आसिफ, ज्ञानेन्द्र र कुशलको अर्धसतकमा नामिबियाविरुद्ध नेपालको जित
०६ फागुन २०७९
•
२ मिनेट पाठ
आसिफ, ज्ञानेन्द्र र कुशलको अर्धसतकमा नामिबियाविरुद्ध नेपालको जित
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत घरेलु मैदानमा आज भएको तेस्रो खेलमा आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई पराजित गरेको छ।  




शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले नेपाललाई जितका लागि २ सय ७५ रनको लक्ष्य दिएको थियो। उक्त रनको लक्षय पार गर्दै नामिबियालाई ३ विकेटले पराजित गरेको हो।  

उक्त खेलमा नेपालका लागि कुशलले  ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन्। यो कुशलको तेस्रो एकदिवसीय अर्धशतक हो।  

सन्दिप जोरा ७ बलमा ३ रन बनाएर आउट भएका छन्। यस्तै दीपेन्द्र सिंह ऐरी ६ बलमा १ रन बनाएर आउट भएका छन्। कप्तान रोहित पौडेलले ४३ बलमा ३९ रन बनाए। उनले ५ चौका गरेर आउट हुन पुगे।  

यस्तै उक्त खेलमा शेखले ६२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५३ रन बनाएका थिए भने मल्लले ६४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ५२ रन बनाएर अर्धशतक पुरा गरेका थिए।  

नेपालले ९ रनमै पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएपछि आसिफ र ज्ञानेन्द्रले नेपालको इनिङ सम्हाले। उनीहरुबीच १३९ रनको साझेदारी भएको छ, जुन अहिलेसम्मको सर्वाधिक हो।

लिग टु अन्तरगत भएको पहिलो म्याचमा नेपालका कुशल भुर्तेल र रोहित पौडेलबीच तेस्रो विकेटका लागि १३३ रनको साझेदारी भएको थियो। उक्त रनलाई आसिफ र ज्ञानेन्द्रले आज तोडेका हुन्।

ज्ञानेन्द्र ७४ बलमा ६५ रन बनाएर आउट भएका थिए। ३ छक्का र पाँच चौका प्रहार गरेका उनी अर्को छक्का थप्ने धुनमा क्याचआउट भएका थिए।

आसिफ ९८ बलमा ८१ रन बनाएर आउट भएका थिए। २ छक्का र आठ चौका प्रहार गरेर क्याचआउट भएका थिए। कुशल मल्लले ४९ बलमा ६२ रन बनाए। उनले ४ छक्का र ६ चौका प्रहार गरेर क्याचआउट भएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ६ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो।  

नामिबियाका लागि ग्रिनले सर्वाधिक ७५ रनको अविजित इनिङ खेलेका थिए। उनले छैटौँ विकेटका लागि पिकी या फ्रान्ससँग ९४ रनको साझेदारी गर्दै ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरेका थिए।

फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ३९ बलमा ४९ रन बनाएर आउट भएका थिए। सोमपाल कामीको बलमा रनआउट हुँदा फ्रान्स अर्धशतक बनाउन चुकेका थिए।

ओपनर लोहान्द्रे लोउरेन्स ४१ रनमा आउट हुँदा, कार्ल ब्रिकेनस्टक २० रन र माइकल भान लिङगेन २२ रनमा पभेलियन फर्किएका थिए। कप्तान जेरार्ड इरास्म्स र जान निकोल लोफ्टी–एटन समान १५ रनमा आउट हुँदा रुबेन ट्रम्पलमेन २४ बलमा अविजित रहे।

नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिएका थिए। नामिबियासँग तीन विकेट लिएसँगै सन्दीप लिग २ मा ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन्। उनले २३ खेलबाट ५१ विकेट लिएका छन्। त्यसबाहेक करण केसीले नेपालका लागि एक विकेट लिए।

पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो।
अर्को समाचार
नेपाललाई सातौँ सफलता, गुलसनले लिए तीन विकेट, कुशलले लिए दुई विकेट
१५ फागुन २०७९
•
१ मिनेट पाठ
नेपाललाई सातौँ सफलता, गुलसनले लिए तीन विकेट, कुशलले लिए दुई विकेट
आइसिसी विश्वकप लिग २ को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालले ७ विकेट लिएको छ।  




सोमबार दुबइ अन्तर्राष्ट्रिय रंगशालामा टस जितर पहिला फिल्डिङ रोजेको नेपालका लागि कुशल मल्लले ४३.६ ओभरमा सातौँ विकेट दिलाएका हुन्।  

यस्तै नेपालका लागि गुलसन झाले तीन, सोमपाल कामी एक,  प्रतिश जी.सीले एक र कुशल मल्लले एक विकेट लिएका हुन्।

ओपनर टानी उरालाई ४.१ ओभरमा आउट गराउँदै सोमपालले नेपाललाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि किपलिन डोरिगालाई १७.५ ओभरमा आउट गराउँदै गुल्सन झाले दोस्रो सफलता दिलाएका थिए। पपुपाको अर्को ब्याटसम्यान सेसे बाउलाई २३.२ ओभरमा आउट गराउँदै गुल्सन झाले तेस्रो सफलता दिलाएका थिए।  

६ रन बनाएर खेलिरहेका चार्ल्स अमिनीलाई २७.५ आभरमा आउट गराउँदै गुल्सन झाले चौथो सफलता दिलाएका थिए भने यो उनको तेस्रो विकेट थियो।  

१० रन बनाएर खेलिरहेका हिरि हिरिलाई ३३.३ ओभरमा आउट गराउँदै प्रतिश जी.सीले पाँचौ सफलता दिलाएका थिए।  

असद वालालाई ३६.६ ओभरमा आउट गराउँदै कुशल मल्ले छैटौँ सफलता दिलाएका थिए।  

१ रन बनाएर खेलीरहेका रिले हेकुरेलाई ४३.६ ओभरमा आउँट गराउँदै कुशल मल्ले सातौँ सफलता दिलाएका हुन्।  
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस