पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
२३ माघ २०७९
•
२ मिनेट पाठ
पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ। मञ्चले सोमबार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको सूची सार्वजनिक गरेको हो। 




उक्त सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा छन्। गत वर्ष उनीहरूले पाएको सफलता र चर्चाको आधारमा यी पाँच खेलाडी मनोनयनमा परेको मञ्चका सचिव एवम् अवार्डको खेलाडी छनोट समितिका संयोजक अन्जन खड्काले बताए।

मनोनयनमा परेका मध्येबाट विजेताको चयन इसेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ। अवार्डसँग इसेवाको तेस्रो वर्षको सहकार्य हो। मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि सोमबार नै इसेवासँग आगामी दुई वर्षका लागि सम्झौता नवीकरण गरेको छ। सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी 'देवेन्द्र' र इ सेवाको तर्पmबाट हेड अफ बिजनेस डेभलपमेन्ट आशिष प्रसाईंले हस्ताक्षर गरेका थिए। सम्झौतापत्रमा हस्ताक्षरपछि इ–सेवाका हेड अफ बिजनेस डेभलपमेन्ट प्रसाईंले पिपल्स च्वाइस अवार्डमा जोडिन पाउँदा खुशी रहेको प्रतिक्रिया दिए।

ुखेल र खेलाडीलाई सम्मान गर्न १९ वर्षदेखि अवार्ड आयोजना हुनु सह्रानीय काम हो। मेरो व्यक्तिगत तर्फबाट पनि यस कार्यका लागि धन्यवाद भन्न चाहन्छु। यो आयोजना अझ राम्रोसँग अघि बढोस् भन्ने शुभकामना दिन चाहन्छु। एनएसजेएफसंग इ–सेवाको यो तेस्रो वर्षको सहकार्य हो। पिपल्स च्वाइस अवार्ड खेलप्रेमी समर्थकहरूले खेलाडीहरूप्रति देखाउने मायाको माध्यम हो। इसेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५/२५ प्रतिशत रहनेछ।

यो वर्षको अवार्ड ८ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिनेछ। उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ। लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ।

त्यस्तै यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने मञ्चले जनाएको छ। अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन्। यो अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनी हो।
अर्को समाचार
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७: पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
२३ फागुन २०७८
•
३ मिनेट पाठ
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७: पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
नेपाली क्रिकेट टोलीमा डेब्युपश्चात् लगातार तीन अर्धसतकको कीर्तिमान रचेका कुशल भुर्तेलसहित जुनियरतर्फ विश्व ब्याडमिन्टनको नम्बर एक खेलाडी प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा र टेबल टेनिसकी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन्।




नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार मध्यम दूरीकी अब्बल धाविका सन्तोषी, नेपाली महिला फुटबल टोलीकी गोलकिपर एन्जिला, खेलाडी मात्र नभइ प्रशिक्षणमा पनि सक्रिय टेबल टेनिसकी एलिनासहित कुशल र प्रिन्सलाई पिपल्स च्वाइस विधामा मनोनयन गरेको हो।

मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको छनोट समितीले आइतबार एक कार्यक्रमबीच पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो। मञ्चले यसअघि नै १८औं संस्करणलाई दशक अवार्डका रूपमा सम्मान गर्ने घोषणा गरिसकेको छ।

तर, पिपल्स च्वाइससहित पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने नियमित रूपमा गर्ने मञ्चको तयारी छ। कुशलले गत वर्षको चैतमा नेपालमै सम्पन्न नेदरल्यान्ड्स र मलेसियासम्मिलित क्रिकोणात्मक ट्वान्टी–२० शृंखलाबाट डेब्यु गरेका थिए। उनी आइसिसी ट्वान्टी–२० वरीयतामा ३१औं स्थानमा छन्,जुन नेपाली क्रिकेटरको अहिलेसम्मकै उत्कृष्ट सफलता हो। उनले ११ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एक सतक र पाँच अर्धसतकसहित कुल चार सय ९८ रन जोडेका छन्।

६ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा भने कुशलले एक अर्धशतकसहित एक सय ४४ रन बटुलेका छन्। विश्व ब्याडमिन्टन जुनियरतर्फ नम्बर एक प्रिन्स घरेलु प्रतियोगितामा पनि राम्रो प्रभाव छाड्न सफल खेलाडी हुन्। सिन्धुपाल्चोकमा सम्पन्न सिनियर राष्ट्रिय ब्याडमिन्टनमा रत्नजित तामाङलाई हराउँदै सनसनी मच्चाएका प्रिन्सले पुष्पलाल स्मृति ¥याङ्किङ ब्याडमिन्टनमा पनि लगातार दुई उपाधि जिते। साइनो कप राष्ट्रिय ब्याडमिन्टनका पनि उनी च्याम्पियन हुन्। प्रिन्स सन् २०२४ को ओलम्पिक प्रोजेक्टका लागि छनोट भएका नेपाली खेलाडीसमेत हुन्।

मध्यम दूरीको दौडमा अब्बल धाविका सन्तोषीले १३औं दक्षिण एसियाली खेलकुद (साग) देखि यसै वर्षको प्रधानसेनापति हाफ म्याराथनसम्म भाग लिएको ९ वटै प्रतियोगितामा स्वर्ण जितेकी छन्। उनी गणेशमान सिंह स्मृति १० के रोड रेस (२०७७) की समेत च्याम्पियन हुन्।

सो दौडमा उनले ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान तोडेकी थिइन्। नेपाली महिला फुटबल टोलीकी गोलकिपर एन्जिला ०७७ सालमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपिएफकी सदस्यसमेत हुन्। एन्जिलाले राष्ट्रिय लिगको १२ खेलमा एक गोल मात्र बेहोरेकी थिइन्।

पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा उनले मासा युनाइटेडको कप्तानी गर्दै विदेशमा व्यावसायिक लिगसमेत खेलिसकेकी छन्। टेबल टेनिसकी एलिना खेलजीवनसँगै प्रशिक्षणमा समेत सक्रिय छिन्। उनी हाल स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट टेबल टेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय छिन्। सामाजिक कार्यमा पनि क्रियाशील एलिनाले १३औं सागबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग गरेकी थिइन्।

मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थकले मतदान गर्नेछन्। धेरै मत ल्याउने खेलाडीलाई चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषणा गरिनेछ। मनोनयनमा पर्ने खेलाडीलाई समर्थकले इसेवामार्फत मत दिन सक्नेछन्। इसेवाले लगातर दोस्रो वर्ष अवार्डमा सहकार्य गरेको हो। आइतबार नै इसेवाका आशिष गौतम र एनएसजेफका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस