‘रोल्पा १६’ पुरुष ४६ वर्ष।
माओवादी भएकै कारण उनलाई २०५६ साल जाडो महिनामा प्रहरीले गिरफ्तार गरेर १५ दिन चौकीमा राख्यो। त्यहाँ उनले चरम यातना पाए। यातनाका कारण शारीरिक र मानसिक रुपमा विक्षिप्त बने। तारेखमा छोडिएपछि पनि उनलाई घरमा बस्न सक्ने अवस्था भएन। उति बेला २१ वर्षका उनी क्याम्पस पढ्ने बहानामा दाङ झरे।
दुर्भाग्य अर्को वर्ष फेरि उनी दाङमै गिरफ्तारीमा परे। ‘म जस्ता धेरैलाई पक्राउ गरेर चरम यातना दिइयो। ३ महिना थुनामा बस्दा आँखामा पट्टी बाँधी कपडा खोलेर लिङ्गलाई हिटरमा डामीदिन्थे। सुरक्षाकर्मीको मुड अनुसार उनीहरूको हस्तमैथुन समेत गराउन लाउँथे।’
उनलाई आज पनि त्यो घटनाले प्रायः सपनामा सताउँछ। ‘हातखुट्टा बाँधेर अमानवीय व्यवहार गर्थे। प्रहरीले कहिले मुखमा त कहिले मलद्वारमा लिङ्ग राखिदिन्थे।’
चरम यौन यातनाको कारण बिस्तारै उनको लिङ्गका नसाहरू कमजोर भए। श्रीमतीसँग यौन सम्बन्ध राख्न नसक्ने अवस्थामा पुगे। साढे दुई दशक अघिको पिडा बोकेर बसेका उनी धेरै पैसा खर्च गरेर ठाउँ ठाउँका अस्पतालहरूमा जाँच गर्दा चिकित्सकले पुरानो यौन जीवनमा फर्किन गाह्रो हुने बताए। यिनै घटनाका तानाबानाले अहिले उनी मानसिक समस्या बोकेर बसिरहेका छन्।
‘रोल्पा ११’ पुरुष ५३ वर्ष।
माओवादी भन्दै २०५७ सालमा प्रहरीले पक्राउ गर्यो। ३ दिन गाउँको चौकीमा चरम यातना दिएर राखेपछि सदरमुकाम पुर्याइएका उनलाई पहिलो ५ दिन रातभर पिट्ने मात्र काम गरियो। ‘माओवादी चिनाउन र कहाँ बस्छन् सिकाउन भन्दै रातभर पिट्थे। ५ दिनपछि एक दिन सबै कपडा खोल्न लगाएर लिङ्गमा पिनले घोचेर नुन टिमुर राखिदिए।’
पिटाइले दाँत सबै झरेका ‘रोल्पा ११’ ले त्यो दिन सम्झँदै भने ‘यति धेरै दुख्यो। रातभर रोएर बसे। १५ दिनपछि पुलिसले छोड्दा घाउ पाकेको रहेछ।’ घर पुगेपछि श्रीमतीले गाउँमा पाइने झार मिचेर औषधि लगाइदिए। करिब १ महिना पछि घाउ निको भएको उनले सुनाए। ‘५३ वर्ष भए मुखमा एउटा पनि दाँत छैन । घर आए पछि बिस्तारै सबै झरे।’
‘होलेरी ३’
‘होलेरी ३’ लाई सुराकीको आरोपमा २०५७ सालमा माओवादीले अपहरण गरि ३ महिनासम्म चरम यातना दिए। सबैको अगाडी कपडाहरू खोल्न लगाएर ठुलो काठले पेल्ने, लिङ्गमा लात्तिले हान्ने र अपशब्द बोल्ने जस्ता चरम यातनाहरू दिए। जसको कारण अहिले उनको शरीरको तल्लो भाग कमजोर छ। ‘त्यो दिन सम्झँदा आज पनि पिडा हुन्छ। बिनाकारण यातना दिए।’ ती दिन सम्झँदा अहिले पनि उनी भावुक बन्छन्।
