आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेल सुरु भएको छ। आज हुने नेपाल र यूएईबीचको निर्णायक खेल हेर्न दर्शकको भीड लागेको छ। आजको लागि सबै टिकट बिक्रि भएका छन् भने दर्शकले टिकट नपाएर लुकिछिपी मैदान छिर्न प्रयास गरिरहेका छन्।आजको खेलमा त्रिवि मैदान दर्शकमय भएको छ।
यसैबीच आजको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमेत पुगेका छन्। प्रधानमन्त्री दाहाल खेलको उद्घाटनका क्रममा मैदानमै पुगेका थिए।
नेपालले आजको खेलमा जित निकाल्नुको विकल्प छैन। आजको खेलमा जित निकाले नेपालले विश्वकप छनोटको खेल सिधैं खेल्न पाउँनेछ।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ भने त्रिवि क्रिकेट मैदानमा खेलेका एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा ९ खेलयता हार बेहोरेको छैन।