कास्की गण्डकी प्रदेशस्तरीय हक्की च्याम्पियन
२९ जेष्ठ २०८०
•
१ मिनेट पाठ
कास्की गण्डकी प्रदेशस्तरीय हक्की च्याम्पियन
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ।




कास्कीले सोमबार फाईनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो।

आइतबारदेखि शुरु भएको प्रतियोगितामा पाँच जिल्लाको सहभागिता रहेको थियो। कास्की, तनहुँ, पर्वत, स्याङजा र बाग्लुङ जिल्लाको सहभागिता रहेको थियो। सहभागी टोलीलाई राउण्ड रोविन लिगमा खेलाइएको थियो। शीर्ष दुईमा रहेका कास्की र तनहुँ बीच सोमबार दिउँसो फाईनल खेलमा कास्कीले तनहुँलाई सडन डेथमा १—० गोलले पराजित गर्दै उपाधि पक्का गरेको हो।

निर्धारित समयमा कास्की र तनहुँले २—२ को बराबरी खेलेका थिए। पाँच पाँच जनाका पेनाल्टीमा पनि १—१ गोल भएपछि निर्णय सडन डेथमा पुगेको थियो। सडन डेथमा कास्कीले निर्णायक गोल गरेपछि नगद २० हजार राशीसहितको उपाधि कब्जा गर्यो।

विजेता टोलीलाई गण्डकी प्रदेशका सदस्य प्रकाश बराल, नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, परिषदका सदस्य ऋषिराम गौतम, खगेन्द्र क्षत्री, पोखरा महानगपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार तथा कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसी लगायतले नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र  प्रदान गरे। उपविजेता तनहुँले नगद १० हजार राशी प्राप्त गर्दा अन्य जिल्लालाई सान्त्वना स्वरुप नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो।  
अर्को समाचार
‘खेल्छ गण्डकी’ मार्फत बालबालिकालाई टेनिस प्रशिक्षण
२६ फागुन २०८०
•
२ मिनेट पाठ
‘खेल्छ गण्डकी’ मार्फत बालबालिकालाई टेनिस प्रशिक्षण
पोखरामा टेनिस प्रशिक्षण लिने बालबालिका। तस्बिरः नागरिक
‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण पोखरामा सुरु भएको छ।




प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ भन्ने नाराका साथ प्रशिक्षण दिन थालिएको हो।

गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा दुई महिने प्रशिक्षण शनिबारबाट सुरु गरिएको हो। उक्त प्रशिक्षणको शनिबार पोखरा रंगशालामा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका छन्।

प्रशिक्षण कार्यक्रममा सदस्य सचिव शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि अभियान रहेको बताए। उनले टेनिस खेलाडी उत्पादन गर्न यो प्रशिक्षणले सघाउने पनि बताए।

‘खेल्छ गण्डकी’ खेलकुदको क्षेत्रमा अविरल बगिरहने नदी जस्तै हो, यो पवित्र अभियान पनि हो । टेनिसले खेलकुदबाट टाढा रहेकालाई मैदानमा ल्याएर उल्लेखनीय कार्य गरेको छ,’ उनले भने, ‘अब खेलकुदबाट टाढा हुनुपर्ने छैन। विपन्न वर्गका बालबालिकाले यसमा मौका पाउनेछन्। पहुँच हुनेका लागि मात्र नभई सबैका लागि खेल हुनेछ।’

मोबाइलमा झुम्मिएर फुर्सदको समय कटाउने बालबालिकालाई खेल मैदानसम्म ल्याउनु निकै चुनौतीपूर्ण रहको उनले बताए। अभिभावकलाई समेत आफ्ना छोराछोरी कुशल खेलाडीको रुपमा स्थापित हुन्छन् भन्ने कुराको विश्वास दिलाउन आवश्यक रहेको पनि सदस्य सचिव शर्माले बताए।

यो कार्यक्रमले खेल संस्कृति र खेलकुद विकासको अभियानमा समेत महत्त्वपूर्ण भूमिका निभाउने उनको भनाई छ। ‘खेलकुद क्षेत्र बहु आयामिक विषय समेत हो। सबै उमेर समूह र वर्गलाई खेलकुदको अभियानमा समेत ल्याउन उत्तिकै प्रभावकारी भूमिका यसले निभाउनेछ,’ उनले भने।

खेलकुद क्षेत्र लैङ्गिक समानताको क्षेत्र रहेको बताउँदै खेलकुद क्षेत्र पारदर्शिता र सुशासनतर्फ अघि बढाउन परिषद्ले अभियानको रुपमा अघि सारेको सदस्य सचिव शर्माले बताए।

उनले भने, ‘सबै खेल संघहरुको संस्थागत सुधार र क्षमता अभिवृद्धि गर्दै खेलकुद क्षेत्रको फलामे अनुशासनलाई कायम गर्दै खुट्टा तान्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ,’ उनले भने।  

उक्त प्रशिक्षणमा ६ देखि १६ वर्ष सम्मका बालबालिका सहभागी छन्। उनीहरुलाई दुई महिना प्रशिक्षण दिइनेछ। पहिलो चरणमा ३० जना बालबालिका सहभागी छन्। ती सबै विपन्न वर्गका बालबालिका हुन्। घरघरबाट ल्याएर उनीहरुलाई प्रशिक्षणमा सहभागी गराइएको पनि संघले बताएको छ।

कार्यक्रममा गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले गण्डकीको टेनिस खेल पनि विपन्न वर्गका बालबालिकाबाटै सुरु भएकोले यस कार्यक्रम मार्फत पहिलो पटक सोही वर्गका बालबालिका समेटिने बताए।

‘खेल्छ गण्डकी खेल्नेका लागि एक महत्त्वपूर्ण कार्यक्रम हो। यो कार्यक्रम मार्फत समाजमा पछाडि परेका बालबालिकालाई टेनिस मैदानसम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं,’ कायस्थले भने।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस