मकवानपुर गोल्डकप: पारोमाथि बागमतीको सहज जित
१६ माघ २०८०
•
२ मिनेट पाठ
मकवानपुर गोल्डकप: पारोमाथि बागमतीको सहज जित
प्रतिस्पर्धा गर्दै बागमती र पारोका खेलाडी।
भुटानको पारो एफसीलाई ३–१ ले हराउँदै स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा सर्लाहीको बागमती युवा क्लबले विजय यात्रा सुरु गरेको छ। 




मंगलबार हेटौंडा-६ स्थित गौरिटार रंगशालमा भएको छैठौं संस्करणको उद्घाटन खेलमा सर्लाहीले पारोमाथि सहज जित निकालेको हो।

पारो पोखराको आहा रारा गोल्डकपमा पनि पहिलो खेलमै पराजित भएको थियो। बागमतीका लागि राज भुषालले दुई र सिर्जन गौतमले एक गोल गर्दा पारोको तर्फबाट एक मात्र गोल सिरब दोर्जीले गरेका हुन्। 

बागमतीले चौथों मिनेटमै खेलमा अग्रता लिएको थियो। भुषालले पहिलो गोल गरेका हुन्। २७ औं मिनेटमा गौतमले अग्रता दोब्बर पारे। ५५ औं मिनेटमा भुषालले व्यक्तिगत दोस्रो तथा बागमतीका लागि तेस्रो गोल गरे। 

एकपक्षीय खेलकाे ७६ औं मिनेटमा भुटानका दोर्जीले एक गोल गरेपनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन्। पहिलो हाफको ३१ औं मिनेटमा पारोका पाउब थिन्लेको प्रहारलाई बागमतीका आयुषकुमार मगरले गोललाइनबाट क्लियर गरेका थिए। त्यसको केही मिनेटपछि थिन्लेले दुई डिफेण्डरलाई छक्याएर गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। 

दोस्रो हाफको सुरुवातमै बागमतीका सिर्जन गौतमको प्रहार बारमा लागेर फर्कियो। खेलमा पारोले खासै मुभ बनाउन सकेन। खेलमा २ गोल गरेका भुषाल म्यान अफ दी म्याच घोषित भए। उनले नगद दश हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे। 

बागमतीले दोस्रो चरणमा घरेलु टिम एन्फा मकवानपुरसँग प्रतिस्पर्धा गर्नेछ। विजयी टोली बागमतीका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले खेलको सुरुमै गोल निस्किएकाले जित्न सफल भएको प्रतिक्रिया दिए। नियमित प्रशिक्षणमा रहेका खेलाडीलाई मैदानमा उतार्दा नतिजा आफ्नो पक्षमा आएको उनको भनाई थियो।

यता पारोका टिम म्यानेजर सागर मैनालीले मैदानको असहजताका कारण कमजोर देखिएको प्रतिक्रिया दिए। नेपालमा तेस्रो पटक खेल्न आएपनि मैदान बुझ्न नसक्दा खेलमा पराजय व्यहोर्नु परेको उनको भनाई थियो। 

दोस्रो हाफमा केही सुधारिएको खेल प्रस्तुत गरेपनि पाएको मौका सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको उनले बताए। खेलमा बुधबार ‘ए’ डिभिजन टोली एनआरटी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। 

१२ टोलीको सहभागिता प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले गरेकी हुन्। २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दश लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। 

सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे आयोजक मकवानपुर जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाले जानकारी दिए। 

मेयर लामाले कसैले औंला उठाउन नसक्ने गरी प्रतियोगिता सम्पन्न गर्न अनुरोध गरिन्। उपमहानगरपालिकाले खेलकुदसहित सर्वाङ्गीण विकासमा योजनाबद्ध काम गरिरहेको उनले जानकारी दिइन्।
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
४३ मिनेट अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस