शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ। आज साँझ ५ः३० बजे पहिलो खेल एफसी खुमलटार र फ्रेन्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ। यी दुई विचको खेल दशरथ रंगशालामा हुनेछ।
लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ। लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ।
लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्। फेयर प्ले टोलीले ३ लाख पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
प्रत्येक खेलको विजेता क्लवले म्याच मनीबापत ५० हजार रुपैयाँप्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।