जनशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कप २०७९ मंगलबारदेखि कैलालीको मसुरियामा सुरु भएको छ। मंगलबारको उद्घाटन खेलमा डोटीलाई ३–१ ले पराजित गर्दै आयोजक गौरीगंगा–११ स्पोर्टस् क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ।
पुनरागमन जित निकाल्दै आयोजक क्वाटर फाइनलमा पुग्न सफल भएको हो। खेलको ११ औँ मिनेटमा डोटीका १२ नम्बर जर्सीका खेलाडी हेरी सिंहले गोल गर्दै अग्रता बनाएका थिए। ४० औँ मिनेटमा आयोजककातर्फबाट जर्सी नम्बर १४ का गणेश लुहारले गोल गर्दा पहिलो हाफको खेल बराबरीमा सकियो। दोस्रो हाफमा खेलको ७६ औँ मिनेटमा डी बक्स भित्र गौरीगङ्गाका खेलाडीमाथि फल भएपछि पेनाल्टी पाएको उसले दिनेश थापाले पेनाल्टी गोलमार्फत खेललाई खेल २–१ को अवस्थामा पुगायो।
खेलको ८१ औँ मिनेटमा आयोजकका जनक साउँदले गोल गर्दै टिमलाई सहज जित दिलाए। खेलको प्लेयर अफ दी म्याच पनि उनी नै छानिए।
चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेतालाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफीसहित नगद १० हजार पुरस्कार दिइने छ। प्रतियोगिताको ‘म्यानअफ द म्याच’ लाई ट्रफीसहित नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए।
‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको मंगलबार नै सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले समुद्घाटन गरेका थिए। प्रदेश प्रमुख जोशीले खेलकुद क्षेत्र व्यावसायिक बन्न नसकेको बताएका थिए।

‘खेलकुदप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ,’ उनले भने,‘तर, व्यावसायिक नबन्दा खेलाडीलाई जीविकोपार्जनमा समस्या भएको छ।’ राज्यले नै खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा लिएको बताउँदै भने,‘खेलकुदलाई अतिरिक्त क्रियाकलापमा लिएकै कारण खेल जगत व्यावसायिक बन्न नसकेको हो।’