न माङ्सेबुङमा सबै खाले तयारी गरिएको छ। विभिन्न उपसमिति निर्माण गरिएको छ भने खेलमैदान सुधार गरिँदै छ। जिल्लाभरका खेलाडी र अतिथि व्यवस्थापन गर्न होटल, बास, खानेकुरा व्यवस्थापन भइरहेको छ।
समिति कार्यालय प्रमुख नारायण भट्टराईका अनुसार प्रतियोगितामा भेला हुने करिब एक हजार दुई सय जनाका लागि स्थानीय चिसोपानीपञ्चमी र रक्से बजारमा बसोबास व्यवस्था मिलाइएको छ।
विद्यालय स्तरमा आयोजना गरिने यो प्रतियोगितामा २०६३ सालपछि जन्मिएका खेलाडी मात्र सहभागी हुनेछन्। ‘स्थानीयस्तरका खेलाडी उत्पादन गर्न योजस्तो प्रतियोगिता अर्को छैन,’ अध्यक्ष बाँस्तोलाले भने, ‘यसमा बाहिरका खेलाडी सहभागी गराउन नपाइने भएकाले नै स्थानीय खेलाडीको प्रतिभा उजागर हुनेछ।’
इलामको जिल्ला खेलकुद विकास समिति गत वर्षको यही प्रतियोगिता आयोजना गर्नेमा कोशी प्रदेशकै सर्वोत्कृष्ट भएको थियो।
फाकफोकथुम गाउँपालिकाले प्रतियोगिताको कुशल व्यवस्थापन गरेको थियो। यस पटक भौगोलिक हिसाबले माङ्सेबुङमा प्रतियोगिता व्यवस्थापन गर्न केही समस्या भएको उनले बताए।
‘पालिकाले जतिसक्दो तयारी गरिरहेको छ तर भौगोलिक विकटता, पातलो बसोबासले केही समस्या छन्,’ उनले भने, ‘ती समस्या हल गर्दै प्रतियोगिता उत्कृष्ट बनाउन गाउँपालिका जुटेको छ, हामी सहयोग गरिरहेका छौं।’
सदरमुकामबाहिर प्रतियोगिता आयोजना गर्दा खेलको लहर गाउँ–गाउँसम्म पुग्ने र प्रतियोगितामा हुने आर्थिक गतिविधि पनि वितरित हुने अध्यक्ष बास्तोला बताउँछन्।
‘सबै प्रतियोगिता सदरमुकाम केन्द्रित गर्दा त्यसको लाभ पनि एकै ठाउँ थुप्रिन्छ,’ उनले भने, ‘त्यसैले पालिकाहरूलाई खेल क्षेत्रमा गतिशील बनाउन र आर्थिक गतिविधि पनि पालिकासम्म लैजान हामीले पोहोरदेखि जिल्लास्तरको प्रतियोगिता पालिकामा लगेका हौं।’
गत वर्ष फाकफोकथुममा यो प्रतियोगिता सञ्चालन गर्दा गाउँपालिकाभित्र करिब २७ लाख रुपैयाँ भित्रिएको आयोजकको अनुमान छ।
गत वर्षको प्रतियोगितामा इलाम नगरपालिकाले सिल्ड जितेको थियो भने चुलाचुली गाउँपालिका दोस्रो र सूर्योदय नगरपालिका तेस्रो भएका थिए।