फिफाले पैसा रोज्छ कि फुटबल?
२६ मंसिर २०७९
•
२ मिनेट पाठ
फिफाले पैसा रोज्छ कि फुटबल?
दक्षिण अमेरिकी फुटबलका प्रमुख एलेजान्ड्रो डोमिनग्वेजले महान् फुटबलर पेले र डिएगो म्याराडोनाको सम्मानका लागि सन् २०३० को विश्वकप आफ्नो महादेशमा हुनुपर्ने धारणा राखेका छन्।




एलेजान्ड्रोले पेले र म्याराडोनाका विरासतको सम्मान लागि सन् २०३० को विश्वकप दक्षिण अमेरिकी भूमिमा आयोजना हुने वातावरण सिर्जना गर्न विश्व फुटबलको प्रशासकीय निकाय फिफासँग आग्रह गरेका हुन्। फिफाले सन् २०२४ को विश्वकपको आयोजक तय गरिसकेको छ। आगामी विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन्। त्यसपछिको विश्वकप भने आफ्नो महादेशमा हुनुपर्ने एलेजान्ड्रोको भनाइ छ। फिफाले आयमा मात्र ध्यान दिन नहुने र त्यसका लागि ०३० को विश्वकप दक्षिण अमेरिका गर्नुपर्ने धारणा राखेका हुन्।

उरुग्वेले सन् १९३० को पहिलो विश्वकप आयोजना गरेको थियो, जति बेला १३ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। एक सय वर्षपछि फेरि उरुग्वेले विश्वकप आयोजनाको दाबेदारी गरेको छ। सन् २०३० को विश्वकप आयोजना दाबेदारी पनि उरुग्वेसहित अर्जेन्टिना, चिली र पाराग्वेले गरेका छन्, जुन विश्वकपमा दोस्रो पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। तर, यही संस्करणको विश्वकप आयोजनामा स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त रूपमा दाबेदारी गरेका छन्। उनीहरूको पछाडि ठूलो शक्ति युइएफए छ। एक रिपोर्टअनुसार साउदी अरेबिया पनि इजिप्ट र ग्रिससँग मिलेर दाबी गर्ने तयारीमा छ। यसबीच महान् खेलाडीको सम्मान गर्नुपर्ने आवाजसहित दाबेदारी प्रस्तुत भएपछि फिफा दबाबमा पर्नेछ।

ब्राजिलका महान् फुटबलर पेले र म्याराडोनाको सम्मान गर्छ या फिफाले पैसा र फुटबल मध्ये कुन रोज्नेछ भन्ने आफूहरू प्रतीक्षामा रहेको एलेजान्ड्रोले बताएका छन्। ‘यो प्रश्न फिफालाई हो। उनीहरू इतिहासका रचियता पेले र स्वर्गीय म्याराडोनाको सम्मानका लागि के गर्नेछन् त?,’ कोनमेबोलका प्रमुख एलेजान्ड्रोले भने, ‘उनीहरू कि आफ्नै धरातलमा फर्किनेछ, जहाँ फुटबल भनेको पैसामा मात्र सीमित छ। यो एक प्रतिस्पर्धामा मात्र सीमित राखेर हेर्नु हुँदैन। किनकि यी महान् खेलाडीले फुटबलमा पैसा निकाल्न धेरै योगदान गरेका छन्।’ विश्वकपलाई पनि इतिहासका पानामा सुन्दर बनाएका खेलाडीका बारेमा पनि सोचिनुपर्ने दक्षिण अमेरिकी फुटबल कोनमेबोलको भनाइ छ।

‘उनीहरूले यो विश्वकपलाई ठूलो उचाइमा पुर्‍याएका हुन्,’ एलेजान्ड्रोले पेले र म्याराडोनाबारे बोल्दै उरुग्वे पहिलो विश्वकप आयोजक रहेका प्रति पनि ध्यानाकर्षण गराएका छन्। एलेजान्ड्रोले पेलेको सम्मानका लागि ब्राजिलको राष्ट्रिय जर्सीको कलर पनि परिवर्तन गर्न प्रस्ताव गरेका छन्। ८२ वर्षे पेले यसै महिनादेखि अस्पतालमा उपचारार्थ छन्।

सन् २०३० को विश्वकपमा सबै सहभागी टोलीको जर्सीको माथिल्लो भागमा पाँच विश्वकप विजेताको ब्याच राख्ने प्रस्ताव पनि दक्षिण अमेरिकी फुटबल महासंघले गरेको छ। ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकप जितेको छ, जहाँ तीन पटक पेले सम्मिलित टोलीले जितेको हो। 
अर्को समाचार
फिफाद्वारा आयोजकलाई विवेक पुर्याउन आग्रह
२२ जेष्ठ २०७७
•
३ मिनेट पाठ
फिफाद्वारा आयोजकलाई विवेक पुर्याउन आग्रह
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले फुटबलरहरू राजनीतिप्रेरित सन्देशमा संलग्न भएपछि कारबाही प्रक्रियाबारे आयोजकले नै विवेक पुर्याउनुपर्ने जनाएको छ ।




