शहीद स्मारक ए डिभिजन लिग: खुमलटारलाई एनआरटीले हरायो
०५ वैशाख २०८०
•
२ मिनेट पाठ
शहीद स्मारक ए डिभिजन लिग: खुमलटारलाई एनआरटीले हरायो
यसै सिजन बढुवा भएको खुमलटार युथ क्लवलाई मंगलवार ३–१ गोल अन्तरले पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ।




त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० औं चरणको पहिलो खेलमा एनआरटीले सुखद् नतिजा निकालेको हो। एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव बिष्ट र मोहित गुरुङले समान एक गोल गरे। खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए।

शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोली पहिलो हाफमा गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए। खेलको २३ औं मिनेटमा एनआरटीका निकोलस सङले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको प्रयास निकै फितलो भएको थियो। लगत्तै खुमलटार काउन्टरमा गरेपनि सफल हुन सकेन। ३१ औं मिनेटमा खुमलटारका अभिषेक बर्माको लामो प्रहार एनआरटीका गोलकिपर पुजन होनाले सहजै नियन्त्रणमा लिँदा खुमलटारको अवसर खेर गएको थियो। खेलको ३३ औं मिनेटमा अनमार्क रहेका एनआरटीका सरोज तामाङ  पेनाल्टी बक्सभित्र चुके। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा सरोजले अर्को अवसर खेर फाले। फ्री हेडर बललाई सही दिशा दिन नसक्दा खुमलटारका गोलकिपर देव लिम्बूले सहजै नियन्त्रणमा लिएका थिए।

दोस्रो हाफमा भने एनआरटीले सुधारिएको प्रदर्शन देखायो। आक्रामक देखिएको एनआरटीका लागि पहिलो हाफमा निकै अवसर पाएका सरोजले गोलको खाता खोले। सुशन श्रेष्ठको क्रसमा पासमा सरोजले हेडरमार्फत जाली चुमाउँदा एनआरटीले अग्रता लिएको थियो। अग्रता लिएसँगै मनोबल उच्च बनाएकर खेलेको एनआरटीका लागि ८२ औं मिनेटमा सञ्जीवले टोलीको अग्रता दोब्बर बनाए। सन्जिवले कृतिस रत्न छुन्जूको पासमा खुमलटारका डिफेन्डर अभिषेक लिम्बूले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए। त्यसको तीन मिनेटपछि मोहितले कृतिसकै पासमा टोलीका लागि तेस्रो गोल थपे। पछि परेसँगै अन्तर घटाउने प्रयासमा रहेको खुमलटारले अन्तिम मिनेटमा सान्तोवना गोल फर्कायो। श्यामले  गोल गर्दै अग्रता छोट्याएपनि उनको टोली खुमलटार खेलमा फर्किन असफल रह्यो र अंक एनआरटीलाई सुम्पिन बाध्य बन्यो।

दशौं चरणको पहिलो खेलमा सुखद नतिजा निकालेको एनआरटीले दोस्रो जित सहिज तालिकामा १० खेलबाट १० अंक नै बनाएको छ। यस अघि एनआरटीले चार बराबरी र चार हारको नतिजा भोगेको छ। उता पराजय व्यहोरेको खुमलटारको समान खेलबाट तीन जित, एक बराबरी र ६ हारको नतिजासहित १० अंकका साथ एनआरटी भन्दा एक स्थान मुनी ११ औं स्थानमा छ।  
अर्को समाचार
ए डिभिजन लिग : सातदोवाटोले एपीएफलाई हरायो
३० वैशाख २०८०
•
१ मिनेट पाठ
ए डिभिजन लिग : सातदोवाटोले  एपीएफलाई हरायो
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोवाटो युथ क्लबले  ससस्त्र प्रहरीको एपीएफ क्लवलाई हराएको छ।




दशरथ रंगशालामा आज साँझ भएको खेलमा सातदोवाटो युथ क्लबले  ससस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–० ले हराएको हो।

सातदोवाटोका लागि विलीयम्सले १३ औ मिनेटमा पहिलो गोल गरे । त्यसैगरी आजका म्यान अफ द म्याच सातदोवाटोका दिपक राज सिंह ठकुरीले ३६ औ र ७७ औ मिनेटमा गरी टोलीका लागि दुई गोल गरे । दिपकले यो सिजनमा अहिले सम्म १२ गोल गरिसकेका छन ।  

जित पछि सातदोवाटो युथ क्लवले १७ खेलबाट २६ अंक पाएको छ। सातदोवाटो तालिकाको चौथो स्थानमा रहेको छ ।१७ खेलबाट पराजित एपीएफ २२अंकका साथ तालिकाको सातौ स्थानमा रहेको छ। 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस