सर्लाहीको बाग्मती युवा क्लबलाई मंगलबार २–१ गोलल हराउँदै ‘ए’ डिभिजन टोली हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचाैं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
शेर्पाका लागि ३८औं मिनेटमा विदेशी खेलाडी यामीले गोल गरेका थिए। बाग्मतीका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै उनले बललाई पोस्टको दिशा दिएका हुन्। ६३औं मिनेटमा शेर्पाले अग्रता दोब्बर पार्यो।कप्तान दीपेश श्रेष्ठले निकालेको पासलाई नियन्त्रणमा लिँदै बाग्मतीका गोलरक्षक अनिष महतो अघि बढेको अवस्थामा निशान लिम्बुले सहजै गोल गरेका हुन्। ६५ मिनेटमा बाग्मतीले खेलमा फर्कने प्रयास गर्यो। शेर्पाका गोलरक्षक किशोर गिरीबाट रिबाउन्डमा आएको बललाई सनम धिमालले गोल गरे।दोस्रो हाफमा मैदान प्रवेश गरेका विजय घलानको लामो प्रहारलाई शेर्पाका गिरीले पन्च गरे। सोही बललाई धिमालले गोल गरेका हुन्।
खेलमा शेर्पाका निशान लिम्बु म्यान अफ दी म्याच भए। उनले नगद १० हजार रूपैयाँसहित ट्रफी प्राप्त गरे।बाग्मतीका प्रशिक्षक सोनाम लामाले दिनहुँ खेल्नुपरेकाले सोचेअनुरूपको खेल नभएको प्रतिक्रिया दिए। ‘तीनदिन देखि रेगुलर खेलिरहेका छौं। खेलाडीहरू थाकेकाले पनि सोचेअनुरूपको खेल भएन’, उनले भने। यता हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले आगामी खेलमा खेलाडी परिवर्तन हुने र सुधार गरेर खेल्ने प्रतिक्रिया दिए। ‘पहिलो खेल भएकाले खेलाडीहरू खुलेर खेल्न सकेनन्’, उनले भने, ‘अर्को खेलमा अरू खेलाडी थपिनेछन्। सुधारिएको खेल प्रस्तुत गर्नेछौं ।’ जारी प्रतियोगितामा बुधबार क्यामरुनको एभिनियर एफसी र वीरगन्ज युनाइटेडबीच खेल हुनेछ।