स्याङ्जामा क्रिकेटबाटै महिला सशक्तीकरण अभियान
२९ असोज २०८०
•
४ मिनेट पाठ
स्याङ्जामा क्रिकेटबाटै महिला सशक्तीकरण अभियान
स्याङजाको विभिन्न विद्यालयमा क्रिकेटको प्रशिक्षण गर्ने क्रममा। तस्बिरः नागरिक
जहाँ क्रिकेट खेल्ने व्यवस्थित खेल मैदान छैन, खोला किनार र फुटबल मैदान खोज्दै क्रिकेट खेल्नुपर्ने बाध्यता छ। तर जहाँ इच्छा त्यहाँ उपाय। स्याङ्जामा क्रिकेट मैदान नभए पनि महिला क्रिकेटमा छलाङ भने जिल्लाले मारेको छ। स्याङ्जा जिल्ला क्रिकेट संघले नारा नै तय गरेको छ, ‘क्रिकेटबाटै महिला सशक्तीकरण।’




स्याङ्जाको क्रिकेटको मुहार फेरिएको लामो समय भएको छैन। जति बेला संघको नेतृत्वमा दिवाकर थापाले सम्हाले। त्यसपछि क्रिकेटको माहोल सृजना भयो। उनी आफैं पनि क्रिकेटर हुन्। त्यही भएर नै उनले स्याङ्जालाई क्रिकेटमा अब्बल बनाउने ध्येयसहित लागि परेका छन्। उनले गरेको कामको प्रतिफल बिस्तारै देखिँदै गएको छ। जहाँबाट अन्तर्राष्ट्रियस्तरका महिला क्रिकेट समेत उत्पादन भइसकेका छन्। उदाहरण हुन अन्जली विश्वकर्मा।

संघले यतिबेला स्याङ्जाको विभिन्न विद्यालयमा पुगेर क्रिकेट अभियान चलाएको छ। संघले अहिलेसम्म १५ वटा विद्यालयमा क्रिकेटको ट्यालेन्ट हन्ट गरिसकेको छ। ट्यालेन्ट हन्टबाटै खेलाडी छनोट गर्दै प्रशिक्षण दिदैं आएको छ। प्रशिक्षणसँगै उनीहरुले आगामी कात्तिक २० गतेदेखि स्याङ्जामा आयोजना हुने पुतलीबजार उपमेयर रनिङशिल्ड महिला क्रिकेट प्रतियोगिता खेल्ने छन्। ‘तीन वर्ष लगातार पुतलीबजार मेयर कप रनिङ शिल्ड महिला क्रिकेट आयोजना गर्‍यौ’ संघका अध्यक्ष दिवाकर थापाले भने, ‘यो वर्ष उपमेयर कप आयोजनाको संघारमा छौं ।’

२०७६ सालदेखि संघले पुतलीबजार मेयर कप रनिङ शिल्ड आयोजना गर्यो। अहिले नगरपालिकामा उपमेयर महिला भएकै कारण उपमेयर कप रनिङशिल्ड आयोजना गरिएको उनले प्रष्ट्याए। तीन संस्करण आयोजना हुँदा नगरपालिकाको मेयर महिला नै भएकोले मेयरकप गरिएको थियो। रनिङ शिल्ड महिला क्रिकेटको उपाधि स्याङजाको एभरग्रिन बोर्डिङले उचाल्दै आफनो बनायो।

विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेपछि स्याङजाका धेरैजसो विद्यालयमा क्रिकेट प्रशिक्षण समेत हुन थालेको छ। ओ लेभलका तथा सिनियर खेलाडीले प्रशिक्षण गराउँदै आएका छन। अध्यक्ष थापा स्वयंपनि क्रिकेट प्रशिक्षण गराउन व्यस्त छन्। उनीसँगै सोनेय तिवारी(विक्रम) तोपबहादुर राना, महिला प्रशिक्षक अन्जली विश्वकर्मा, कुसुम गोदार (सिनियर खेलाडी) र अनुपम मरासिनीले प्रशिक्षण गराउँदै आएका छन्। नियमित प्रशिक्षण र प्रतियोगिता आयोजनाले विद्यालयले समेत क्रिकेटप्रति चासो दिन थालेका छन्।  

