चितवनको कालिका नगरपालिकामा ट्याक्टर र बलेरो गाडी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
आज (सोमबार) दिउँसो १ः३५ बजे कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना.६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा बलेरोमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा दिउँसो २ः३९ बजे पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बलेरोमा सवार अन्य नौ जना र चालक घाइते भएका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइते हुनेमा अधिकांश कालिका नगरपालिका–३ का रहेका छन्।
प्रहरीले ट्याक्टर, ट्याक्टर चालक कालिका नगरपालिका–१ का ४२ वर्षीय बिके श्याङ्वो तथा बलेरो नियन्त्रणमा लिएको छ। बलेरो चालक कालिका नगरपालिका–३ का ३९ वर्षीय कोमलबहादुर श्रेष्ठ पनि घाइते भई उपचाररत छन्।