बर्लिन–आइभोरी कोस्टका स्ट्राइकर सोलोमान कालोउको ह्याट्रिकमा शुक्रबार राति जर्मन बुन्डेसलिगाको खेलमा हर्था बर्लिनले बोरुसिया मोन्चेन्ग्लाडबाचमाथि ३–० को विजय हासिल गरेको छ । जितसँगै टोली १० खेलमा २० अंक जोड्दै कम्तीमा २४ घन्टाका लागि बुन्डेसलिगा अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित मोन्चेन्ग्लाडबाच भने ११ औं स्थानबाट माथि उक्लिने लक्ष्यबाट विमुख मयो ।
चेल्सी तथा लिलेका पूर्व स्टारको उच्च प्रदर्शनका कारण हर्था घरेलु मैदानमा जारी सिजनमा राख्दै आएको शतप्रतिशत नतिजाको यात्रालाई निरन्तरता दिन सफल भयो । सँगै च्याम्पियन्स लिगअन्तर्गत मध्यसातामा सेल्टिकसँग बराबरी खेलेको मोन्चेन्ग्लाडबाचको भने यो बुन्डेसलिगामा लगातार पाँचौं निराशाजनक खेल हो । टोलीले यो सहित पछिल्ला पाँच खेलमा गोल गर्न सकेको छैन ।
निराशाजनक नतिजा यात्राले निरन्तरता पाउने क्रममा शुक्रबार बर्लिन भ्रमणमा पनि मोन्चेन्ग्लाडबाचलाई छोडेन । पूरा समयजसो संघर्ष गरेको टोली ३३ मिनेटमा २–० ले पछि परिसकेको थियो भने त्यसको केही बेरमै १० जनामा सीमित भयो । मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा क्रिस्टोफ क्रामरले दोस्रो पहेँलोसँगै रातो कार्डको दर्शन गरेर मैदान छोडेपछि भ्रमणकारी टोलीले आधाभन्दा बढी समय एक खेलाडी कम भएर खेल्नुपरेको थियो ।
मिचेल वाइजरको क्रस हेडमार्फत गोलमा परिणत गर्दै कालोउले १८ औं मिनेटमा हर्थाको खाता खोलेका थिए । जारी सिजनमा त्यो उनको पहिलो गोल थियो । ३३ औं मिनेटमा विपक्षी रक्षकले राम्ररी क्लियर गर्न नसकेको बललाई सहज गोलमा परिणत गर्दै कालोउले अग्रता दोब्बर पारे । त्यसको ६ मिनेटपछि फाबियन लौस्टेनबर्गरमाथि फाउल गरेवापत क्रामरले दोस्रो पहेँलो कार्ड दर्शन गरे । उनले यसअघि नै वाइजरमाथि फाउल गर्दा एउटा पहेँलो कार्ड पाइसकेका थिए । कालोउले समय सकिन ५ मिनेट बाँकी हुँदा अर्को गोल गरेर व्यक्तिगत ह्याट्रिक पूरा गरे । तेस्रो गोलका लागि पनि उनले वाइजरकै चलाखीपूर्ण पास उपयोग गरेका थिए ।
लामो समयपछि गोल गरेका कालोउले टोलीको जितको हिस्सा बन्न सकेकोमा खुसी व्यक्त गरे । ‘मलाई गोल गर्न सक्छु भन्ने आत्मविश्वास थियो । तर यो सिजनमा गोल हुन सकिरहेको थिएन । सायद फिटनेसमा पनि केही समस्या थियो होला,’ कालोउले भने, ‘तर आज मैले सोचेअनुसार खेल भएको छ । यसका लागि म टिमका सबै सहयात्री, प्रशिक्षण टिम र समर्थकलाई धन्यवाद दिन चाहन्छु । टिमको जितमा आफैले ह्याट्रिक गरेर महŒवपूर्ण हिस्सा बन्न पाउनु मेरा लागि ठूलो खुसीको कुरा हो । आगामी दिनमा पनि यस्तै प्रदर्शन र नतिजालाई निरन्तरता दिन मेरो प्रयास रहनेछ ।’