बहुविवाहलाई कानुनी मान्यता दिने गरी संसदमा प्रस्तावित ‘मुलुकी देवानी (सहित) ऐन, २)७५ लाई संशोधन’को विरोध गर्दै उदयपुरका महिलाहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । जिल्लामा क्रियाशील विभिन्न महिला संघ, सङ्गठनहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनुका साथै धर्नासमेत दिएका छन् ।
बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावविरुद्ध राजनीतिक दलनिकट महिला संघ सङ्गठनहरू रहेका छन् । जसमा नेपाली काँग्रेस निकट नेपाल महिला संघ उदयपुर,नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रहेका छन् ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) र एकीकृत नेकपा निकट अखिल महिला संघ क्रान्तिकारी जिल्ला समितिले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रधानमन्त्रीलाई पठाइएको हो । उनीहरुले मंगलबार नै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई ज्ञापन पत्र बुझाएका हुन् भने बुधबार बिहान १ घण्टा प्रशासन कार्यालयअगाडि धर्नासमेत दिएका छन् ।
सङ्घसंस्थाका अगुवाहरूले महिला अधिकार र समानताका लागि सदियौँदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै ज्ञापन पत्रमा प्रस्तावित बहुविवाहलाई कानूनी मान्यता दिने विधेयक ल्याउनु सरकारको गैरजिम्मेवारपूर्ण, प्रतिगामी, पश्चगामी र महिला विरोधी हर्कत भएकोमा निन्दा गरेका छन् ।
ज्ञापन पत्रमा बहुविवाहजस्तो सामाजिक अपराधलाई प्रोत्साहन दिने, महिला हिंसा, शोषण र भेदभावलाई बढवा दिने तथा महिला अधिकारमाथि कुठाराघात गर्ने यस्तो विधेयक ल्याउने साँच्नुसम्म पनि अपराध भएको उनीहरूको भनाई छ। यस्तो असंवैधानिक प्रस्ताव तत्काल फिर्ता लिन प्रधानमन्त्रीसमक्ष माग गरिएको ज्ञापन पत्रमा महिला अधिकारकर्मीहरूले यसले मुलुकमा लैङ्गिक समानता र न्याय प्राप्तिको यात्रामा कडा अवरोध ल्याउने बताएका छन् ।
प्रस्तावित विधेयकविरुद्ध प्रशासन कार्यालयअगाडि धर्ना थालेका महिलावादी संघसंगठनले महिला विरोधी, असामाजिक, अन्यायपूर्ण र विभेदकारी यस्तो प्रस्ताव सरकारले तत्काल फिर्ता नलिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन् । विधेयक फिर्ता भएसम्म संघर्ष जारी राख्ने चेतावनी दिँदै उनीहरुले सरकार पश्चमगनतर्फ नभई अग्रगामी दिसातर्फ लाग्नसमेत सुझाव दिएका छन् ।
सिडिओ लुइँटेलले महिलावादीहरूबाट प्राप्त ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइसकेको बताएका छन् ।