अमेरिकामा मृत्यु भएका अश्वेत नागरिक जर्ज फ्लोयडले न्याय पाउनुपर्ने सन्देश खेलमार्फत प्रवाह गरेपछि जर्मन लिग बुन्डेसलिगाका सात खेलाडीलाई कारबाही प्रक्रिया सुरु भइरहँदा फिफाको त्यस किसिमको भनाइ बाहिर आएको हो । ‘फिफा जर्ज फ्लोयडको दुःखद निधन र खेलाडीहरूले व्यक्त गरेको भावनाको गहिराइ र चिन्ताबारे पूर्ण रूपमा बुझ्दछ,’ फिफाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार जर्मन फुटबल एसोसिएसनले अमेरिकामा भएको जातीयता र पुलिसको क्रुरताविरुद्ध प्रदर्शनमा खेलाडीले पनि साथ दिएको विषयमा बुन्डेसलिगाका तीन खेलाडी बोरुसिया डर्टमन्डका जाडोन सान्चो र असरफ हकिमी तथा साल्केका वेस्टन म्याककेनीमाथि अनुसन्धान सुरु गरेसँगै मंगलबार फिफाको त्यस किसिमको भनाइ आएको हो । फिफाको नियममा त्यस किसिमका गतिविधि गर्न नपाइने भएकाले फुटबलरमाथि कारबाही प्रक्रिया अघि बढिरहेको छ ।

फुटबल खेलको नियम बनाउने इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) ले खेलमा खेलाडीलाई कुनै पनि किसिमका राजनीतिक, धार्मिक या व्यक्तिगत स्लोगन तथा वक्तव्य या चित्र देखाउन प्रतिबन्ध लगाएको छ । तथापि फिफाले जातीय विभेदबारे अभियान चलाउने सान्चो, हाकिमी र म्याककेनीविरुद्ध कुनै पनि कारवाही हुनु हुँदैन भनेर सूचित गरेको छ । ‘घटनाको प्रकृति र सन्दर्भ हरेर कतिपय अवस्थामा आइएफएबीद्वारा अनुमोदन गरिएका खेल कानुनबारे नजरआन्देश गर्नुपर्छ । यसबारे स्वयम् आयोजकले नै सामान्य ज्ञान प्रयोग गर्नु उपयुक्त हुनेछ,’ फिफाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

यता, हंगेरी फुटबल संघले भने अफ्रिकन मुलुकका खेलाडीलाई सचेत गराउँदै लिखित पत्र पठाएको थियो । दक्षिण सुडानबाट केन्याको शरणार्थी शिविर हुँदै नर्वेमा हुर्किएका टोमाक एनगुइनले हंगेरीमा जारी खेलमा गोल गरेपछि ‘जस्टिस फर जर्ज फ्लोयड’ नामांकित जर्सी प्रदर्शन गरेका थिए । गत आइतबार उनले फेरेन्सभारोसका लागि पुस्कास एकेडेमियाविरुद्ध गोल गरेका थिए । उनकै गोलप्रेरित फेरेन्सभारोसले एकेडेमियासँग १–१ बराबरी खेलेको थियो । अनुशासन कमिटीले एक पटकलाई सचेत गराउँदै फेरि दोहोर्याएमा जरिवाना तोक्ने जनाएको छ ।

विश्वभर फुटबल खेलाडीले विरोध जनाइरहँदा लिभरपुलका फुटबलरले पनि गत सोमबार एन्फिल्डमा गोलो घेरा बनाउँदै घुँडा टेकेर फ्लोयडले न्याय पाउनुपर्नेप्रति समर्थन गरेका थिए । म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र मार्कुस रसफोर्डले पनि सामाजिक सञ्जालमार्पmत जातीय विभेद असह्य भएको सार्वजनिक गरिसकेका छन् ।

टेनिस स्टार नाओमी ओसाका, चर्चित गल्फर टाइगर वुड र महान् बक्सर फ्लोयड मायरवेथरले पनि उक्त घटनाको विरोध गर्दै न्यायको माग गरेका छन् । बक्सर फ्लोयडले मृतकको श्रद्धाञ्जलिमा लाग्ने खर्च आफूले बेहोर्ने प्रस्ताव राखेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बक्सरको प्रस्ताव उनको परिवारले पनि स्वीकार गरिसकेको बताइएको छ ।  

गत सोमबार मिन्नेसोटा राज्यको मिनियापोलिस सहरमा एक जना अश्वेत नागरिक फ्लोयडको मृत्युपछि अमेरिकामा विरोध प्रदर्शन भइरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सडकमा लडेका ४६ वर्षे फ्लोयडको घाँटीलाई एक पुलिसले घुँडाले दबाएर राखेको देखिएको थियो । फ्लोएडले आफूलाई सास फेर्न गाह्रो भएको भनिरहे पनि ती पुलिसले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म दबाइराखे र उनको मृत्यु भयो ।

जर्ज अश्वेत थिए जबकि उनको घाँटी थिच्ने पुलिसकर्मी गोरा थिए । फ्लोयडको मृत्युले अमेरिकामा फेरि एक पटक काला र गोराबीचको विभेदबाट बहस सुरु भएको छ । अमेरिकाको विभिन्न राज्यमा सडकमै उत्रिएर मानिसले प्रदर्शन गर्दा ठूलो क्षति भएपछि सरकारले राजधानी वासिङ्टन डिसीसहित ४० सहरमा कफ्र्यु लगाउँदै पाँच हजार सुरक्षाकर्मी खटाएको छ ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस