हेटौंडामा जारी पाँचौँ सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको पहिलो सेमिफाइनलमा निर्धारित समय गोलरहित भएपछि सशस्त्र प्रहरीको एपिएफ क्लबलाई टाई ब्रेकरमा स्तब्ध पार्दै मनाङले यस गोल्डकपमा पहिलो पटक उपाधि भिडन्त पक्का गरेको हो।
मनाङले टाई ब्रेकरमा ४–२ को जित निकालेको हो। मनाङले उपाधिका लागि सोमबार हुने हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
टाई ब्रेकरमा मनाङको तर्फबाट सरोज योञ्जन, विसन गुरुङ, सैजामोल डाभ्लाटिनोभ र आशिष गुरुङले गोल गर्दा सशस्त्रको तर्फबाट नवीन लामा र सुदिप शिख्रकारले मात्र गोल गरे।
एपीएफका सनिस श्रेष्ठको प्रहार गोलपोष्टको बारमा लागेर बाहिरिँदा दिपेश धिमालको प्रहारलाई मनाङका गोलरक्षक दीप कार्कीले बचाए। गोलरक्षक कार्की नै खेलको म्यान अफ दी म्याच भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
खेलमा भने मनाङले खासै गतिलो मुभ बनाउन सकेको थिएन । ३२ औँ मिनेटमा एपिएफका कप्तान नविन लामाको प्रहार गोलरक्षक कार्कीले मुस्किलले जोगाए। ४० औँ मिनेटमा सनिस श्रेष्ठको प्रहारलाई मनाङका गोलरक्षक कार्कीले लडेर बचाए। खेलको ७० औँ मिनेटमा मनाङका सैजामोल डाभ्लाटिनोभले दुई डिफेण्डरलाई छलाउँदै गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो।
अतिरिक्त समयमा एपिएफका प्रदीप लामाले डिबक्सभित्र मिलाइदिएको पासलाई युवराज खड्काले पोष्टको दिशा दिन सकेनन्। मनाङका प्रशिक्षक किरण श्रेष्ठले रणनीति अनुसार नै जित निकाल्न सफल भएको प्रतिक्रिया दिए।

‘हामीले लिगका लागि तयार पारेको टिमको यो दोस्रो खेल हो। आगामी दिनमा थप सुधार्दै जानेछौँ’, उनले भने, ‘विदेशी खेलाडीले राम्रो खेले। उनीहरूलाई धेरै फाउल गरेका कारण खुलेर खेल्न सकेनन्।’मनाङका कप्तान तथा गोलरक्षक कार्कीले खेल जित्न स्टार खेलाडी आवश्यक नरहेको प्रतिक्रिया दिँदै फाइनल जित्ने दाबी गरे। यता एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले फिनिसिङमा चुक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए।
‘खेलमा पाएको केही राम्रा मौकालाई सदुपयोग गर्न सकेनौँ’, उनले भने, ‘खेलमा एउटै राम्रो ‘एटेम्प्ट’ गर्न नसकेको मनाङले जित्यो। हामीले पाएको मौका सदुपयोग गर्न सकेनौँ।’यही १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।