‘रोल्पा १६’, ‘होलेरी ३’ र ‘रोल्पा ११’ जस्ता कयौं पीडित आज पनि परिपुरण वा केही सहयोगको झिनो आशामा छन्। ‘लडाइको बेला थियो जे जे भयो भयो। तर हामीलाई कसैले सम्झेन। थोरै राहत पाए घर चलाउन, उपचार र बच्चाबच्चीको पढाइमा ध्यान दिन पाउने थिएँ।’ रोल्पा ११ ले भने जस्तै होलेरी ३ पनि भन्छन्, ‘मुद्दा हालेर कसैलाई जेल हाल्छु भन्ने सम्भव देखिन्न। कम्तीमा केही राहत र हामीलाई पनि आत्मसम्मान हुनेगरि केही गरिदिए हुन्थ्यो।’
संसारका कुनै पनि विपद् वा द्वन्द्वमा सबैभन्दा बढी मारमा पर्ने महिला र बालबालिका हुन भन्ने तथ्य स्थापित नै छ। यसका बाबजुद विभिन्न युद्धहरूमा पुरुषहरू प्रत्यक्ष लडाई बाहेक यौन जन्य हिंसामा पनि पर्छन् भन्ने कुरा धेरैलाई हेक्कासम्म रहँदैन भने कतिले त हाँसोको विषय पनि बनाउने गर्दछन्।
नेपालमा दश वर्षसम्म चलेको माओवादी सशस्त्र युद्धका समयमा धेरै पुरुषहरू पनि यौनजन्य हिंसाको सिकार भएका छन्। पितृसत्तात्मक समाजमा यो विषय बाहिर निकाल्दा पुरुषहरूले आत्मसम्मानमा ठेस लाग्ने र समाजमा अपमानित हुने डरले आफ्ना पिडाहरू लुकाएर राख्न बाध्य छन्।
शान्ति प्रक्रियाको करिब २० वर्षसम्म पनि आफ्ना समस्याका विषयमा कहीँ कतै छलफल नभए पछि उनीहरु यति बेला सत्यनिरुपण तथा मेलमिलाप आयोगले खोलेको उजुरी प्रक्रियामा सहभागी हुने कि नहुने अन्यौलमा छन्। सामाजिक रुपमा अपमानित हुने डर र आयोगसम्मको गतिलो पहुँच नभएका कारण उनीहरूको उजुरी ओझेल पर्ने सम्भावना उत्तिकै बलियो छ।
बिनाकारण अकल्पनीय पिडा खेपेका उनीहरु शारीरिक र मानसिकरुपले अशक्त छन् भने यौन जीवन पनि हराएको छ। झट्ट सुन्दा अपत्यारिलो लागे पनि त्यो बेलाको यौन यातनाका कारण धेरै पुरुषको पनि यौन जीवन लुटिएको छ।
पुरुषमाथि भएको यौनजन्य हिंसा बुझेका र देखेका उति बेला सँगै लडेकाहरू कहीँ न कहीँ सत्ताको दैलौ नजिक छन् वा समस्या सम्बोधनका लागि बोली बिकाउने तहमा छन्। तर आवाज उठाउने पक्षमा रहेको पाइँदैन। जिल्ला स्तरमा पनि आफ्ना सहकर्मीलाई आयोगसम्म सहजीकरण गर्न कोही अग्रसर भएका छैनन्।
शान्ति सम्झौताको करिब २० वर्षपछि ३ महिनाका लागि एक पटक भनेर हतार हतार सूचना जारी गरेको आयोगले जिल्लामा सरकारी वकिल कार्यालयलाई उजुरी लिन बाहेक अन्य निकायसँग कसरी सहज र सरलरुपले उजुरी लिन सकिन्छ भनेर सल्लाह गरेको छैन। यदि यो पटक पनि कोही उजुरी दिन छुटेमा कानुनतः उसले फेरि म पीडित भनेर दाबी गर्न पाउने अवस्था छैन।
द्वन्द्वले प्रभाव पारेका अधिकांश जिल्लाहरूमा रहेका सयौं बलात्कार वा यौनजन्य हिंसा खेपेका पीडित महिला जस्तै यौनजन्य यातना भोगेका पुरुषहरूलाई पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगको पहुँचसम्म पुग्न अनेक कठिनाइ यथावत् छ।