वर्षेनी आयोजना हुने विद्यालयस्तरीय क्रिकेटकै कारण विद्यालयले समेत खेलाडीलाई छात्रवृत्ति दिन थालेको छ। एभरग्रिनबाट एसईई दिएकी अन्जली विश्वकर्मालाई ज्योति अंग्रेजी बोर्डिङ स्कुले दशजोड दुइको लागि पूर्ण छात्रवृत्ति दिएको थियो। अन्जलीजस्तै अन्य खेलाडीलाई समेत विद्यालयले छात्रवृत्ति दिएको छ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पूर्ण छात्रवृत्ति दिदैं विद्यालयको क्रिकेट टोली सशक्त बनाउन प्रतिस्पर्धा चलेको अनुभव भनाई थियो। त्यतिमात्रै नभई विद्यालयले क्रिकेट प्रशिक्षण गराउने बातावरण समेत बनाईदिएको उनी सुनाउँछन्।

संघको प्राथमिकता नै महिला क्रिकेट हो। क्रिकेटबाटै महिला सशक्तिकरण नारा दिदैं आएको संघले आगामी वर्ष सन २०२४ को यु—१९ विश्वकपको एशिया छनोटको तयारी समेत गरेमने उनले सुनाए । ‘कात्तिक २० गतेदेखि २४ गतेसम्म विद्यालयस्तरीय टी—१० लिगकम नकाउटको तयारीमा छौं’ उनले भने, ‘प्रतियोगिताले विद्यालयमा क्रिकेटको विकाससँगै एशियाकप छनोटको तयारी समेत हुने विश्वास छ।’ संघका अनुसार स्याङजाको बजार क्षेत्रमा मात्रै नभई गाँउ गाँउका विद्यालयमा समेत क्रिकेट प्रशिक्षण गराईएको छ। अध्यक्ष थापा आफैं क्रिकेटको लागि गाँउ गाँउका विद्यालय भ्रमण गरेका छन् । भ्रमण गर्दै ट्यालेन्ट हन्ट मार्फत खेलाडी खोज्ने अभियानमा आफैं जुटदै आएका छन्।  

संघले अगाामी कात्तिक २० गते स्याङजाको मालेबगरमा आयोजना गर्ने विद्यालयस्तरीय टी—१० क्रिकेट प्रतियोगितामा स्याङजाका विद्यालय मात्रै नभई कास्की, पर्वत, नवलपुर लगायत अन्य जिल्लाका विद्यालयलाई समेत सहभागिता जनाउन पत्रचार गरिसकेको छ। विद्यालयको टोली नपुगेको अवस्था महिला शिक्षकले समेत सहभागिता जनाउन पाउने प्रावधान रहेको संघले जनाएको छ। 

प्रतियोगितामा विजेता विद्यालयले नगद २५ हजारसहित रनिङ शिल्ड प्राप्त गर्ने छ। उपविजेताले नगद १५ हजार, तेस्रो हुने विद्यलायले नगद ५ हजार रुपैयाँ पाउने छ। चौथो हुनेले नगद २ हजार पाउने छ। उत्कृष्ट खेलाडीलाई नगदसहित क्रिकेट व्याट, उत्कृष्ट व्याटरलाई नगदसहित व्याट, बलरलाई नगदसहित जुक्ता, विकेट किपरलाई नगदसहित ग्लोभ्स, उत्कृष्ट फिल्डरलाई नगदसहित जुक्ता प्रदान गरिने छ। इमर्जिङ प्लेयरलाई नगदसहित प्रदान गरिने छ। प्रतियोगितामा सहभागिता जनाउने यु १४ का १० जना खेलाडी ईमर्जिङ प्लयेरबाट पुरस्कृत गरिने छ।
अर्को समाचार
आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त
२४ वैशाख २०८१
•
४ मिनेट पाठ
आगलागीले स्याङ्जामा सुन्तला बगैँचा ध्वस्त
आगजनीले ध्वस्त भएको स्याङजाको करेन्डाँडाको सुन्तला बगैंचा। तस्बिरः नागरिक
खेतमा झारपात डढाउने गरि बालेको आगोले भीषण आकार लिदैं बगैँचामा पस्दा स्याङ्जामा ठूलो आकारमा सुन्तलाखेतीमा नोक्सान पुगेको छ। दाना लागेका बोट र हुर्कँदो सुन्तलाका बिरुवा आगलागीले ध्वस्त भएका छन्। सुन्तलासँगै कफी, अलैँची, लिची, आपका बोट पनि जलेका छन् । त्यस्तै सुन्तला खेतीमा सिँचाइ गर्नका लागि पानी ल्याउने पाइप पनि आगोले डढेको छ।  




