विराट गोल्डकपको तयारी पूरा
०६ चैत्र २०७९
•
१ मिनेट पाठ
विराट गोल्डकपको तयारी पूरा
विराटनगरमा आयोजना हुने विराट गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ। सोमबार आयोजक विराटगोल्ड कप ट्रष्टले विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।




विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले मैदान मर्मत, रंग रोकनलगायत आन्तरिक व्यवस्थापनका सबै तयारी पुरा भएको बताए। उनले भने,‘मैदान तयार पार्नेदेखि व्यवस्थापकिय तयारीसमेत पुरा भइसकेको छ।’ प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ क्लव सहभागि हुने छन् । विराटनगरको शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म विराट गोल्डकपको सातौं संस्करण आयोजना हुँदैछ।

प्रतियोगितामा नेपालका तीन विभागिय क्लव एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिससहित संकटासहित  जावलाखेल र घरेलु टोली विराटनगर सिटी क्लव सहभागी हुनेछन्। यसैगरी भारत केरलाको लुका सकर क्लव र भुटानको डुक लयुल फुटबल क्लव प्रतियोतिामा सहभागि हुनेछन्।  दिल्लीको एफसी क्लवले भने अन्तिम समयमा नआउने जनाएको आयोजक समितिले जनाएको छ।

आठ टिम सहभागी हुने प्रतियोगिता नौ दिनसम्म सञ्चालन हुनेछ। यस वर्षको बिजेता टिमले २० लाख १५ हजार नगद र उप–विजेताले १० लाख २५ हजार प्राप्त गर्नेछ। यसैगरी विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद २५ हजार पाउने छन्। प्लेयर अफ द म्याचलाई ११ हजार पुरस्कार दिईने छ। प्रतियोगितामा सहभागी हुने दर्शकले टिकट खरिद खुल्ला गरिसकिएको छ। टिकेटिङ्ग पार्टनर खल्ती एपसँग सम्झौता गरिएको छ। क्वाटरफाइनल खेलसम्म टिकटदर २०० रुपैयाँ र त्यसपछिका खेलका लागि खल्ती एप प्रयोग गरेर खरिद गर्दा ४०० र रंगशालामा खरिद गर्दा ५०० दर तोकिएको छ। महेन्द्र गोल्डकपको रुपान्तरिक संस्करण विराट गोल्डकप २०६८ सालदेखि सुरु भएको हो।  
अर्को समाचार
विराट गोल्डकपको तयारी पूरा
१८ फागुन २०८१
•
१ मिनेट पाठ
विराट गोल्डकपको तयारी पूरा
विराटनगरमा सोमबारबाट सुरु हुने विराट गोल्ड कपको नवौं संस्करणको तयारी पूरा भएको छ । विराट गोल्ड कप फुटबल आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।




आयोजक समितिका संयोजक नविन रिजालले केही सामान्य कामबाहेक अन्य सबै तयारी पुरा भएको बताए । विराटनगर स्थित सहिद मैदानमा फागुन १९ गते देखि  २८ गतेसम्म हुने गोल्ड कपको लागि १ करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको संयोजक रिजालले बताए । गोल्ड कपका लागि भारतको दुई वटासहित नेपालका ए डिभिजन ७ र आयोजकबाट रिजालको मोरङ डिएफएले प्रतिस्पर्धा गर्ने आयोजक समितिले जनाएको छ ।

संयोजक रिजालले पहिलो खेलमा भारतको सामार्थ समिति फुटबल क्लबले आयोजक क्लबसँग प्रतिस्पर्धा गर्ने छ । विजेता टोलीले ११ लाख रुपैयाँ,उप विजेतालाई ५ लाख रुपैयाँ नगदसहित शिल्ड र ट्रफि पुरस्कार प्रदान गरिने संयोजक रिजालले बताए । आर्थिक मन्दीका कारण सहयोग जुटाउनु समस्या हुदैं आएको बताएका रिजालले यसपटक खेलसँगै साङ्गीतिक कार्यक्रम समेत गरिएको जानकारी दिए ।

२०७४ सालमा पहिलो पटक फ्लडलाइट्समा खेल गराउन सफल भएको बताउँदै उनले यसपटक खेलसँग साङ्गीतिक ब्यान्डहरूको प्रस्तुतिले दर्शकलाई थप आकर्षण गर्ने विश्वास व्यक्त गरे ।

गोल्ड कपमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब, ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइेटड, न्यूरोड टिम एनआरटी, पूर्व विजेता थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपीएफ एफसी, दुई पटकको उपविजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली रिजालको मोरङ डिएफए रहेका छन् । त्यसैगरि, भारतको कोलकातास्थित सामार्थ समिति र दिल्लीस्थित सुदेभा दिल्ली एफसी रहेका छन् । 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस