मकवानपुरको मनहरी अध्यक्ष कप फुटबल प्रतियोगितामा ७ नम्बर वडाले उपाधिमा ह्याट्रिक गरेको छ।
शुक्रवार चौथो संस्करणको उपाधि जितेसँगै ७ नम्बरले उपाधिमा ह्याट्रिक गरेको हो। ७ ले पहिलो, दोस्रो र चौथो संस्करणको उपाधि जितेको हो।
तेस्रो संस्करणको उपाधि भने ३ नम्बर वडाले जितेको थियो। शुक्रवार भएको फाइनल खेलमा ७ ले २ नम्बर वडालाई १–० गोल अन्तरले हराएको हो।पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा गोल गर्दै ७ नम्बर वडाले उपाधि कब्जा गर्यो। ७ का लागि खेलको ५४ औं मिनेटमा मनिष पौडेलले गरेको गोल नै निर्णायक बन्यो।
मिलन स्याङ्तानले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्। विजेता वडाले एक लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता वडाले ५० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ। २ ले ६ नम्बर वडालाई र ७ ले ८ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो। खेलमा मनहरी गाउँपालिकाका ९ वटा वडाको सहभागिता रहेको थियो।
गाउँपालिकाको आर्थिक सहयोग एवम् युवा तथा खेलकुद विकास समिति मनहरीको आयोजनामा प्रतियोगिता भएको हो। फाइनल खेलको म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडी २ नम्बरका अशोक मोक्तान घोषित हुँदा बाँकी विधागत खेलाडीको पुरस्कार विजेता टिमले नै प्राप्त गर्यो। उत्कृष्ट गोलकिपर ७ का आशिष राउत, डिफेन्डर सुदिप सापकोटा, मिडफिल्डर कपिल मोक्तान, सर्वाधिक गोलकर्ता मनिष पौडेल र प्रशिक्षक ७ कै सागर स्याङ्तान घोषित भए।
सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। प्रतियोगिताको समापनमा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य टीकाराम लामा, ७ नम्बर वडाका कार्यवाहक अध्यक्ष नवराज सुवेदी लगायतले मन्तव्य व्यक्त गर्दै यस प्रतियोगिताले खेलाडी उत्पादनमा सघाउ पु¥याउने दावी गर्दै आगामी दिनमा पनि निरन्तरता दिँदै जाने बताए।
प्रतियोगितामा समापनको क्रममा नेपालको १६ वर्ष मुनीको राष्ट्रिय टिमबाट खेलिसकेका मनहरीका खेलाडी सन्तोष गोङ्बा र कृषल मोक्तानलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।