प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना–सुन्तला सुपर जोनका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका–११ करेन्डाँडाका ४४ जनाको सुन्तला बगैँचामा आगलागीले क्षति गरेको छ। सुन्तलाका दाना लागेका ४ हजार ९ सय ७७ र हुर्कँदो बिरुवा २ हजार ६ सय ७४ वटा बिरुवा आगलागीले ध्वस्त भएका छन्। त्यस्तै कफीका ५ हजार बोट पनि आगलागीले ध्वस्त भएको सुन्तला सुपरजोनले बताएको छ।  

आगलागीले सुन्तलासँगै तेजपत्ता, सिताके च्याउका मुढा, भूइँकटहर, लिची र आपका बोट सहित अलैँचीमा पनि नोक्सान गरेको छ। सबैगरि एक करोड ८ लाख रुपैयाँको क्षति भएको सुपरजोनका प्राविधिक सहायक इन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी सुन्तलामा मात्र करिब एक करोड रुपैयाँको क्षति पुगेको छ।  

‘आगलागीले पुगेको क्षति यो वर्षको लागि मात्र नभई बहु वर्षे हो । त्यही भएर यसको क्षति ठूलो छ,’ उनले भने, ‘यो वर्षका लागि मात्र हामीले एक करोड ८ लाख रुपैयाँको क्षतिको मूल्यांकन गरेका हौ। किनकि आगोमा परेका यी बोटविरुवाले लामो समयसम्म उत्पादन दिन्थे। किसानले ती बोटविरुवाबाट वर्षौँसम्म लाभ लिन पाउँथे, तर, त्यो मौका अब गुमेको छ।’ गत वैशाख १९ गते लागेको आगोले फल दिने बोट बिरुवा बाहेक घर गोठमा समेत क्षति पुगेको थियो।

सुवेदीका अनुसार आगोले भेटेका सुन्तला सहित फलका बोटबिरुवा जलेका छन्। आगोले लप्कोले भेटेका र दाना लागेका बोटलाई बढी क्षति हुने उनले बताए। अहिले आगोले जलेका मध्ये ७० प्रतिशत बोटविरुवाले भविष्यमा काम नदिने उनले बताए। ‘७० प्रतिशत बोट बिरुवाले अब फल दिन सक्दैनन्। कतिपय त सुक्ने अवस्थामा पुगिसकेका छन्। ती बोटबाट किसानले लाभ पाउँदैनन्,’ उनले भने।  

उनका अनुसार सुन्तला बगैँचामा सिँचाइ गर्न र पिउनका लागि ल्याइएको १२ हजार ५० मिटर खानेपानीको पाइप पनि आगलागीले ध्वस्त भएको छ। सुन्तलालाई सिँचाइ नभई नहुने भएपनि अहिले आगलागीले पाइप नै जलेको उनले बताए। ‘स्याङ्जाले सुन्तलाबाट राम्रो लाभ लिएको थियो। तर, यो पटक बढी क्षति भोग्नुपर्‍यो,’ उनले भने। स्थानीयका अनुसार खेतमा जम्मा भएको झारपात जलाउनका लागि स्थानीयले आगो सल्काएको र त्यही आगोलाई हावाले हुत्याउँदै सुन्तला बगैँचामा पुगेको हो।

