आइपिएल :चेन्नईले लखनउलाई हरायो
२१ चैत्र २०७९
•
१ मिनेट पाठ
आइपिएल :चेन्नईले लखनउलाई हरायो
इन्डियन प्रिमियर लिग आइपिएल २०२३ मा  चेन्नई सुपर किंग्सले  लखनउ सुपर जायन्ट्सलाई हराएको छ।




घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा गएराती भएको खेलमा चेन्नई सुपर किंग्सले  लखनउ सुपर जायन्ट्सलाई  १२ रनले हराएको हो ।  यस अघि चेन्नईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सक्यो र खेल १२ रनको झिनो अन्तरले हार्न पुग्यो ।  

लखनउका लागि ओपनर कायल मेयर्सले  ५३ रन ,निकोलस पुरनले ३२ रन ,मार्कुस स्टोईनसले २१ रन तथा आयुष बदोनीले  २३ रन बनाए । कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले ११ बलमा अविजित १७ रन बनाए ।  

चेन्नईका लागि मोईन अलिले ४ ओभरमा २६ रन दिएर ४ विकेट लिए । तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो।

चेन्नईका लागि ऋतुराज गायकवाडले ५७ तथाअर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए।अम्बादी २७ रनमा अविजित रहँदा शिवम दुवेले  २२ रन बनाए । मोईन अलिले १३ बलमा १९ तथा कप्तान महेन्द्र सिंह धोनीले ३ बलमा १२ रन बनाए। लखनउका लागि मार्क वुड र रवि विष्नोईले समान ३/३ विकेट लिए।आवेश खानले १ विकेट आफ्नो नाम गरे।दोस्रो खेलमा पहिलो जित हात पारेको चेन्नई २ अंकका साथ छैटौं स्थानमा रहेको छ । पहिलो खेलमा हार व्यहोरेको लखनउ २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेको छ।  
अर्को समाचार
आइपिएलमा थपिए दुई टोली
१० कार्तिक २०७८
•
२ मिनेट पाठ
आइपिएलमा थपिए दुई टोली
विवादास्पद अमेरिकी लगानी सिभिसी क्यापिटल र भारतीय उद्योगपतिले विश्वकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट इन्डियन प्रिमियर लिगमा दुई नयाँ टोली खरिदका लागि १.६ बिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेका छन्।




सञ्जीव गोइनको स्वामित्वमा रहेको भारतको आरपिएसजी ग्रुपले दुबईमा भएको अक्सनमा लखनउ टोलीका लागि ९ सय ३० मिलियन डलरभन्दा बढी खर्चिएको हो।

अमेरिकी लगानी सिभिसी क्यापिटलले भने अहमदाबाद टोलीका लागि ६ सय ९० मिलियन डलर खर्च गर्‍यो। अहमदाबादमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम पनि छ। आइपिएलमा आगामी सिजन २०२२ देखि आठबाट १० टोली हुनेछन्, जहाँ अन्तर्राष्ट्रिय ठूला लगानीकर्ताले पनि टोली खरिदमा चासो देखाएका थिए।

इङ्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडको लगानीकर्ता ग्लेजर फ्यामिलीले पनि आइपिएलको टोली खरिदमा चासो राखेको थियो। 

युनाइटेडका मालिक ग्लेजर फ्यामिलीसहित हिन्दुस्तान टाइम्स ग्रुप, पूर्वमन्त्री नवीन जिन्दलको जिन्दल स्टिल, अडाणी ग्रुप र अरबिन्दो फार्मालगायत कुल २२ वटा व्यावसायिक घरानाले आइपिएलको टोली खरिद प्रक्रियामा सहभागी भए पनि सिभिसी क्यापिटल र सञ्जीव गोइनले बाजी मारे। 

यी दुई टोलीका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले १२ हजार करोड भारु आम्दानी गर्‍यो।

सिभिसी क्यापिटलले लक्जेम्बर्गमा पनि एक सय बिलियन डलरभन्दा बढी खेलकुदमा लगानी गरेको छ। यसले त्यहाँको खेलकुदमा धेरै परिवर्तन ल्याउन सक्ने आकलन पनि गरिएको छ। सिभिसीले अन्तर्राष्ट्रिय रग्बी युनियनमा पनि कयौं बिलियन डलर खर्च गरिरहेको छ।

उसको लगानी स्पेनिस ला लिगा च्याम्पियनसिपमा पनि छ। साथै सिभिसी क्यापिटलले अन्तर्राष्ट्रिय भलिबल फेडेरेसन, फर्मुला वान, टेनिस टुर्स र अमेरिकी बास्केटबल लिगको क्लब पनि खरिद गरेको छ। बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले आइपिएलको टोली अत्यधिक मूल्यमा बिक्री भएकोप्रति खुसी व्यक्त गरेका छन्।

‘यसले हाम्रो क्रिकेटको पद्धति र वित्तीय सहायतामा पनि ठूलो सघाउ पुर्‍याउनेछ,’गांगुलीले भने। उनले सिभिसी क्यापिटल र ग्लेजर फ्यामिली जस्ता अन्तर्राष्ट्रिय लगानीकर्ताको चासोले आइपिएलको ख्याति विश्वव्यापीकरण भएको समेत उल्लेख गरे। ‘आइपिएल विश्वव्यापीकरण हुनु हाम्रा लागि सुखद क्षण हो। आइपिएल पनि विश्व खेलकुदकै ठूलो सम्पत्तिका रूपमा उदाएको छ। यसले समग्र क्रिकेटमा पनि ठूलो सघाउ पुग्नेछ,’ गांगुलीले भनेका छन्।

भारतको फुटबल क्लब मोहन बगानका मालिक पनि सञ्जीव गोइन हुन्। फिक्सिङका कारण आइपिएलका दुई टोलीमाथि प्रतिबन्ध लाग्दा सन् २०१६–०१७ को सिजनमा राइजिङ पुने सुपरजायन्टको सहभागिता रहेको थियो। उक्त टोली पनि गोइनकै आरपिएसजी ग्रुपको थियो। 

नयाँ टोलीको प्रवेशसँगै भारतमा टिभी दर्शकको संख्यामा पनि वृद्धि आएपछि बिसिसिआईले फ्रेन्चाइज टोली थप्ने योजना बनाएको हो। त्यसका लागि सन् २०१९ मा डफ एन्ड फेन्प्स फाइनान्सियल कन्सल्टेन्सीले टोलीको ब्रान्ड भ्यालु ६.७ बिलियन डलर प्रस्ताव गरेको थियो। महामारी अगाडि जसको मूल्य ११ बिलियन पुग्ने अनुमान गरिएको थियो।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस