जुरिच– लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोसहित २३ खेलाडी समेट्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार २०१६ को उत्कृष्ट पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । बार्सिलोनाका मेसी र रियाल मड्रिडका रोनाल्डोले पछिल्लो दशकमा सर्वोत्कृष्ट खेलाडी पुरुस्कारमा दबदबा मच्चाइरहेका बेला यसपालि उनीहरूलाई म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा, उनका फ्रान्सेली टिम सहयात्री एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानले पनि चुनौती दिनेछन् ।
यसैगरी गत सिजनमा लेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताउने मिडफिल्डर एनगोलो कान्टेसहित रियाद मेहराज र जेमी भार्डे तथा वेस्ट ह्यामका फ्रान्सेली स्ट्राइकर दिमित्री पायेट पनि फिफाको शीर्ष २३ मनोनयनमा छन् । कान्टे लेस्टरलाई अनपेक्षित रूपमा लिग जिताएपछि चेल्सीको बाटोमा लागिसकेका छन् ।
बितेको सिजनमा रियालबाट च्याम्पियन्स लिग तथा पोर्चुगलबाट युरोपियन च्याम्पियनसिप जिताएका रोनाल्डो पुरकारको सबैभन्दा बलिया दाबेदारमा देखिएका छन् । म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिग जितिसकेका रोनाल्डोले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो दोस्रोपटक हो । यसैगरी उनकै कप्तानीमा पोर्चुगलले फ्रान्समा जुलाईमा सम्पन्न युरोपियन च्याम्पियनसिप जितेको थियो ।
रोनाल्डोका क्लब टिम सहयात्री गारेथ बेल पनि रियाल तथा उनको राष्ट्रिय टोली वेल्सका लागि युरोपियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा मनोनयनमा परेका छन् । रियालले च्याम्पियन्स लिग जित्दाका मुख्य खेलाडी बेलको प्रेरणामा वेल्स युरो २०१६ को सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा वेल्स रोनाल्डोको पोर्चुगलसँग पराजित भएको थियो ।
फिफाले जनवरी ९ मा जुरिचमा एक भव्य समारोहबीच विजेता टुंगो लगाउने छ । जहाँ प्रशिक्षक तथा अन्य विधामा पनि उत्कृष्टलाई पुरस्कृत गरिनेछ ।
प्रशिक्षकतर्फ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पस र उनका पूर्व फ्रान्सेली टिम सहयात्री रियाल मड्रिडका जिनेदिन जिदान मनोनयनमा छन् । जिदानको नेतृत्वमा गत सिजन रियालले च्याम्पियन्स लिग जितेको थियो ।