आगलागीले सबैभन्दा बढी नोक्सान स्थानीय भूमिजंग केसीले खेपेका छन्। केसीका मात्र करिब ३ हजार सुन्तलाका बोट आगलागीले ध्वस्त भएको स्थानीय सुन्तला किसान बोधराज अर्यालले बताए।

‘सुन्तलाले राम्रो आम्दानी लिन सफल किसानलाई आगलागीले ठूलो क्षति भएको छ। ती बोट पुन बाच्ने अवस्थामा देखिँदैन,’ अर्यालले भने, ‘अहिल्यै नै बोट सुकेजस्तै भएका छन्।’
ठूलो नोक्सान खेपेका भूमिजंग केसीले यो सिजनमा मात्र सुन्तला बेचेर १५ लाख रुपैयाँ आम्दानी गरेका थिए। तर, आगलागीले बोटबिरुवा ध्वस्त भएपछि त्यो आम्दानी गुम्ने उनले बताए। ‘आगोको लप्कोमा परेका बोट सुकेजस्ता भइसकेका छन्। जल्नबाट बचेका बोटका पात पनि झर्न थालेका छन्। पानी पनि परेको छैन, त्यही भएर ती सुन्तलाले आम्दानी दिनेमा म ढुक्क छैन,’ केसीले भने।  

उनका अनुसार सुन्तलाको बोटको बोक्रा अरूको भन्दा पातलो हुन्छ। त्यही भएर आगलागीले बोटलाई बढी क्षति हुन्छ। ‘बोक्रा बाक्लो हुने बोटलाई सामान्य आगोको लप्काले खासै क्षति गर्दैन। तर, पातलो बोक्रा भएकोले सुन्तलाको बोटमा क्षति बढी हुन्छ,’ केसीले भने।  

सरकारी तथ्यांक अनुसार स्याङ्जाले पछिल्लो समय सुन्तलाबाट निकै नै ठूलो आम्दानी गरिरहेको छ। सुन्तला खेती गर्ने सामान्य किसानले पनि वर्षमा कम्तीमा एकलाख रुपैयाँ सहजै कमाउन सकेका छन्। जिल्लाका सबैजसो गाउँका किसानले सुन्तलाबाट आम्दानी गर्न थालेपछि यसअघि अन्नबाली फलिरहेको र वर्षौँदेखि बाझिएको जग्गालाई पनि किसानले सुन्तलाखेतीमा परिणत गर्न थालेका छन्।  

अघिल्लो वर्ष स्याङ्जाले सुन्तला बेचेर मात्र एक अर्ब ३८ करोड रुपैयाँ भित्र्याएको थियो। कम्तीमा एक अर्ब रुपैयाँ त किसानकै हातमा परेको थियो। पोहोर सबैगरि २२ हजार मेट्रिक टन सुन्तला जिल्लामा फलेको अनुमान छ। तर, यो पटक उत्पादनमा केही कमी भएर कम्तीमा एक अर्ब रुपैयाँ आम्दानी भएको गरेको थियो। यो वर्ष उत्पादन केही घट्दा १७ हजार मेट्रिक टन सुन्तला फलेको थियो।  

अहिले स्याङ्जाका सबैजसो स्थानीय तहमा सुन्तला खेती हुन्छ। सबैगरि २ हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। त्यो मध्ये १३ सय हेक्टर क्षेत्रफलको खेतीले उत्पादन दिन्छ भने बाँकी नौ सय हेक्टरको क्षेत्रफलका बिरुवा उत्पादन दिने तयारीमा छन्। केही आगामी सिजनमा र कतिपय बिरुवाले अझै केही वर्षपछि उत्पादन दिने सुन्तला सुपरजोनको अनुमान छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २ सेकेन्ड अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस